20140202

कवि शरद निरोलाव्दारा लिखित कविता सँग्रह लजाएका परेलीहरुको विमोचन कार्यक्रम सम्पन्न

आर्लिँगटन, भर्जिनीया / कवि शरद निरोलाव्दारा लिखित कविता सँग्रह लजाएका परेलीहरुको साहित्यिक वेबर्साईट खसखस डट कमले आयोजना गरेको एक कार्यक्रममा नेपाली दूतावासका कार्यवाहक राजदूत ॠषि राम घिमिरेबाट
विमोचन गरियो । ४२ वटा कविताहरु सँग्रहित सो कृतिका भूमिकाकार डा. ताना शर्मा हुन् भने प्रकाशक खसखस डट कम हो । सो कृतिको विमोचनको अवसरमा कार्यवाहक राजदूत श्री घिमिरेले लेखक तथा प्रकाशकलाई धन्यवाद दिँदै समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा कविको परिचय साहित्यकार बसन्त श्रेष्ठले दिएका थिए भने कृत्रि्रतिको समीक्षा अर्का साहित्यकार गोविन्द गिरी प्रेरणा, त्रिविका भुतपर्ूव सहप्राध्यापक तथा साहित्यकार हरि घिमिरे तथा पत्रकार गुणराज लर्ुर्ँइटेलले गरेका थिए । कवि शरद निरोलाले मन्तव्य राख्ने क्रममा आफ्नो कविता प्रवृत्ति र कविता लेख्ने प्रेरणाका श्रोतलाई धन्यवाद दिँदै अँग्रजी लगायत केहि कविताहरु वाचन गरेका थिए ।

कार्यक्रम आयोजक खसखस डट कमकातर्फाट बासु श्रेष्ठले सँचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य मन्जु निरौलाले व्यक्त गरेकी थिईन् । यस अघि शरद निरोलालाई बासु श्रेष्ठले फूलको गुच्छा र खादा लगाएर मँचमा स्वागत गरेका थिए भने शरद निरोलालेपनि फूलको गुच्छा र खादा लगाएर प्रमुख अतिथि कार्यवाहक राजदूतको मँचमा स्वागत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सो कृति निशुल्क वितरण गरिनुकासाथै हल्का चमेनाको व्यवस्था गरिएको थियो । पर्ूव घोषणा अनुरुप कार्यक्रम ठिक दर्ुइ बजे आरम्भ भएर ठिक चारबजे समापन गरिएको थियो ।

सन् २०१३ को पर्ूवाद्धमा खसखस डट कमको प्रकाशन आँपको रुख बजारमा आएको थियो भने उत्तर्रार्द्धमा यो कृति बजारमा आएको हो । नेपालमा यो कृति तिनकुनेस्थित शब्दहार क्रियसन्समा उपलब्ध रहेको छ ।







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक