20140130

मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएका पूर्व प्रधानन्यायाधीश तथा २०४७ सालको संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको निधन

पूर्व प्रधानन्यायाधीश तथा २०४७ सालको संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको निधन भएको छ । उपाध्यायको उपचारका क्रममा राति १२ बजे राजधानीको बासबारी स्थित न्युरो अस्पतालमा निधन भएको हो । उनी पाँच दिनदेखि न्युरो अस्पतालमा उपचाररत थिए । परिवारका सदस्यहरुसँग गफ गर्नेक्रममा अचानक
ढलेका उपाध्ययको मस्तिष्कमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो । उमेर पाको भएकाले शल्यक्रिया पछि उनी अचेत थिए । चिकित्सकहरुले आँखाले राम्रो प्रतिक्रिया दिएको भएपनि अन्य पक्षमा राम्रो सुधार नभएको बताए । उपाध्यायलाई उठाउन कोशिस गरिएपनि शरीरका कुनै अंगले प्रतिक्रिया नदिएपछि पुनः बेहोस बनाएर भेन्टिलेटरमा राखी मस्तिष्कलाई आराम गर्न दिइएको थियो । उपाध्ययको बरिष्ट न्युरो सर्जन डा. उपेन्द्र देवकोटा नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो । उपाध्याय मुटु रोगी थिए भने फोक्सोमा पनि खराबी भएपछि घाँटीबाट प्वाल पारेर खकार लगायतका विकार पदार्थ निकाल्ने काम भइरहेको थियो । उपाध्यायले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको संसदलाई आफ्नो इजलासबाट ब्युँताएपछि निक्कै चर्चामा आएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक