भट्टराईले भने–‘शाहलाई मैले प्रस्ताव गरेको हुँ’

‘व्यक्तिगत रुपमा उहाँ मलाई मन पर्ने व्यक्ति हुनुहुन्छ, उहाँ चाहिन्छ नै भन्छु तर, धादिङबाट राख्नु पर्दा त्यहाँ त्याग र बलिदान गरेका व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुलाई अलग्याएर शाहलाई राख्दा कार्यकर्ताको भावनामा चोट पुगेको छ ।’
साथै भट्टराईले सभासद चयनका लागि बनाइएको मापदण्डको उलंघन गरिएकाले समानुपातिक सूचीप्रति अशन्तुष्टि जनाएको बताएका छन् ।
‘हामीले प्रत्यक्ष निर्वाचित भएका जिल्लाहरुमा नथप्ने र सबै जिल्लाहरुबाट प्रतिनिधित्व गराउने भनेका थियौं, तर उहाँहरुले हतार हतार गरेर बुझाएको सूचीमा २० जिल्ला छुटेका छन्, साथै सहिद बेपत्ता परिवार र त्याग बलिदान गरेकाहरुलाई प्राथमिकता दिने भन्ने कुराको पनि पालना भएको छैन, त्यसैले असन्तुलन पैदा भएको हो ।’
निर्णयमा पूनर्विचार गरेर नामावली सच्याउन अध्यक्षलाई आग्रह गरिसकेको भन्दै भट्टराईले सूची सच्चिनेमा विश्वस्त रहेको बताएका छन् ।
‘सूची सच्चिन्छ भन्ने हाम्रो विश्वास छ । अहिले नै सच्चिँदैन भनेर निश्कर्ष निकाल्नु उपयुक्त हुँदैन ।, भट्टराईले भने, ‘कथम कदाचित समाधान निस्केन, सूची सच्चिएन भने थप संघर्ष गर्छौं ।’
कुराकानीका क्रममा भट्टराईले आफूले भनेको व्यक्ति नपरेकोले असहमति राखेको भन्ने कुरा गलत भएको जिकिर गरेका छन् ।
‘त्यो विल्कुल गलत कुरा हो । यहाँ व्यक्तिको प्रश्न नै उठेको छैन, प्रणालीको कुरा हो ।’
नेता भट्टराईले आफूहरुले पार्टी फुटाउन लागेको भनेर चलाईएको हल्ला निराधार भएको दावी गरेका छन् ।
‘यो त माक्र्सवादको कखरा नबुझेका मान्छेले भन्ने कुरा हो । हिजोदेखि धेरैचोटी भनिएका कुरा हुन् यी । उनीहरुले भनेको सही हुने थियो भने त हाम्रो पार्टी हजारचोटी फुटिसकेको हुने थियो । तर, यति लामो जीवनकालमा हामी जसरी आएका थियौं, त्यसले यसको जवाफ दिएको छ । हामीले भन्न खोजेको पार्टीको रुपान्तरण हो । नयाँ ढंगले पार्टी निर्माणको प्रयत्न हो । त्यसकारण पार्टी टुक्राउने भन्ने कसैले कल्पना गरेकै छैन ।’
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक