20140114

सबै नेपालीलाई माघे संक्रान्तिको शुभकामना ।

माघ १ गते । माघे संक्रान्ति । यसै दिनदेखि सूर्य धन राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले मकर संक्रान्तिका नामले यसलाई पुकारिन्छ । माघ १ का दिन बिभिन्न देवस्थल र घाटहरुमा मकर नुहाउनेहरुको भीड लाग्छ । मिथिला क्षेत्रमा पूजाआजा गरि तिलको लड्डू खाने गरिने भएकाले तिला संक्रान्ति पनि भनिन्छ । काठमाडौ उपत्यका र पहाडि क्षेत्रमा घिउ , तरुल ,चाकु, सेल, सक्खरखण्ड खाने चलन छ । थारु समूदायले यसलाई माघी पर्वका रुपमा अरुको भन्दा बिशेष गरि मनाउछन् । नेपालमा सम्वत फेरिने भएकाले बैशाख १ बिशेष रुपमा मनाइन्छ भने माघे संक्रान्ति साउने संक्रान्ति बिशेष पर्वका रुपमा नेपालभर सबै जातजातिका मानिसले फरकफरक तरिकाले मनाउछन् । सबै नेपालीलाई माघे संक्रान्तिको शुभकामना । गुल्मीको रिडी मा माघेसक्रान्तिको एक झलक :

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक