20140119

बितेको एक दशक यतादेखि बम र बारुदको त्रासमा बाँचिरहेको दक्षिण एसियाली देश अफगानिस्तान !

-एकराज पाठक 

बितेको एक दशक यतादेखि बम र बारुदको त्रासमा बाँचिरहेको दक्षिण एसियाली देश अफगानिस्तानमा यसै वर्षो अप्रिल महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यहाँका जनताले राखेको शान्तिको आशाले पर्ूण्ाता नपाएपनि उनीहरु फेरि एकपटक मतदानका लागि लामबद्ध हुनेभएका छन् ।  अफगानिस्तान दशकभन्दा लामो समयदेखि द्वन्द्वमै छ । दिनहूँ नागरिकको ज्यानजाने घटना अहिले पनि भएकै छन् । देशको सुरक्षा व्यवस्था नेटो सैनिकको जिम्मामा रहेको छ ।  फगानिस्तानका र्सवसाधारणको ज्यानजाने काममा भने कुनै कमी आएको छैन । लामो समयदेखि शान्तिवार्ताको कुरा गरेपनि निर्वाचन अगाडि त्यसले पर्ूण्ाता पाउने सम्भावना भने देखिँदैन ।  देश सशस्त्र द्वन्द्वमै रहेका बेला यसअघि पनि दर्ुइ पटकसम्म राष्ट्रपतिको निर्वाचन भएको छ । ती सबै निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारले देशमा शान्तिको स्थापना गर्ने मूल एजेन्डालाई अघि सारेका थिए । तरपनि त्यही आश्ामा रहेका जनताभने यसपटक पनि शान्तिका नाममा नै मतदान गर्न बाध्य भएका छन् ।  आगामी अप्रिल ५ मा हुन लागेको सो निर्वाचनमा वर्तमान राष्ट्रपति हमिद कारजायीले भने उम्मेदवारी दिन पाउनुहुने छैन । उहाँले यसअघि नै दर्ुइवटा कार्यकाल निर्वाचित भएर पूरा गरिसक्नुभएको छ । यसपटक सो पदका लागि २७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए । तर गत अक्टोबर १३ मा त्यहाँको निर्वाचन आयोगले १६ जना उम्मेदवारको
उम्मेदवारी रद्द गरेको छ । आगामी सो निर्वाचनमा ११ जना उम्मेदवार मात्र मैदानमा रहेका छन् ।  

सन् २००१ अक्टोबर ७ बाट अफगानिस्तानका तालिवानहरुले नेटो सैनिकका विरुद्ध युद्धको घोषणा गरेका हुन् । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध "टि्वन टावर" सन् २०११ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणमा धराशायी भएपछि सो हमलाका दोषी अल-कायदाका प्रमुख ओसामा बिन लादेनलाई खोज्न अफगानिस्तानमा अमेरिकी सेना भित्रिएको हो । त्यसयता देखि नै अफगानिस्तानको राष्ट्रपतिमा हमिद कारजायी नै हुनुहुन्छ ।

राष्ट्रपति हमिद कारजायीले शान्ति स्थापना गर्न कैयौँ प्रयास गर्नुभएपनि ती सफल भएका छैनन् । उहाँले पछिल्लो समयमा पनि तालिवानहरुसँग वार्ताका लागि एक विशेष समिति गठन गर्नुभएको थियो । सोही प्रयोजनका लागि उहाँले हालैमात्र पाकिस्तानको भ्रमण गर्नुभयो । सो भ्रमणमा उहाँले गर्नुभएको प्रस्तावबमोजिम नै अफगानिस्तानका तालिवानी नेताहरुलाई पाकिस्तानको जेलबाट मुक्त गर्न आग्रह गर्नुभयो र त्यसबमोजिम पाकिस्तानले उनीहरुल्ााई रिहा पनि गर्‍यो ।

तर सुरुमा वार्ताका लागि आफ्ना नेताहरुको रिहाइको माग राखेका तालिवानहरु पाकिस्तानको जेलबाट आफ्ना नेताहरु रिहा भएपछि भने वार्ताका लागि तयार देखिँदैनन् । गतवर्षउनीहरुले कतारको राजधानी दोहामा शान्तिवार्ता कार्यालय पनि स्थापना गरेका थिए । तर पछिल्लो समयमा भने सो कार्यालयको चर्चा पनि त्यति सुनिदैन । निर्वाचन अगावै शान्तिवार्ता गर्ने तयारीमा रहेको बताउनुभएका राष्ट्रपति कारजायीले पनि यतिखेर त्यसको कुनै चर्चा गर्नुभएको सुनिदैन ।  

  यसैवर्षो अन्त्यसम्म नेटो सैनिक अफगानिस्तानबाट फर्काउने निर्ण्र्ााविश्वका नेटो सम्बद्ध देशहरुले गरिसकेका छन् । यसपछिको अफगानिस्तानको तस्बिर विश्व समूदायले भयावह देखेको छन् । अफगानिस्तानको भविष्य विश्वलाई नै चिन्ताको विषय बनेको छ । हुनत अमेरिकाले मात्र यसवर्षो अन्त्यपछि पनि करिब १५ हजार सेना अफगानिस्तानमै राख्न चाहेको छ । तर त्यसप्रति वर्तमान राष्ट्रपति कारजायी भने केही बोल्नभएको छैन ।

यसै कारणले यतिबेला अफगानिस्तान र अमेरिकाका बीचमा केही खटपट पनि सुरु भएको छ । अमेरिकाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न गरेको आग्रहलाई राष्ट्रपति कारजायीले अस्वीकार गर्नुभएको छ । अब आउने राष्ट्रपतिले नै त्यस विषयमा सम्झौता गर्ने वा नगर्ने निर्ण्र्ाागर्ने उहाँले बताएपछि अमेरिका पनि यस विषयमा अनिणिर्त हुन पुगेको छ । सन् २०१४ पछि अफगानिस्तानबाट नेटो सैनिक हटिसक्ने भएकाले त्यहाँको सुरक्षाका विषयमा विश्व समुदायले सोच्न थालेको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भइसक्ने भएकाले त्यहाँको सुरक्षा र विकासका लागि विश्व-समुदायले सहयोग गर्ने प्रतिबद्धता त व्यक्त गरेका छन् तरपनि दशवर्षम्म यस्ता प्रतिबद्धता सुनेका नागरिकमा यसले शान्तिको सास फर्ेने आड भरोसा भने दिन सकिरहेको छेन । गणतन्त्र अफगानिस्तानलाई सरकारविरोधी तालिवान लडाकूले धेरै वर्षेखि युद्धभूमि बनाएका छन् । सन् २००१ देखि सुरु भएको तालिवान व्रि्रोहीहरुको हत्या-हिंसाको शृङ्खलाले कहिले विश्राम पाउला भन्ने बारेमा  विश्लेषकहरू पनि केही भन्न सकिरहेका छैनन् ।

हुनत अमेरिकी र अफगान सरकारले अफगानिस्तानमा शान्ति सुरक्षाको अवस्था मजबुत हुँदैगएको दाबी गरेको छ । तरपनि बर्सर्ेे हत्या एवम् हिंसाका शृङ्खलामा भने कमी नआएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । त्यहाँका तालिवानका विरुद्धको कारबाहीलाई एकीकृत गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद््द्वारा अफगान, अमेरिकी तथा नेटोसँग आबद्ध सैनिक सम्मिलित अन्तर्रर्ााट्रय सुरक्षा सहयोग बल -आईएसएएफ) स्थापना गरेको थियो । यस बलमा विश्वका ४२ राष्ट्रका राष्ट्रिय सेना संलग्न छन् ।

राष्ट्रपति कारजाइले पटकपटक शान्तिप्रक्रियामा आउन तालिवानलाई आग्रह गर्नुभए पनि उनीहरूले यो आग्रह सुनेका छैनन् । दिनहुँ त्यहाँ नागरिकको हत्या भइरहेको छ भने सैनिक पनि मारिएका छन् । यही त्रासकैबीच त्यहाँ राष्ट्रपतीय निर्वाचन हुने भएको छ । दिनभर लामो लाम लागेर यसअघिका निर्वाचनहरुमा पनि जनताले मतदान गरेका थिए । तर सो मतदान उनीहरुले कुनै नेता चयनगर्न भन्दापनि शान्ति स्थापना हुने आशाले गरेको बताएका थिए । उनीहरुको शान्तिप्रतिको आशा अझै मरेको त छैन तर यसले उनीहरुमा पर्ूण्ारुपमा आशावादी बनाउन पनि सकेको छैन ।

राष्ट्रपतिको निर्वाचनभन्दा पनि आफ्नालागि शान्तिको चाहना ठूलो कुरा रहेको नागरिकको भनाई छ । अन्तर्रर्ााट्रय जगतले पनि अफगानिस्तानमा जतिसक्दो चाडो शान्ति देख्न चाहन्छ । यसरी अफगान नागरिक र अन्तर्रर्ााट्रय जगतको अफगानिस्तानमा शान्तिको चाहना आजका मितिसम्मलाई भने अधुरै देखिन्छ । यो अनिश्चितता अझ कहिलेसम्म जाने हो त्यसको कुनै टुंगो छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक