– अधिवक्ता जीबी आचार्य
भनिन्छ इतिहास बन्दैन, बनाइन्छ । इतिहासविद् प्रोफेसर आइकोन्सिस इतिहासलाई म्यानुप्युलेटिड फ्याक्ट अर्थात् बङ्ग्याइएको तथ्य भनी स्वीकार्छन् । उनको प्रसिद्ध कृति ‘द हिस्ट्री मेकर्स’मा उनले इतिहासका यही बङ्ग्याइएको तथ्यलाई प्रस्तुत गरेका छन् । नेपाली राजनीतिमा पनि थुपै तथ्य बङ्ग्याइएका छन्, अतिरञ्जित गरिएका छन् । यसरी तथ्यहरूलाई बङ्ग्याइनुको सोझो अर्थ कुनै पात्रलाई अतिशय उच्च मूल्याङ्कन गरिनु हो । यसरी कुनै पात्रलाई अतिशय रूपमा उच्च मूल्याङ्कन गरी देवत्वकरण गरिँदा उसकै समकालीन सहकर्मीमाथि घोर अन्याय हुनसक्छ भन्ने कटुयथार्थलाई पटक्कै ख्याल गरिएको पाइँदैन । त्यसैले थुपै्र इमानदार कर्मठ युगवेत्ताहरू इतिहासको अँध्यारो गर्ततिर धकेलिएका हुन्छन् । प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय यस्तै इतिहासको अँध्यारो गर्तमा उभिएका एकजना युगपुरुष हुन् । राजनीति नेपाली समाजमा आममानिसको चासो र क्षमताभन्दा बाहिरको विषय थियो । मध्यमवर्गका युवाहरू मात्र राजनीति कर्ममा आकर्षित भए पनि अधिकांश गरिब मानिस राजनीतिको कर्मबाट टाढै थिए । बनिबुतो गरेर जीविकोपार्जन गर्नुपर्ने उनीहरूमा न त त्यो उच्च कोटिको चेत नै पलाइसकेको थियो न त आवश्यकता महसुस नै, भने उच्च वर्गका युवाहरू त राजनीतिबाट निस्पृह रहनु स्वाभाविकै थियो । जीवनको भौतिकताका सम्पूर्ण सुखसयल प्राप्त यो वर्गका युवाहरूमा
मोजमस्तीबाहेक अन्य कुराका लागि फुर्सद थिएन । तर सूर्यप्रसाद उपाध्याय अपवाद पो हुनुभयो । उहाँ उच्च घरानीया धनीघरको सदस्य हुनुहुन्थ्यो । उच्च शिक्षा हासिल गर्नुभएको थियो । कानुनमा पनि डिग्री हासिल थियो । शिक्षाको इन्स्पेक्टरजस्तो उच्च पदमा आसीन हुनुहुन्थ्यो । तर, यी सबै सरसुविधालाई एकातिर पन्छाएर उहाँ राजनीतिको कठिनतम् मार्गमा अग्रसर हुनुभयो । राजनीति उहाँका लागि कमाइखाने भाँडो थिएन बरु आस्थाको अविचलन सगरमाथा पो थियो । आफ्नो सम्पूर्ण जीवन प्रजातन्त्र आस्थाका लागि अर्पण गर्नुहुने सूर्यप्रसाद उपाध्याय आफैँमा एउटा युग हो, आदर्श हो, मूल्य र मान्यता हो, दर्शन हो ।भनिन्छ इतिहास बन्दैन, बनाइन्छ । इतिहासविद् प्रोफेसर आइकोन्सिस इतिहासलाई म्यानुप्युलेटिड फ्याक्ट अर्थात् बङ्ग्याइएको तथ्य भनी स्वीकार्छन् । उनको प्रसिद्ध कृति ‘द हिस्ट्री मेकर्स’मा उनले इतिहासका यही बङ्ग्याइएको तथ्यलाई प्रस्तुत गरेका छन् । नेपाली राजनीतिमा पनि थुपै तथ्य बङ्ग्याइएका छन्, अतिरञ्जित गरिएका छन् । यसरी तथ्यहरूलाई बङ्ग्याइनुको सोझो अर्थ कुनै पात्रलाई अतिशय उच्च मूल्याङ्कन गरिनु हो । यसरी कुनै पात्रलाई अतिशय रूपमा उच्च मूल्याङ्कन गरी देवत्वकरण गरिँदा उसकै समकालीन सहकर्मीमाथि घोर अन्याय हुनसक्छ भन्ने कटुयथार्थलाई पटक्कै ख्याल गरिएको पाइँदैन । त्यसैले थुपै्र इमानदार कर्मठ युगवेत्ताहरू इतिहासको अँध्यारो गर्ततिर धकेलिएका हुन्छन् । प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय यस्तै इतिहासको अँध्यारो गर्तमा उभिएका एकजना युगपुरुष हुन् । राजनीति नेपाली समाजमा आममानिसको चासो र क्षमताभन्दा बाहिरको विषय थियो । मध्यमवर्गका युवाहरू मात्र राजनीति कर्ममा आकर्षित भए पनि अधिकांश गरिब मानिस राजनीतिको कर्मबाट टाढै थिए । बनिबुतो गरेर जीविकोपार्जन गर्नुपर्ने उनीहरूमा न त त्यो उच्च कोटिको चेत नै पलाइसकेको थियो न त आवश्यकता महसुस नै, भने उच्च वर्गका युवाहरू त राजनीतिबाट निस्पृह रहनु स्वाभाविकै थियो । जीवनको भौतिकताका सम्पूर्ण सुखसयल प्राप्त यो वर्गका युवाहरूमा
मानिसको जीवन अवसर र चुनौतीले भरिएको हुन्छ र राजनीतिकर्मी मानिसको जीवनमा यी दुवै अधिक बढी हुन्छन् । अवसरको सही उपयोग र चुनौतीको सही समाधान नगरी आममानिस पनि आफ्नो जीवनमा सफल हुन सक्दैन भने राजनीतिकर्मी मानिस पनि यी दुईको सफल समायोजनबिना किमार्थ लक्ष्यमा पुग्न सक्दैन । सूर्यप्रसाद उपाध्याय यी दुवैको कुशल संयोजक हुनुहुन्थ्यो । दरबार र भारत दुवैसँग सन्तुलित सम्बन्ध राख्न सफल उहाँको जीवनकालमा कैयौँ अवसर आए । पटकपटक दरबारले उहाँलाई प्रधानमन्त्री बन्न आग्रह ग-यो, तर उहाँले साथीहरू (खासगरी बीपी) लाई जेलमा छोडेर प्रधानमन्त्री बन्न अस्वीकार गर्नुभयो । सत्ताकै लागि जेसुकै हत्कण्डा अपनाउन र जस्तोसुकै अप्रिय निर्णय लिन सदा तम्तयार आजको नेपाली राजनीतिका खेलाडीले सूर्यबाबुले जत्तिकै इमानदारिता देखाएको भए आज नेपाली राजनीति यतिबिघ्न अस्थिर र फोहोर हुँदैन थियो होला ।
विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, गणेशमान सिंहका समकालीन राजनीतिज्ञ सूर्यबाबु नेपाली राजनीतिका एक हस्ती हुनुहुन्थ्यो । बीपीको दाहिने हातको रूपमा क्रियाशील प्रखर बौद्धिक नेतामा हुनुपर्ने सर्वगुणसम्पन्न सूर्यबाबुलाई आज किन इतिहासले अँध्यारो पाटोमा उभिन बाध्य पारियो, यो प्रश्नको सही उत्तर आजको नेपाली राजनीतिको वस्तुगत मूल्याङ्कनमा कोसेढुङ्गा सावित हुनसक्छ । मुलुकमा प्रजातन्त्र÷लोकतन्त्रका लागि लडेको, सर्वाधिक लामो इतिहास बोकेको नेपाली काङ्गे्रस पार्टीमा सूर्यबाबुजस्तो इमानदार, कर्मनिष्ठ व्यक्तिको ठोस निष्पक्ष मूल्याङ्कन हुन सकेन भने त्यो स्वयम् नेपाली काङ्गे्रसकै लागि दुर्भाग्यपूर्ण हुन्छ । एउटा राजनीतिक पार्टी जहाँ एकजना व्यक्तिले प्रजातन्त्र आदर्शका लागि तीन दशकभन्दा बढी तन, मन र धन दिएर योगदान पु-यायो, यदि उसैमाथि न्याय हुन सकेन भने त्यस्तो पार्टीले आमजनतालाई न्याय दिन सक्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ।
अवसरवाद नेपाली राजनीतिको आमरोग हो । समाजलाई नभई आफूलाई केन्द्रमा राखेर सोच्ने नेपाली राजनीतिको साझा प्रवृत्ति हो । के कम्युनिस्ट के लोकतान्त्रिक प्रत्येक पार्टीमा यो प्रवृत्ति हावी छ । सत्ता र कुर्सीका लागि जस्तासुकै फोहोरी र अप्राकृतिक गठबन्धन बनाउन पछि नपर्ने नेपाली राजनीतिमा आस्थाको स्निग्न शिखर सूर्यबाबुलाई आधार र कारणबिना जसरी भारतको मान्छे वा दरबारको मान्छे भनेर आरोप लगाइयो त्यसपछाडिको कुत्सित मनसाय भनेको सूर्यबाबुको तेजोबध गरेर नेपाली काङ्गे्रसलाई कोइरालाहरूको बपौती बनाउने षड्यन्त्र त थिएन– आज आमजनमानसको तीखो प्रश्न हो यो नेपाली काङ्गे्रसलाई । नेपाली काङ्ग्रेस पार्टीलाई जसरी कोइरालाहरूको पार्टीमा रूपान्तरण गरियो त्यसले स्वयम् काङ्गे्रसलाई त क्षति पु-यायो नै नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि फाइदा गरेन ।
सूर्यबाबुलाई स्मरण गर्ने उनका समकक्षी राजनीतिज्ञहरू चाहे ती अविराम काङ्गे्रसमै राजनीति गरिरहेका हुन् वा काङ्गे्रसइतर, कसैले पनि सूर्यबाबुको आस्थाप्रति प्रश्न उठाउन सकेका छैनन् । २०१७ सालको सेरोफेरोको सन्दर्भ यहाँ उदाहरणीय छ । वि.सं. २०१५ सालको निर्वाचनपछि नेपाली काङ्गे्रसको एकमना सरकार बन्यो र त्यसको नेतृत्व बीपी कोइरालाले गर्नुभयो तर सरकार गठनपश्चात् भारत र दरबारसँग काङ्गे्रसको खासगरी बीपीको सम्बन्ध सुमधुर हुन सकेन । प्रखर वक्ता बीपीले मुखवैरी पाउनु स्वाभाविकै थियो फलत: दरबार बीपीसँग नराम्ररी चिढियो । यस्तो अवस्थामा स्वयम् प्रजातन्त्र खतरामा पर्नु स्वाभाविक थियो । सूर्यबाबुले बीपीलाई राजीनामा गराएर सुवर्णशमशेरलाई प्रधानमनत्री बनाउँदा दरबारको रोष पनि कम हुने र प्रजातन्त्र जोगिने मध्यमार्गी समाधानका लागि पहल गर्नुभयो । यो कुरामा स्वयम् दरबार पनि सहमत थियो तर बीपी मान्नुभएन र १७ सालको घटना घट्यो । त्यसले मुलुकको प्रजातान्त्रिक अभ्यासलाई थप ३० वर्ष पछाडि धकेल्यो । यसरी आफूलाई सदा केन्द्रमा राख्ने बीपी र प्रजातन्त्र आदर्शलाई केन्द्रमा राख्ने सूर्यबाबु यी दुवैको वस्तुनिष्ठ मूल्याङ्कन गरिनुपर्दैन ?
त्यतिबेला नेपाली राजनीतिमा तीनवटा विधारधाराहरू क्रियाशील थिए । पहिलो विचारधारा तत्कालीन राजा महेन्द्रले लिएको राजनीतिक लाइन थियो– निर्बिकल्प निर्दलीय पञ्चायती व्यवस्थासँग जोडिएको विचारधारा र यसको पक्षमा क्रियाशील थिए दरबार, काङ्गे्रसभित्रका केही मानिस र कम्युनिस्ट पार्टीका तत्कालीन महासचिवसहितका केही मानिस । दोस्रो धार राजासहितको प्रजातन्त्रको पक्षमा थियो । नेपाली काङ्गे्रसले यो धारको नेतृत्व गर्दथ्यो । राजाको अभिभावकीय भूमिका मात्र हुने र जनताद्वारा निर्वाचित सदनले चुनेको प्रधानमन्त्रीले कार्यकारी भएर देश सञ्चालन गर्ने विधि मान्य हुने यो धारको आर्थिक–राजनीतिक आधार समन्वयवादी विचार नै हो । सूर्यबाबुले नेपाली काङ्गे्रसको यो राजनीतिक यथार्थलाई राम्ररी बुझ्नुभएको थियो । बरु यस मामलामा बीपी चुक्नुभएको देखिन्छ । बीपीको चिन्तन समाजवादी देखिन्छ भने राजनीतिक रणनीति राजतन्त्रात्मक बहुदलीय प्रजातन्त्र । अब यी दुईबीचमा समायोजन हुनसक्छ कि सक्दैन ? अवश्य सक्दैन । समाजवादमा राजतन्त्र अटाउन सक्दैन । त्यसो भए बीपीले किन त्यसो भन्नुभयो ? उत्तर सजिलो छ । सोभियत क्रान्तिपछि पूर्वीयुरोपलगायतका देशमा आएको आन्दोलनले समाजवादी क्रान्तिलाई विश्वभर प्रसिद्ध बनायो । त्यसैले बीपीले समाजवादलाई नेपाली काङ्गे्रसको राजनीतिक लक्ष्यको रूपमा स्वीकार त गर्नुभयो तर त्यसलाई प्राप्त गर्न, संस्थागत गर्न र विकास गर्न कुनै व्याख्या, विश्लेषण वा संश्लेषण गर्नुभएन । या त यो बीपीको राजनीतिक अल्पज्ञता थियो वा बेइमानी । तर, सूर्यबाबु राजनीतिक आधारले पनि एकदम स्पष्ट हुनुहुन्थ्यो । नेपाली काङ्गे्रसको राजनीतिक चरित्र भनेको मध्यमार्गी धार नै हो त्यसका लागि राजासहितको प्रजातन्त्र नेपाली काङ्गे्रसको राजनीतिक कार्यनीति सही थियो । यो कुरा सूर्यबाबुले राम्ररी बुझ्नुभएको थियो । तर, सूर्यबाबुले २० को दशकमै बुझेर व्याख्यासमेत गरेको कार्यनीतिलाई बुझ्न बीपीलाई थप एकदशक लाग्यो अर्थात् २०३३ सालमा बीपीले अगाडि ल्याएको राष्ट्रिय मेलमिलाप नीति कुनै मौलिक नीति नभएर सूर्यबाबुले ०२४÷२५ सालमा अगाडि सारेको नीति नै थियो ।
नेपाली राजनीतिको अर्को विडम्बनापूर्ण पाटो के छ भने नेपाली राजनीति पराधीन, परनिर्देशित रहिआएको देखिन्छ । काङ्गे्रस र कम्युनिस्ट पार्टीहरूको संस्थापन नेपालमा नहुनु, अधिकांश नेपाली नेताले सङ्घर्षकालमा अधिकतम् समय प्रवास (भारत) मा बिताउनु आमप्रवृत्ति देखिन्छ । सूर्यबाबु यो प्रवृत्तिको घोर विरोधी हुनुहुन्थ्यो । हुन पनि २००७ सालदेखि २०४६ साल र २०६३ सालका सबै राजनीतिक आन्दोलन र सहमतिहरूमा भएको भारतीय संलग्नताले सूर्यबाबु र डा. केआई सिंहजस्ता नेपालआमाका सच्चा सपुतहरूको सम्झनालाई सार्थक बनाउँछ किनभने प्रत्येकपटक विदेशी भूमिमा भएको सहमतिले नेपाल र नेपालीलाई फाइदा कम र बेफाइदा बढी नै पु-याएको छ । सूर्यबाबु विदेशी भूमिमा बसेर नेपालमा राजनीति गर्ने परम्पराको विरोधी हुनुहुन्थ्यो । ०१७ सालको राजनीतिक परिवेशलाई अपवादमा राख्ने हो भने उहाँले आफ्नो राजनीतिक जीवनको अधिकांश समय नेपालमै बिताउनुभयो ।
राजनीति पेसा होइन र बन्नु पनि हुँदैन । राजनीति धनलाभको लागि गरिने खेती पनि होइन । नेपाली काङ्गे्रसको इतिहासको अध्ययन गर्दा देखिने एउटा मीठो तथ्य भनेको पार्टीप्रतिको र जनताप्रतिको समर्पण हो । प्रजातन्त्र आदर्शका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र कार्यकर्तालाई आदर्शका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र कार्यकर्तालाई सक्दो सहयोग गर्ने नेतृत्वको रूपमा सूर्यबाबु हुनुहुन्थ्यो । कार्यकर्ताका लागि उहाँको घर मन्दिरजस्तो पवित्र थियो । उहाँका हात सेवा र सहयोगका लागि सदा खुला थिए । नेता भएपछि पार्टी कार्यकर्ताको संरक्षण गर्न सक्नुपर्दछ । सूर्यबाबुले त्यही गर्नुभयो । उहाँ पार्टी कार्यकर्ताका लागि अभिभावकसरह हुनुहुन्थ्यो । आर्थिक सहयोग गर्नुहुन्थ्यो । ०१७ सालको राजनीतिक ‘कू’पछाडिको समय स्वयम् उहाँका लागि समेत प्रतिकूल थियो भने त्यस्तो बेलामा कार्यकर्तालाई संरक्षण गर्नु कम चुनौतीपूर्ण थिएन । तर, सूर्यबाबुले त्यस्तो प्रतिकूल समयमा पनि कार्यकर्तालाई जसरी संरक्षण गर्न सक्नुभयो त्यो कार्य उदाहरणीय छ । उहाँ कार्यकर्ताको सुखदु:खको साथी हुनुहुन्थ्यो । आज नेपाली राजनीतिमा पार्टीहरू विघटित भइरहेका छन् । पार्टीहरू पार्टी कम र गुट–उपगुटका समूह ज्यादा भएका छन् । नेताहरू पनि नेता कम र कुनै गुट–उपगुटका टाउकेमा बदलिएका छन् । मूल्य र मान्यता खस्कँदो छ । यस्तो बेलामा सूर्यबाबुको स्मरण निस्वार्थी, त्यागी, पारदर्शी, सदाचारी, दानी नेताको स्मरण पनि हो ।
सूर्यबाबु आजको नेपाली राजनीतिको मूल प्रवृत्तिको अपवाद हुनुहुन्थ्यो । आजको नेपाली राजनीतिको मूल प्रवृत्ति अवसरवाद हो त्याग होइन, सत्ता स्वार्थ हो, बलिदान होइन । हरेक पार्टीमा देखिएको मूल प्रवृत्ति यही हो । राजनीतिको आधार हो– सामाजिक विश्लेषण, सामाजिक रूपान्तरण, आर्थिक कार्यक्रम, भूमिमाथि स्वामित्व, उत्पादनका साधन र स्रोतको वितरण, समाजमा रहेका तमाम दलित, मजदुर, किसान, युवा, बेरोजगारी, महिला आदिका समस्याको समाधानको मार्गचित्र र सामाजिक न्याय । सूर्यबाबु यी मुद्दाहरूमा विशेष चिन्तनशील हुनुहुन्थ्यो । स्वाभाविकै रूपमा उहाँ एक उच्चकोटिको राजनेता भएकाले उहाँले समाजवादी कार्यक्रमका लागि बीपीसँग पनि छलफल गर्नुभएको देखिन्छ । अत्यन्त शालीन, दूरदर्शी, अध्ययनशील, त्यागी, दानी यस्ता राजनेता आज अँध्यारो छायामा पर्नु नेपालीका लागि पीडाको विषय बनेको छ । इतिहासबाट सकारात्मक शिक्षा लिँदै हामीले सत्ताको फोहोरी दुन्दुभीबाट टाढा रहन चाहने यस्ता राजनेताहरूलाई सच्चा सम्मान अर्पण गर्न फोहोरी खेल बनेको अहिलेको राजनीतिलाई आदर्शमय अभ्यासमा परिणत गर्नु जरुरी छ ।
for other related news click this link
http://www.nepalmother.com/2011/12/blog-post_2878.html
काग्रेस इतिहासको अर्को पाटो : बीपीको थिचोमिचो !
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्याएको योगदान
कांग्रेसमा 'चाणक्य' उपमा पाएका सूर्यप्रसाद उपाध्यायबारे प्रकाशित एउटा कृतीले नेपाली कांग्रेसको इतिहास, यसका नेताहरूको भूमिका र नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पुर्याएको योगदानलाई मसिनोसँग केलाउने काम गरेको छ। ८० बढी लेखकहरूले उपाध्यायको वौद्धिक, शैक्षिक, राजनीतिक, प्रशासनिक र कूटनीतिक व्यक्तित्वबारे प्रशस्त चर्चा गरेका छन्। उनी प्रजातान्त्रिक आन्दोलनका एक मसिहा हुन भन्ने दाबीहरू छँदैछन्, त्यस बाहेक उनको राजनीतिक व्यक्तित्वलाई बिपी कोइरालाले कसरी थिचोमिचो गरे भन्ने प्रशस्त दलिलहरू छन्। 'प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय' स्मृती ग्रन्थमा काग्रेस घर भित्रकै धेरै सदस्यहरूले उनको योगदानको चर्चा गरेको छन्। उता कांग्रेस छोडेर पंचायत पसेका, पंचहरू, वामपन्थी र प्रशासन, परराष्ट्र मामलामा विज्ञ लगायतका धेरै खाले व्यक्तिव्यले सूर्यप्रसादबारे विचारहरू व्यक्त गरेका छन्। विभिन्न लेखहरूबाट अढाई दशक अघि निधन भएका एक शीर्ष राजनीतिकज्ञबारे धेरै जानकारी पाइन्छ, छरपष्ट रुपमा। धेरै जसो लेखकहरूले काग्रेसका 'चार महान' बिपी , सूवर्ण, सूर्यप्रसाद र गणेशमान मध्ये एक महान अगुवालाई कांग्रेसले चटक्क बिर्सिएको आक्ष्ेाप लगाएका छन्। लेखकहरूको अर्को निचोड हो, सूर्य प्रसादले चाहे अनुसार मुलुकको राजनीति अगाडी बढेको थियो भने सात साल अधिनै नेपाल प्रजातान्त्रिक मार्गमा प्रवेश गर्ने थियो र सत्र सालमा अवरुद्ध नेपालकोप्रजातान्त्रिक यात्रा केही वर्ष भित्रै लिकमा आउँने थियो। सत्रसालको 'कू' पछि अन्य शीर्ष नेताहरू जस्तै जेल परेर ९ महिनामै रिहा हुन पुगेका उपाध्यायले राजालाई संझाएर पंचायत भित्रबाटै प्रजातान्त्रिकरण गर्दे लग्ने मिसन अपनाएका थिए। उनको त्यही मिसन अर्न्तगत सशस्त्र क्रान्तिमा होमिएका सुवर्णले हतियारको राजनीति बिसाए भने जेलमा रहेका बिपी , गणेशमानलाई रिहा भए। तर त्यसैकै सेरोफेरोमा राजा महेन्द्रको निधन हुनपुग्यो। महेन्द्रको निधनसँगै उनको योजना भताभुङ्ग भएको चर्चा पुस्तकमा छ।
सूर्य प्रसादसँग तीन दशकसम्म नजिककको सम्बन्ध राखेका पूर्व सांसद श्रीकान्त अधिकारीले पुस्तकको पाक्कथमा 'ढिलो भएको छ, ढिलै किन नहोस प्रकाशित हुन लागेको यस स्मृती ग्रन्थका लागि लेखहरू प्रदान गरिदिनुहुने विद्धानहरूले केही बादल हटाई दिनु भएको छ ' भने जस्तै नेपाली राजनीतिक इतिहासमा प्रजातान्त्रिक आन्दोलनका अगुुवा सूर्य प्रसाद र प्रजातान्त्रिक आन्दोलन भित्र लुकेका कतिपय तथ्यहरू पस्किएर बादलहरू हटाइ दिएको अनुभव हुन्छ। ग्रन्थको अध्ययनले सूर्यप्रसाद र उनको राजनीतिक इतिहासलाई अहिलेसम्म खासै चर्चामा ल्याइएको रहेनछ र कतिपय योगदानलाई गलत किसिसमले प्रचारमा ल्याइएको रहेछ भन्ने कुराको सन्देश दिन्छ। उनलाई अहिलेसम्म गलत किसिमले प्रस्तुत गरिएको र बुझिएको छ भन्ने प्रशस्त उदाहरण र तर्कहरू पेश गरिएका छन् पुस्तकमा। सत्रसालको 'कू' पछि बिपी हरू जेलमै रहेको, सुवर्णले निर्वासनबाट हतियार उठाएको समयमा मुलुकभित्रै बसेर मेलमिलाप नीतिको वकालत गर्ने सूर्यप्रसाद त्यसबेला राजनीति र व्यवहारमा पनि काग्रेसजनको अभिभावक बनेको कुरा धेरै लेखकहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन्।
पूर्व सभामुख दमननाथ ढुंगाना लेख्छन् '२०१९ सालबाट सूर्यप्रबाबुले थालनी गरेको मेलमिलाप नीतिको जगमै सुवर्णजीको वक्तव्य आएको र बिपी र गणेशमानको रिहाई भएको थियो। सुवर्णजीको वक्तव्य मेलमिलापको नीतिको दोश्रो चरण थियो। त्यो बेला मेलमिलापको नीति यति सबल बन्दै आएको थियो कि बिपी को रिहाई विदेशी शक्तिको हात बिना र जानकारी बिना नै देशभित्रकै प्रयासबाट गनै राजा लगायत सबैको एकमत थियो। यद्धपी त्यो बाहिर गयो। बिपी जब जेलमुक्त हुनुभयो उहाँको पहिलो वक्तव्य राष्ट्रिय मेलमिलापको पक्षमै थियो। मैले सूर्यबाबुलाई जीवनमा सबैभन्दा खुशी बिपी को रिहाईको दिन देखेको थिएँ। त्यो दिन उहाँको फूर्तिनै बेग्लै थियो। तर, त्यही खुशीबाट उहाँको सबै भन्दा चिन्ता र आंशकाका दिनको सुरुवात भयो। सूर्यबाबु नेपालमै बसेर प्रजातान्त्रिकरणतर्फ लाग्नुभयो भने बिपी ले हतियार उठाउनुभयो। हतियारको राजनीतिले बिपी लाई झन् अप्ठेरो पार्यो। अन्ततः उहाँ २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो। त्यो मेलमिलापको जग पनि सूर्यबाबुको २०१९ सालको मेलमिलाप नीतिमै उभिएको थियो।'
सात सालको क्रान्ति बाहेक काग्रेसको करिव ७ दशकको राजनीतिक आरोह, अवरोहमा हतियार नउठाउने, देशभित्रबाटै प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्ने तर राजाले दिएको कुनै पद पनि नखाने नीति सूर्यप्रसादले अख्तियार गरेका थिए। पंचायतकालमा उनलाई प्रधानमन्त्री पद सहजै दिन सकिने कुरा कतिपय लेखकले उल्लेख गरेका छन्। त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापाले तत्कालिक राजनीतिकका कतिपय पाटाहरू खोतल्दै लेख्छन ' पंचायतका सूर्यबाबुले चाहेको भए जुनसुकै ठूलो पद पाउँन सक्नुहुन्थ्यो भन्ने मलाई विश्वास थियो। उहाँले पद नलिनु भएकै हो।' त्यस्तै थापा भन्छन् ' काग्रेसमा मैले के देखे भने , सूर्य प्रसादलाई इतिहासबाट हटाउन बढी खोजिएको छ र बेवास्ता गरिएको छ। सुवर्णजी पनि खेदिनु भएको छ। सुवर्णजीको नेपाली काग्रेसलाई ठूलो योगदान छ। सूर्य बाबुको झन कुरै गर्नुपरेन उहाँले काग्रेलाई मात्र होइन, नेपाललाई जोगाउन ठूलो योगदान दिनुभएको छ। त्यो एकदिन इतिहासले भन्ने छ।'
पंच सूर्य बहादुरको यो कथन जस्तै सूर्यप्रसाद योगदानलाई धुमिल पार्ने काम भएको विवेचना अरू लेखकहरूले पनि गरेका छन्। नेपालको राजनीतिमा आफ्नो पकड स्थापित गर्न बिपी कोइरालाले उनलाई २०१५ सालको आम निर्वाचनमा अर्न्तधात गरेको प्रसंग कोट्एर लेखकहरूले कोइरालाहरूको पुरानो रोगको चर्चा गरेका छन्।सूर्यप्रसादलाई रामेछापबाट पराजित गर्ने तत्कालिन गोरखा परिषदका सांसदि बेनिबहादुर कार्कीले पनि घुमाउरो पारामा कोइरालाहरूले आफूलाई जिताएको भेद खोलेका छन्।
बिपीको मृत्यु भएको करिव डेढ दशक पछि वरिष्ट अधिवक्ता गणेशराज शर्मा लेखेर जगदम्बा प्रकाशनले सार्वजनिक गरेको बिपी को आत्मवृतान्तको विश्वसनियता माथी प्रश्न चिन्ह उठाएको छ पुस्तकले। बिपी ले सूर्यसादबारे लेखेका कुराहरूको सत्यता माथी प्रश्न गर्दे कतिपय लेखकहरूले त्यसको प्रतिवाद गरेका छन्। यस अर्थमा पुस्तकले काग्रेस राजनीतिको अर्को पाटो बहसमा ल्याउने संकेत गरेको छ।
वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद घिमिरे आत्मवृतान्तबारे लेख्छन् 'यहाँ एउटा प्रश्न खडा हुन्छ, बिपी ले सूर्यबाबुलाई आत्मवृतान्तमार्फत अलि गिराइएको देखिन्छ। यसलाई नियालेर हेनर्ेे हो भने त्यो लेखिँदाको काल र परिस्थितिलाई पनि विचार गर्नुपर्छ। त्यहाँको अधिकांश वयान अप्रत्यक्ष अवस्था र अरूको भनाईबाट सुनिएको आधारबाट बनाइएको पाइन्छ। त्यहाँ आफैं प्रत्यक्ष नभएका अथवा नजरबन्दमा छँदा वा प्रवासमा छँदा जोसँग प्रत्यक्ष व्यवहार नभएर अनुमान र सुनाइएका आधारका कुरा देखिन्छन्। त्यसमा खासगरी भन्नु पर्दा २०१७ सालपछी जसको बारेमा लेखियो ती व्यक्तिसँगको प्रत्यक्षत संवाद र व्यवहार थिएन भन्ने देखिन्छ। त्यस आत्म्ावृतान्तमा छट्टु, पट्ट सचिव भनेर कृष्ण प्रसाद नाम आएको मेरो हो अरूको छैन मलाई पनि भनिएको छ।, तर त्यो बिपी ले मेरो आनिबानी भोगेर जानेर भनेको होकी अरूको भनाईमा यो विचारणिय कुरा हुन्छ। अथवा सम्पादनका क्रममा मिलाइएको पनि हुनसक्छ।'
प्राध्यापक लोकराज बरालले आत्मवृतान्तबारे प्रश्न गरेका छन्। उनले लेखेको छन् ' आत्मवृतान्तमा खासै उल्लेख नगरे पनि सूर्यबाबुले निकै मद्धत गर्नुभएको हो। आत्मवृतान्तका सबै कुरा सत्य छैनन् भन्न्ने कताकता सुन्नमा आउँदछ।...बिपी लाई जेलबाट छुटाउने काममा गिरिजाबबाुको भूमिका बढी भएको कुरा गर्नुभएको छ। यहाँ सूर्यप्रसादको भन्दा गिरिजाबाबुको बढी भूमिका हुनमा मलाई पनि त्यस्तै लाग्छ।'
आत्मवृतान्तकै बारे अच्यूतराज रेग्मी लेख्छन् ' बिपी ले आफ्नो आत्मवृतान्तमा सूर्यबाबुबारे केही असान्दर्भिक कुराहरू बोल्नु भएछ। मलाई आश्चर्य लाग्यो। उहाँले सूर्यबाबुबाट धेरै फाइदा लिनु भएको छ। हरेक समय सूर्यबाबुले बिपी लाई सहयोग गर्नुभयो। उहाँले सबैलाई सहयोग गर्नुहुन्थ्यो। मैले पनि पटक पटक आर्थिक सहयोग लिएको छु। ...त्यो गुन धेरैले भूलेका छन्। बिपी ले पनि भुल्नुभयो।'
आफू जेलबाट रिहा भएपछि गिरिजा प्रसादलाई जेल मुक्त गराउने, जेल परेकालाई खर्च, औषधी मुलो र उनका परिवारको रासन पानी, पढाईमा सूर्यप्रसादले सहयोग गरेको चर्चा जताततै पढ्न पाइन्छ। बिपी लाई बिपी बनाउन सूर्यप्रसादले ठूलो लगानी गरेको कुरा जत्रतत्र भेटिन्छन्, पुस्तकमा। निर्वाचनमा पराजित सूर्य प्रसादलाई गृहमन्त्री बनाउनै पर्ने वाध्यता बिपी लाई के थियो? यस्ता प्रश्नका उत्तरहरू छन् पुस्तकमा। त्यसो त २०३६ सालको जनमतस्रगहमा काग्रेसका बिपी कोइराला र उपाध्याय फरक फरक किसिमले बहुदलको प्रचारमा लाग्न्नुनै पंचायतको जीतको एक कारण हो भनेर दाबी गर्नेहरू पनि छन्। सूर्य प्रसाद दूरदर्शी राजनीतिक, मिहिन कूटनीतिज्ञ, शिक्षाविद र कूशल प्रशासक जस्ता उच्च विशिष्ठताका धनी थिए भन्ने कुरा लेखकहरूले उदारमनले व्यक्त गरेका छन्। शैलेन्द्रकुमार उपाध्याय लेख्छन ' बिपी विद्धान हुनुहुन्थ्यो, सर्वमान्य हुनुहुन्थ्यो। तर भित्रि विश्लेषणमा कमजोर हुनुहुन्थ्यो र भित्रि कुरामा सूर्यबाबु बेजोड हुनुहुन्थ्यो। सूर्य बाबु र बिपी लाई मिल्न नरोकिएको भए जनमत संग्रहमा राम्रो परिणाम आउँन सक्दथ्यो।'
बिपी को राजनीतिक दूरदर्शिता र विश्लेषणबारे विश्वेश्वर प्रसाद रिमालले एउटा रोचक घटना प्रस्तुत गरेका छन्। रिमाल लेख्छन् ' प्रजातन्त्र जाने बेला २०१७ पुष १ गतेको अघिल्लो दिनको घटना छ। बिपी ले राजालाई भेटुनु भएछ , राम्रो कुराकानी भएछ, एकै टेबल र प्लेटमा खानेकुरा खाएछन। दुबै जनाले मन खोलेर कुरा पनि गरेछन्। बिपी को महेन्द्रले खुब प्रशंसा गरेछन्। छलफलपछि दरबारबाट प्रधानमन्त्री क्वाटर नगई राती सरासर सूर्यबाबुको घरमा आउनुभयो। उहाँको मध्यरात , विहान, जहिले पनि सूर्यबाबुकहाँ आउने, बस्ने खाने बहस गर्ने चलन थियो। खुइय गर्दे, भर्याङबाट माथिल्लो तलामा जाँदै गर्दा बाटोबाटै भन्नुभयो। सूर्यबाबु, मैले सारा दरबारसँगका समस्या मिलाईदिएको छु। तपाईहरू अनावश्यक शंका गर्नुहुन्छ। दरबारसँग हाम्रो कुनै मतभेद छैन। कोठा भित्र पसेपछि सूर्यबाबुले ढोका लगाउनुभयो। त्यसपछी दुईको चर्के भनाभन भयो। सूर्यबाबु र बिपी बाहिर दुबैले अत्यन्त श्रद्धा गरे पनि कोठा भित्र बसेपछि चर्काचर्की, तँ तँ, म,म हुने गर्दथ्यो। कुनै औपचारिकता थिएन। त्यो कोठा भित्रै सिमित थियो। चर्काचर्कीमा सूर्यबाबुले भन्नुभएछ बिपी बाबु अब हामी गयौं, तपाई झक्किनुभयो, राजा धेरै बाठा र षडयन्त्रकारी छन्। अन्ततः त्यही भयो भोलिपल्ट सबै नेताहरू जेल पर्नुभयो। त्यो घटना हामीले बाहिरबाट सुनिरहेका थियौं।' रिमाल, सूर्य प्रसादका छोरी ज्वाई हुन्। ठूलो संख्याका लेखकहरूको आत्मपरक प्रस्तुतीमा यस्ता धेरै खाले रोचक कुराहरू छन्।
बिपी कोइरालको आत्मवृतान्तको प्रकासन पछि उनको योगदानको नकारात्मक तस्बीर प्रस्तुत भएको अवस्था छ। प्रस्तुत पुस्तकले आत्मवृतान्तले बनाएको छवी पखाल्ने प्रशस्त तर्क र विचारहरू पेश गरेको छ। पुस्तकमा उनको समन्वयकारी भूमिकाकै कारण दरबार र भारत जस्ता नेपालको राजनीतिमा गहिरो अर्थ राख्नेहरूबीच पनि बेलाबेलामा सन्तुलन राख्न भूमिका खेलेको चर्चाहरू छन्। बिपी को समाववादी नेता जयप्रकाश नारायणहरूसँगको सम्बन्ध र सूर्य प्रसादको नेहरू परिवारसँगको गहिरो पारिवारिक सम्बन्धका कारण पनि सूयप्रसादबारे गलत धारणा बन्न पुगेको लेखकहरूले औंल्याएका छन्। नेहरू भारतको राजनीतिमा प्रभावकारी भैरहनु र जयप्रकाशहरू प्रतिपक्षीमा हुनुले पनि बिपी र सूर्यप्रसाद एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टीमा भिन्नता आएको धारणाहरू पुस्तकमा पढ्न पाइन्छ।
पुस्तकले सूर्य प्रसादको राजनीतिक शान्तिपुर्ण र समन्वयकारी भएको सन्देश दिन्छ, नकी बिपी र कतिपय काग्रेसले आक्षेप लगाए जस्तो दरवारिया र भारतीय भनेजस्तो। तत्कालिन समाजमा दुई विषयमा एमए, बिएल र बिटी जस्ता उच्च शिक्षा प्राप्त गरेका उपाध्याय नेपालको पहिलो शिक्षा इन्सपेक्टर पनि हुन।दरबारसँग जोडिएको कूलिन परिवारका सदस्य सूर्यप्रसादले पद्म शम्सेरकै पालामा मुलुकको शासन व्यवस्थालाई प्रजातान्त्रिकरण गर्ने भित्रि प्रयास गरेका थिए। उनको यो रणनीति मोहन शम्सेरहरूले रुचाएनन्, उनी रातारात भारत निर्वासमा पसेर त्यहीबाट राणा शासन विरुद्ध हतियार उठाउने राजनीतिमा होमिए।
पुस्तकमा प्रदीप गिरीको '...सूर्य प्रसाद कांग्रेस राजनीतिका निम्ति त विशेष अर्थ राख्नु हुन्छ, दुर्भाग्यवश आजका मितिसम्म काग्रेसको विस्तुत र प्रमाणिक इतिहास लेखिएको छैन। इतिहासको नाममा जे लेखिएका छन्, ती कथाकुथुड्ग्री जस्ता छन् ' भन्ने टिप्पणी छ। महामुनिश्वर आचार्यले धेरै जनाबाट लेखहरू संकलन र सम्पादन गरेको स्मृतीग्रन्थमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सूर्य प्रसाद उपाध्यायको केन्द्रिय भूमिकाको उत्खनन् गरिएको छ। सूर्यप्रसाद उपाध्याय, उनको राजनीतिक यात्रा र प्रजातान्त्रिक आन्दोलनबारे जानकारी राख्न खोज्नेहरूका लागि पुस्तक स्रगहनीय सामाग्रि बन्नसक्छ।महामुनिश्वरले सूर्यप्रसादको पाटोबाट काग्रेस इतिहासको उत्खनन् गरेका छन्। यसले काग्रेसको इतिहासबारे थप अध्ययन,अनुसनधानको खाँचो औल्याएको छ।
नेपाली कांग्रेसको गत १२ औं महाधिवेशनको सिलसिलामा महाधिवेशन प्रतिनिधि चुनिएका केही नयाँ अनुहारका युवाहरूले बीपीलाई समेत चिनेनन् । सार्वजनिक कार्यक्रममा 'यो दाह्री पालेका बूढा को हुन् ?' भनेर बीपीको तस्बिर देखाउँदै गरेका ती युवा प्रतिनिधिले सम्भवतः कांग्रेसका पुराना चार 'खम्बा'मध्येका सूर्यप्रसाद उपाध्याय अर्थात् 'सूर्यबाबु' लाई त झन् चिन्ने कुरै भएन । नेपाली कांग्रेसको इतिहासमा नै सूर्यबाबु 'सेप'मा परेका पात्र हुन् । सम्भवतः केन्द्रीय कार्यालयलाई छाडेर अन्य जिल्ला कार्यसमितिमा हेर्ने हो भने अहिले उनको तस्बिरसम्म देख्न सकिँदैन ।
इतिहास आफैं बन्दैन । त्यसलाई बनाउने मानिसले नै हो । सूर्यप्रसाद इतिहासमा ठगिएका एउटा पात्र हुन्, जसलाई कांग्रेसले कहिल्यै सम्झने चेष्टा गरेन । नेपाली कांग्रेसको राजनीतिको मूलप्रवाहबाट मातृकाप्रसाद कोइराला अस्ताएपछि कांग्रेसभित्र विकसित चार खम्बाको एउटा खम्बा थिए-सूर्यप्रसाद । २००७ सालको क्रान्तिको निणर्ायक पुस्ताको रूपमा रहेको पहिलो पुस्ताका नेतामा उनको गणना गरिन्छ ।
अहिले कांग्रेसभित्र देखिएको गुट, उपगुट, घात प्रतिघातको राजनीति उति बेला पनि झांगिएको थियो । त्यसैले कतिपय विश्लेषक कांग्रेसभित्र अहिलेको विवादलाई 'संस्थागत रोग' पनि भन्छन् । यस्तै आरोह र अवरोहका घटनाक्रम र मन नमिल्दाको परिणाम टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, मातृकाप्रसाद कोइराला, डाक्टर केआई सिंह कांग्रेसमा अटाउन सकेनन् । पूर्वसांसद श्रीकान्त अधिकारीको भनाइमा मातृकाप्रसादको बहिर्गमनपछि नै बीपी, सुवर्णशमशेर, गणेशमान र सूर्यबाबुको सामूहिक नेतृत्व स्थापित भयो, जसलाई चार पिलरको रूपमा चित्रण गर्न थालियो । यी चार नेतालाई 'चार तारा' को संज्ञा पनि दिइन्थ्यो ।
त्यति बेला बीपीलाई कांग्रेसको मुख भनिन्थ्यो भने सूर्यप्रसादलाई मस्तिष्क । गणेशमानलाई मुटु र सुवर्णशमशेरलाई प्राणवायुको संज्ञा दिइन्थ्यो । सूर्यप्रसादलाई मस्तिष्क किन भनिएको थियो त ? उनको जीवनी र आन्दोलनमा पुर्याएको योगदानलाई समेटर महामुनिश्वर आचार्यले हालै प्रकाशित गरेको 'प्रजातान्त्रिक आन्दोलनका बहुआयमिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय' पुस्तकले उजागर गरेको छ ।
पुस्तक केवल सूर्यप्रसादको बहुआयमिक व्यक्तित्वबारेको चर्चामा मात्रै सीमित छैन । सिंगो नेपाली कांग्रेसको दर्शन र इतिहाससमेत त्यसभित्र जोडिएको छ । पुस्तकमा सूर्यप्रसादलाई नजिकबाट चिन्ने तत्कालीन शासक, राजनीतिज्ञ, पार्टीका नेता, साहित्यकार, चिकित्सक लगायत ८५ जनाले तत्कालीन राजनीतिक परिवेशमा सूर्यप्रसादको भूमिकाको उल्लेख गरेका छन् । अच्युतराज रेग्मी, अर्जुननरसिंह केसी, आमोदप्रसाद उपाध्याय, श्रीकान्त अधिकारी, डा. केशरजंग रायमाझी, कृष्णप्रसाद भण्डारी, श्रीभद्र शर्मा, कीर्तिनिधि विष्ट, गोविन्दबहादुर मल्ल, 'गोठाले', प्रदीप गिरि, रामहरि जोशी, प्रा. लोकराज बराल, लक्ष्मणप्रसाद घिमिरे, सूर्यबहादुर थापा, विश्वबन्धु थापा, लगायतकाको अनुभूति पुस्तकमा छन् । ४ सय १४ पेजको पुस्तकमा इतिहासको एउटा मोडबाट हराएका सूर्यप्रसादलाई लेखकले बाहिर ल्याउने जमर्को गरेका छन् ।
जीवनभर प्रजातन्त्रका लागि संघर्षरत रहे पनि पञ्चायतसँग नजिकिएको आरोप सूर्यप्रसादलाई जीवनको आखिरी मोडतिर लाग्यो । यही विषयलाई लिएर २०१७ सालको काण्डपछि बिस्तारै सूर्यप्रसाद र बीपीबीच मनमुटाव सुरु भयो । सूर्यप्रसाद सन्तुलनवादी नेता थिए । सायदै त्यही विशेषताका कारण उनको दरबार र भारतसँग सम्बन्ध राम्रो थियो । बीपी र सूर्यबाबुका बीच राजनीतिक विषयमा छलफलदेखि व्यक्तिगत सम्बन्ध पनि निकट रहेको पुस्तक पढ्दा थाहा हुन्छ । विश्वेश्वरप्रसाद रिमालका अनुसार 'सूर्यबाबु' कोमा बीपी सबैभन्दा बढी जाने, खाने र बस्ने गर्दथे । सुवर्णशमशेरकोमा सरासर जाने चलन थिएन । बीपी 'सूर्यबाबु'को कोठामा सरासर जाने र बेडमै सुत्ने गर्दथे ।
चार खम्बामा बीपी र गणेशमान एउटा पक्षमा र सुवर्णशमशेर र सूर्यप्रसाद अर्को पक्षमा थिए । २०१५ सालको निर्वाचनपछि राजा सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे । पार्टीबाट गणेशमानले विरोध गरे । बीपीले प्रधानमन्त्री हुने इच्छा देखाएका थिए । गणेशमान बीपीलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने पक्षमा उभिए भने सूर्यप्रसाद सुवर्णशमशेरको पक्षमा थिए । 'विवाद देखिएपछि सुशीला भाउजूले -बीपीको श्रीमती) बीपीलाई प्रधानमन्त्री नबन्न आग्रह गरिन् । 'बीपीको हठपछि सुशीला भाउजू, म र बीपी भएको ठाउँमा एउटा सर्त भयो । उहाँ एक वर्षका लागि मात्रै प्रधानमन्त्री बन्ने र त्यसपछि सुवर्णशमशेरलाई बनाउने कुरा भएको थियो,' रिमालले भनेका छन् ।
भारतको संस्थापन पक्षसँग बीपीको सूर्यबाबुको जति राम्रो सम्बन्ध थिएन । सूर्यप्रसादले भारत र दरबारसँग सन्तुलनकारी भूमिकामा आफूलाई राखेर राजनीति गरेका थिए भने बीपी, गणेशमान लगायतले त्यसविपरीत आफूलाई जोखिममा राखेर प्रजातन्त्रका लागि लडेका थिए । उनको सन्तुलनकारी भूमिकालाई पूर्वसांसद रेग्मीले यसरी चित्रण गरेका छन्, 'राजा महेन्द्र भारतसँग चिढिएर चीनसँग नजिकिएको बेला सूर्यबाबुले राजालाई भारत र नेहरूलाई चीन देखाएर यहाँको भूराजनीतिक सन्तुलन ल्याउन ठूलो सहयोग पुर्याउनुभएको थियो ।'
कांग्रेस नेता अर्जुननरसिंह केसीको अनुभवमा २०१७ सालको घटनापछि 'सूर्यबाबु'मा केही सम्झौतापूर्ण विचार तथा दृष्टिकोण पलाएको थियो । त्यही दृष्टिकोणबाट नेपाली कांग्रेसलाई समन्वय गराएर लैजाने विचार उनमा आयो । पञ्चायतलाई प्रजातन्त्रीकरण गर्ने कल्पना सूर्यप्रसादको थियो । बीपी त्यो विचारसँग सहमत थिएनन् । केसीले भनेका छन्, 'निर्णय जनताबाट हुनुपर्दछ भन्ने साहसिक पक्षका लागि म बीपीबाट प्रभावित छु । तर यो आन्तरिक सम्बन्ध, सन्तुलन, आफूसँग असहमतहरूसँग पनि सहमति खोज्ने र विवादका बीचमा उभिएर मिलाइदिनेजस्ता मिहिन काममा चाहिँ सूर्यबाबुसँग प्रभावित छु ।'
केसीले कांग्रेसको मूलधारमा गएर आन्दोलन हाँक्न नसक्ने सूर्यप्रसादको कमजोरी रहेको औंल्याएका छन् । केसीले पुस्तकको एउटा प्रसंगमा भनेका छन्, 'सूर्यप्रसाद जनसमूहबीच जानु भएन । त्यो ठाउँ बीपीले लिनुभयो । सूर्यबाबु एक कुशल राजनीतिज्ञ हुनुभयो, तर सफल नेता भने बन्नु भएन । सबैलाई मिलाएर जाने भन्दाभन्दै उहाँ आफैं जानुभयो ।' सूर्यप्रसाद र बीपीबीच कटुता बढ्नुमा पञ्चायतले दिएको किसान संगठनको सदस्यता पनि प्रमुख रहेको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले उल्लेख गरेका छन् । त्यसपछि सूर्यप्रसाद नेपाली कांग्रेसको मूल प्रवाहबाट नै अलग्गिन पुगे । दरबारसँगको राजनीतिक सन्तुलन मिलाउनका लागि त्यो पद लिएका भए पनि सूर्यप्रसादले पञ्चायतसँग कुनै पद नमागेको थापाले उल्लेख गरेका छन् ।
पुस्तकमा पत्रकार इन्द्रकान्त मिश्रले कांग्रेसको अहिलेको नियति सुवर्णशमशेर र सूर्यप्रसादलाई 'माइनस' गरेकाले भएको तितो पोखेका छन् । 'कोइराला परिवारले सामन्जस्यता र समानताको राजनीति गरेन । आज पनि त्यही भइरहेको छ । खालि कोइराला परिवारको मात्रै हालिमुहाली छ,' उनले भनेका छन् ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक