20140307

"प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन" भब्यतापूर्वक सम्पन्न, ३० स्रस्टाहरु सम्मानित

न्यू योर्क- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय समितीको आयोजनामा मार्च १ र २ तारिख अमेरिकाको न्यू योर्क शहरमा "प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन" भब्यतापूर्वक सम्पन्न भएको छ। उक्त अवसरमा ३० स्रस्टाहरुलाई सम्मानित गरियो। सम्मेलनमा ५१ कविहरुद्वारा रचना पाठ गरिएको थियो भने सम्मेलनको अन्तमा १० बूँदे न्यू योर्क घोषणा पत्र जारी गरिएको छ।

INLS's First International Nepali Women Literary Convention held at Chian Federation, Astoria, New York between March 1 & 2, 2014. Photos: eEyeCam.com
पहिलो दिन: मार्च १, २०१४
सम्मेलनको उद्घाटन प्रमुख अतिथिकोरुपमा उपस्थित संयुक्त राष्ट्र संघकोलागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत दुर्गाप्रसाद भट्टराईले दीप प्रज्वलन गरेर
गरेका थिए।
Nepalese Ambassador to UN H.E. Durga P. Bhattarai inaugurating INLS's First International Nepali Women Literary Convention in New York on March 1, 2014. Photo: Badri Poudel 

अनेसास केन्द्रिय अध्यक्ष गीता खत्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा सम्मेलनकि संयोजक बन्दना कोईरालाले स्वागत मतब्य ब्यक्त गरेकी थिईन्।

उद्घाटन समारोहमा प्रमुख अतिथी दुर्गाप्रशाद भट्टराई, अतिथीहरु हिरण्यकुमारी पाठक, योको (जापान), मिचेल वेल्स (युएसए), अनेसास पूर्व केन्द्रिय उपाध्यक्ष भारती गौतम र अनेसास बोर्ड अफ ट्रस्टी चेयर होमनाथ सुबेदीले आ-आफ्नो शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

समारोहको शुरुवात नेपाल र अमेरिकाको राष्ट्रगानबाट गरिएको थियो। समारोहको सन्चालन अनेसास केन्द्रिय महासचिब पदम विश्वकर्माले गरेका थिए।
Convention coordinator Bandana Koirala (left) and INLS Central Committee President Gita Khatri. Photos: eEyeCam.com

३० स्रस्टा र समाजसेवीहरुको सम्मान

सम्मेलनको पहिलो र दोश्रो दिन अनेसासले नेपाल र प्रबासका बिभिन्न नेपाली नारी स्रस्टा र समाजसेवीहरुलाई सम्मान गरेको छ।

अनेसास बिशेष कदर पत्र

सम्मेलनको पहिलो दिन मार्च १ तारिख नेपाली साहित्यमा बिशिस्ट योगदान गर्ने ११ जना नेपाली महिला साहित्यकारहरुलाई बिशेष कदर पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित महिला साहित्यकारहरुमा (१) उन्नती बोहोरा शीला (नेपाल), (२) लीला लुइटेल (नेपाल), (३) डा. साबित्री मल्ल (नेपाल), (४) हिरण्यकुमारी पाठक (नेपाल), (५) अंगुरबाबा जोशी (नेपाल), (६) गायत्री श्रेष्ठ (चितवन, नेपाल), (७) डा. गार्गी शर्मा (नेपाल), (८) गीता केशरी (नेपाल), (९) चन्द्रकला नेवार (नेपाल), (१०) माया ठकुरी (नेपाल) र (११) बिन्दिया सुब्बा (दार्जिलिङ, भारत) थिए।
Distinguished INLS Award recipients with the Chief Guest and the organizers at the convention. Photos: eEyeCam.com

सम्मानित साहित्यकारहरु मध्ये समारोहमा उपस्थित उन्नती बोहोरा शीला, लीला लुइटेल, डा. साबित्री मल्ल र हिरण्यकुमारी पाठकलाई प्रमुख अतिथी राजदूत दुर्गाप्रसाद भट्टराईबाट कदरपत्र र अनेसास अध्यक्ष गीता खत्रीद्वारा परम्परागत खादाद्वारा सम्मान गरिएको थियो।

डायस्पोरा साहित्य कदर पत्र

त्यसैगरी, नेपाल बाहिर नेपाली साहित्य श्रीजना गर्ने १० नेपाली र १ बेलायती महिला साहित्यकारलाई "डायस्पोरा साहित्य कदर पत्र" द्वारा सम्मान गरियो। सम्मानित महिला साहित्यकारहरुमा (१) कमला सरूप (न्यू जर्सी, अमेरिका), (२) गंगा लिगल (टेक्सास, अमेरिका), (३) ज्योती पौडेल (न्यू योर्क, अमेरिका), (४) नीलम कार्की निहारिका (नर्थ क्यारोलिना, अमेरिका), (५) पुनम काफ्ले (न्यू योर्क, अमेरिका), (६) प्रगती राई (कोरिया), (७) भारती गौतम (बोस्टन, अमेरिका), (८) लारा (बेलायत), (९) शशी थापा सुब्बा (बेलायत), (१०) सपना गौतम (क्यानडा) र (११) सीता पाण्डे (भर्जिनिया, अमेरिका) थिए।
Distinguished INLS Diaspora Award recipients with the Chief Guest and the organizers at the convention. Photos: eEyeCam.com

सम्मानित साहित्यकारहरु मध्ये समारोहमा उपस्थित गंगा लिगल, ज्योती पौडेल, नीलम कार्की निहारिका, पुनम काफ्ले, भारती गौतमलाई प्रमुख अतिथी राजदूत भट्टराईबाट कदरपत्र र अनेसास अध्यक्ष खत्रीद्वारा परम्परागत खादाद्वारा सम्मान गरिएको थियो।

अनेसास बिशेष सम्मान पत्र

यसैबीच, सम्मेलनको दोश्रो दिन मार्च २ तारिख नेपाली साहित्य र कला-संगितमा बिशिस्ट योगदान पुर्‍याउने ८ जना नेपाली सर्जक र समाजसेवीहरुलाई अनेसास बिशेष सम्मान प्रदान गरियो। सम्मानित ब्यक्तित्वहरुमा (१) नाटककार अशेष मल्ल (नेपाल), (२) साहित्यकार बसन्त चौधरी, (३) संगितकार शम्भूजित बास्कोटा, (४) नाटककार कृष्णकुमार शाहयात्री, (५) समाजसेवी वकिल केशबराज सेढाई (न्यू जर्सी), (६) श्यामराज पाण्डे (नेपाल), (७) सुधा न्यौपाने (नेपाल) र (८) गायिका मीरा राणा (भर्जिनिया) थिए।

Distinguished INLS Award recipients with the Chief Guest and the organizers at the convention. Photos: eEyeCam.com
सम्मानित ब्यक्तित्वहरु मध्ये समारोहमा उपस्थित अशेष मल्ल, बसन्त चौधरी, नाटककार कृष्णकुमार शाहयात्री र मीरा राणालाई प्रमुख अतिथी राजदूत भट्टराईबाट कदरपत्र र अनेसास अध्यक्ष खत्रीद्वारा परम्परागत खादाद्वारा सम्मान गरिएको थियो। शम्भूजित बास्कोटाकि सुपुत्री साहरा प्रसाई बास्कोटाले आफ्नो बुवाको पुरस्कार ग्रहण गरेकी थिईन्।

सो सम्मान अध्यक्ष गीता खत्री, वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली र महासचिव पदम विश्वकर्मा रहेको अवाड कमिटीले गरेको सिफारिसको आधारमा २०७० फागुन १२ गते बसेको अनेसास कार्यसमितिको बैठकले गरेको थियो ।

८ पुस्तक र गिती एल्बमहरुको बिमोचन

सम्मेलनमा बिभिन्न लेखकहरुका ५ पुस्तक र ३ गिती एल्बमहरुको बिमोचन गरिएको छ।

The guests releasing books and music albums by various authors at the convention.Photos: eEyeCam.com
बिमोचित कृतिहरुमा गीतकार उन्नती बोहोरा शीलाको गिती एलबम "धर्तिको सन्देश", गीतकार गीता खत्रीको गिती एल्बम " अमूल्य", अनेसासबाट प्रकाशित गिती संग्रह "अनेसास गीत माला", अनेसासको त्रैमासिक पत्रिका "अन्तरद्रिश्टी", पदम विश्वकर्माको कविता संग्रह "शब्द सुमन्", डम्बरकुमार गिरिको कृति "सिक्किम बिकासको चाम्लिङ मोडल", कल्पना सुबेदीको कविता संग्रह "अनामिका" र कल्पना सुबेदीकै हाईकू र तांका संग्रह "मधु" थिए।

उक्त कृतिहरुको बिमोचन क्रमश: दुर्गाप्रशाद भट्टराई, होमनाथ सुबेदी, गीता खत्री, उन्नती बोहोरा शीला, हिरण्यकुमारी पाठक, साबित्री मल्ल र लीला लुईटेलले गरेका थिए।

नारी साहित्य सम्बन्धी कार्यपत्रहरुको प्रस्तुती

नेपालबाट आएका समालोचक डा. साबित्री मल्लले "नेपाली साहित्यमा नाट्य लेखनमा नेपाली महिलाहरुको योगदान" बिषयक कार्यपत्र, लीला लुइटेलले "नेपाली भाषा साहित्यमा आप्रबासी नेपाली महिला साहित्यकारहरुको योगदान"
बिषयक कार्यपत्र र उन्नती बोहोरा 'शीला' ले "नेपाली गीत लेखनमा नेपाली महिला साहित्यकारहरुको योगदान" बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
The panelists at the convention. Photos: eEyeCam.com

उक्त कार्यपत्रहरु उपर नाटककार अशेष मल्लले टिप्पणी गरेका थिए भने सहभागीगीहरुले बिभिन्न जिज्ञाशा पेश गरेका थिए।

दोश्रो दिन: मार्च २, २०१४

कवि सम्मेलन: ५१ जना नेपाली साहित्यकारहरुको रचना प्रस्तुती
सम्मेलनको दोश्रो दिन ५१ जना नेपाली साहित्यकारहरुले आ-आफ्नो कविता, गीत, गजल, हाईकू र मुक्तक प्रस्तुत गरेका थिए। कवि सम्मेलनका संयोजक बोस्टन निवासी साहित्यकार एबं पत्रकार गोबर्धन पूजा र न्यू योर्क निवासी कवि गीता पन्थले कवि सम्मेलनको सन्चालन गरेका थिए।

Nepalese poets and authors at the INLS's First International Nepali Women Literary Convention in New York on March 1, 2014. Photos: eEyeCam.com
सहभागी कवि साहित्यकारहरुमा क्रमश: (१) कमला प्रशाई, (२) किशोर पन्थी, (३) महेश्वर पन्त, (४) प्रदीप थापा मगर, (५) निलम कार्की निहारिका, (६) बिष्णु पौडेल, (७) बिनोद रोका, (८) कल्पना सुबेदी, (९) ईश्वरी गौतम पौडेल, (१०) साबित्री अधिकारी, (११) भारती गौतम, (१२) मनु लोहोरुङ राई, (१३) दीपा राई पुन मगर, (१४) प्रभा आचार्य, (१५) सहदेब पौडेल, (१६) डा. बिष्णुमाया परियार, (१७) बसन्त चौधरी, (१८) लीला लुइटेल, (१९) अनु शाह, (२०) नारायण अधिकारी, (२१) दिनेशराज भण्डारी, (२२) ज्योति पौडेल, (२३) पुनम काफ्ले, (२४) सीता खरेल, (२५) कुन्ती थापा, (२६) प्रशान एलुङ राई, (२७) राजेन्द्र शलभ, (२८) प्रकाश नेपाल, (२९) ममता कर्माचार्य, (३०) मणि बाङ्देल, (३१) गंगा लिगल, (३२) शान्ता घिमिरे, (३३) पद्मा लिंखा मगर, (३५) सरोज अर्याल, (३५) बिरेन्द्र लाबुङ लिम्बु, (३६) केशब आचार्य, (३७) सुनिता शर्मा, (३८) मन्जु खड्का, (३९) होमनाथ सुबेदी, (४०) उन्नती बोहोरा शीला, (४१) कृष्ण शाहयात्री, (४२) गीता पन्थ, (४३) बिकास बिष्ट, (४४) पदम विश्वकर्मा, (४५) अशेष मल्ल, (४६) बन्दना कोईराला, (४७) संगिता उप्रेती, (४८) हिरण्यकुमारी पाठक, (४९) गोबर्धन पूजा, (५०) सतिस गौतम, र (५१) गीता खत्री थिए।
The guests at the convention. Photos: eEyeCam.com

हेर्नुहोस् ५१ कवि साहित्यकारहरुद्वारा वाचन गरिएको रचनाहरुको युएस नेपाल अनलाइनले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

भिडियो अप्लोड गरिदैछ।

बाल चित्रकला र बाल नाटक प्रदर्शन

सफिरा सुबेदी र श्रुती तुलाधरद्वारा आफूले नेपाल र नेपाली संस्कृतिमा आधारित चित्रकलाको प्रदर्शन र व्याख्या गरिएको थियो भने नाटककार आशष मल्लद्वारा लिखित, सहदेब पौडेलद्वारा निर्देशित नाटक "अस्तित्व" को मन्चन गरिएको थियो।
Drama "Astitwa" by Ashesh Malla and directed by Sahadev Poudel. Photos: eEyeCam.com
Safira Subedi and Shruti Tuladhar with thier painting. Photos: eEyeCam.com
बाल कलाकारहरु जस्टिन शर्मा, सदिक्षा भट्टराई, कृपा बानिया, बिदुशी घिमिरे, सेनका प्रधान, अंकिता केसी, सुशोभित खड्का, दिबाक्षु घिमिरे, मलिपा राजभण्डारी, बिभुशा बिष्ट, बिबेश सुब्बा, तिङ्गल थापा, निलिमा श्रेष्ठ र मेघा तिवारीले नाटकमा अभिनय गरेका थिए। कुन्ती थापाले नाटकमा आमाको भूमिका निभाएकी थिईन्। कार्यक्रम अन्जली रोकाले सन्चालन गरेकी थिईन्।

नाट्य काब्यशाला गोस्टी

नाटककारद्वय अशेष मल्ल र कृष्ण शाहयात्रीले नेपाली नाटकको बर्तमान अवस्थाबारे प्रकाश गर्दै नाटक लेखन र मन्चनबारे प्रयोगात्मक कार्यशाला सन्चालन गरेका थिए। कार्यक्रम सहदेब पौडेलले सन्चालन गरेका थिए।
पुस्तक प्रदर्शनी
उक्त सम्मेलनमा बिभिन्न नेपाली लेखकहरुका ११७ कृतिहरुको प्रदर्शनी गरिएको थियो।
The book exhibition at the convention.
समापन समारोह: १० बूँदे न्यू योर्क घोषणा पत्र जारी

सम्मेलनको समापन समारोहमा १० बूँदे न्यू योर्क घोषणा पत्र जारी गरिएको थियो ।

समापन समारोहलाई नेपाली अबैतनिक महाबाणिज्यदूत प्रेमराजा महत, डा. बिष्णुमाया परियार, साहित्यकार प्रकाश नेपाल र इन्जिनियर कपिल पौडेलले सम्बोधन गरेका थिए। कार्यक्रम निलम कार्की निहारिकाले सन्चालन गरेकी थिईन्।
The guests and the organizers at the convention. Photos: eEyeCam.com

समापन समारोहमा 'प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन' को १० बूँदे न्यू योर्क घोषणा पत्र जारी गरिएको थियो। न्यू योर्क घोषणा पत्र तयारी समितिमा डा. सरोज कोईराला, गुह्यनाथ पौडेल, सोमनाथ घिमिरे र सुनिता शर्मा थिए।

प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन
न्यू योर्क घोषणा पत्र

मार्च १-२, २०१४

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा मार्च १, २ २०१४ मा न्यू योर्कमा भएको  "प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन" देहाय बमोजिमको १० बूँदे घोषणा पत्र जारी गर्दै सफलतासाथ सुसम्पन्न भयो:

१. नेपाली महिलाहरुको साहित्य, संगित र कला क्षेत्रमा श्रीजनात्मक क्षमता अभिब्रिद्दी गर्न अनेसासका सबै च्याप्टरहरुलाई अग्रसर गराउने।

२. नेपाल बाहिर रहेर नेपाली साहित्य, संगित र कला क्षेत्रमा श्रीजनात्मक कार्य गरिरहेका महिलाहरुको अभिलेख तयार गर्ने।

३. विश्वका बिभिन्न भागमा छरिएर रहेका नेपाली महिला साहित्यकार, कलाकार एबं संगितकर्मीहरुबीच भगीनी सम्बन्ध स्थापित गर्न संस्थागत अग्रसरता लिने।

४. नेपाल बाहिर रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न र नेपाली साहित्य, कला र संगितप्रति अनुराग जगाउन योजनाबद्द थालनीकालागि अनेसास र अन्य संघसंस्थाहरुसंग छलफल चलाऊने र अग्रसरता लिने।

५. नेपाली महिला साहित्यकारका उत्कृष्ट कृतिहरु छानौट गरी अंग्रेजीलगायत बिभिन्न भाषामा अनुवाद गरी विश्वब्यापी बनाउने अभियानको थालनी गर्ने।

६. विश्वका चर्चित महिला साहित्यकारका उत्कृष्ट कृतिहरुको छनौट गरी नेपाली भाषामा अनुवाद गर्ने र गराउने र नेपाली पाठकहरुबीच पुर्‍याउने।

७. कम्तिमा ३, ३ बर्षमा नेपाली महिला सर्जकहरुको सम्मेलन गराउने र त्यसमा बिभिन्न भाषा भाषिका सर्जकहरुलाई सहभागी गराउने।

८. साहित्यिक संस्थाहरुमा महिलाहरुको नेत्रित्वदायी भूमिका गराउन प्रोत्साहित गर्ने।

९. महिला साहित्यकारहरुलाई पुरस्क्रित गर्न कोशको बिकास गर्ने।

१०. महिला साहित्यकारहरुका कृतिमाथि अध्ययन, अनुसन्धान र समालोचना गराउन प्रोत्साहित गर्ने।

साँस्कृतिक साँझ

सम्मलेनको मैझारोकोरुपमा बसन्त डान्स सेन्टर, न्यू योर्कका कोरियोग्राफर बिजयमान नकर्मीद्वारा निर्देशित न्रित्यहरुको प्रस्तुती रहेको थियो।

Singers Mira Rana and Prakash Nepal. Photos: eEyeCam.com
न्रित्यतर्फ जारा प्रसाई, सिम्रन अधिकारी, मीरा गुरुङ र सालीना श्रेष्ठ र य शोदा खालिङ राईको प्रस्तुती रहेको थियो भने गीततर्फ बिमल डाँगी, बिकास बिष्ट, मीरा राणा, प्रकाश नेपाल, पविता परियार, रिया मैनाली, जाईना मैनाली, तिलक श्रेष्ठ, अन्जना गुरुङ र उन्नती बोहोरा शीलाको प्रस्तुती रहेको थियो।  कार्यक्रम स्वेच्छा बरालले सन्चालन गरेकी थिईन्।
उक्त सम्मलेनको युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

एतिहसिक सम्मेलन
प्रवासमा अनेसासद्वारा मन्चित 'प्रथम अन्तरराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन' नेपाली डायस्पोरा साहित्यमा एउटा "माईल्स्टोन" हो भन्दा अतियुक्त हुनेछैन। यस्तो सम्मेलनको आयोजना गर्नु आफैमा एक एतिहासिक र दुरुह कार्य थियो तर न्यू योर्क शहरकै निवासी अनेसास केन्द्रिय अध्यक्ष गीता खत्री र न्यू योर्कका नेपाली महिला साहित्यकारहरुको अथक प्रयासबाट यो दुई दिने सम्मेलन सफलतापूर्वक सम्पन्न हुन सक्यो। सम्मेलनकि मुख्य संयोजक बन्दना कोइीराला (न्यू योर्क), सदस्यहरु: सुनिता शर्मा (न्यू योर्क), परिता राजभण्डारी (न्यू योर्क), शान्ता घिमिरे (न्यू जर्सी), मैया दाहाल (न्यू योर्क), गीता पन्थ (न्यू योर्क), पुनम काफ्ले (न्यू जर्सी), मिठ्ठु थापा (न्यू योर्क) र ज्योति पौडेल (न्यू योर्क) धन्यवादका पात्र बनेकाछन्।

-Pradeep Thapa Magar in New York. USNepalonline.

 
Zara Prasai and Simran Adhikari.
NAM Miss American Pre-Teen New York 2013 Shalina Shrestha. Photos: eEyeCam.com
 
Actress Meera Gurung and Yashoda Khaling Rai. Photos: eEyeCam.com
Anu Shrestha Onta. Photos: eEyeCam.com
 
Singers Pabita Pariyar and Tilak Shrestha. Photos: eEyeCam.com
 
Singers Narbahadur Dahal and Bimal Dangi. Photos: eEyeCam.com
 
Singers Anjana Gurung, Riya Mainali and Zaina Mainali. Photos: eEyeCam.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक