20140112

अम्रिका जा कि अफ्रिका जा, तर जा जा जा !!!!



भाग नेपाली भाग

- चट्याङ मास्टर 

तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो !
नेपालमा परिवर्तन आयो, तन्त्र मन्त्रको किर्तन आयो
 भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो,
राजनीतिको भूत आयो, बिदेशीको दूत आयो
 
नेताजीको झुट आयो, नेपाली बीच फूट आयो
पार्टी पार्टी गुट आयो, गुट गुटको लुट आयो
 हत्या हिंसा छुट आयो, पीडितलाई कुट आयो 
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।
 
लड्न जा कि पढ्न जा, बड्न जा कि सड्न जा
जोड्न जा कि छोड्न जा, गर्न जा कि मर्न जा
आसा पनि लुटे तेरो, जा जा जा 
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।
 
नयाँ राष्ट्र गान आयो, परिवर्तनको भान आयो
कौवा लाने कान आयो, प्राण बलि दान आयो
 जहर जलपान आयो, भ्रष्टाचार शान आयो
अपराधीको मान आयो, महंगीको घान आयो 
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।
 
बेचेर जा कि छोडेर जा, मागेर जा कि चोरेर जा,
भनेर जा कि लुकेर जा, उडेर जा कि गुडेर जा, 
अम्रिका जा कि अफ्रिका जा, तर जा जा जा 
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो ।
 
तेरो जे थ्यो लगे सप्पै, रित्तो अर्को बर्तन आयो!
भाग नेपाली भाग, नेपालमा परिवर्तन आयो!!
 
(त्रिभूवन विमानस्थलमा बसेर यो लेख्नपर्दा मलाइ एउटा पुरानो गीत याद आइरहेछ, फर्क हे फर्क नेपाली तिमीलाई डाक्छ हिमाल, आमाको माया बराबर तिम्रै हो यो देश बिशाल)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक