20140330

झण्डै ११ सय उच्च पदस्थ अधिकारीहरुसँग विदेशको ग्रिनकार्ड (पीआर) रहेको पाईयो !

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति प्रशासनमा कार्यरत झण्डै ११ सय उच्च पदस्थ अधिकारीहरुसँग विदेशको ग्रिनकार्ड (पीआर) रहेको पाईएको खुलासा गरेका छन । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले सबै मन्त्रालयहरुबाट अहिले त्यस्ता कर्मचारीहरुको नामावली संकलनको काम चलिरहेको भन्दै विदेश स्थित नेपाली दुतावास मार्फत पीआर र ग्रिन कार्ड लिएका नेपालीहरुको नाम मगाएर त्यसबाट समेत छानविन गर्ने तयारी भईरहेको जानकारी दिए । साक्षात्कारमा उनले भने– 'विदेश भ्रमणमा जाने कर्मचारीहरुलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमै कस्तो किसिमका भीषा र पासपोर्ट लिएर जान्छन चेक गरेर धेरै समयको भीष र ग्रिनकार्ड भेटे हनुमान ढोकामा पुर्याएर कारवाही गर्छु ।' उनले यस्ता कर्मचारीलाई कारवाही गर्ने र कारवाहीको ब्यवस्था गर्न निजामित ऐन संसोधन गर्न मन्त्री परिषदबाट समेत सहमति लिईसकेको जानकारी दिदै बढुवा भईसकेका कर्मचारीहरुलाई पनि सोही अनुसार कारवाही गर्ने बताए । मन्त्री पण्डितले नेपालका कर्मचारीहरु डिभी पर्यो कि परेन, ग्रिनकार्ड कहिले आउँछ भन्ने कुरामा मात्र चिन्तित पाएको उल्लेख गर्दै यस्ता कर्मचारीले नेपाल बनाउन नसक्ने धारणा राखे । उनले भने–'डिभिको सपना देख्नेले नेपाल बनाउँन सक्दैन । नेपाल बनाउँन सपनामा पनि नेपाल नै देख्नु पर्छ ।' कर्मचारी प्रशासनलाई जनताप्रति उत्तरदायी र अनुशासित र सुदृढ नबनाई नेपालको विकास सम्भव नभएको तर्क गर्दै आफूले थालेको सुधारको अभियानमा कसैले बाधा गरे त्यो कारवाहीको भागीदारी बन्ने चेतावनी दिए । सरुवा, बढुवा र पदस्थापनाका लागि आफुसँग सोर्स लगाउन कसैलाई पनि नआउन सुझाव दिदै मन्त्री पण्डितले अहिले सरुवा बढुवा र पदस्थापनाका लागि बहालबाला मन्त्री, गैर नेपाली र कर्मचारी प्रशासनको दवाव आएको
खुलासा गरे । उनले भने–'धेरै दवाव आउँदो रहेछ तर म छानविन नगरी हस्तक्षर गर्दिन । ग्रिन कार्ड र पीआर भएकाको छानविन गरेर यस पटक मैले त्यस्ताको सरुवा बढुवामा हस्ताक्षर नै गरिन । राष्ट्र सेवकले सपना र विपनामा नेपाल देख्दै पर्छ नभए उनीहरुलाई म पदच्यूत गरिदिन्छु ।' उनले यस्ता नेपाल विरोधी कर्मचारी र प्रथालाई खरानी बनाउने चेतावनी दिदै त्यसो गर्न नसके आफै खरानी भएको ठहर सहित नतमस्तक हुने समेत स्पष्ट पारे । आफू पनि ट्रेड यूनियनको राजनीति गरेर आएको मान्छे भएकोले ट्रेड यूनियनहरुलाई आफ्नो जिम्मेवारी र सीमा बुझेर गतिविधी गर्न सुझाव दिदै अन्यथा कानून विपरित दवाव दिदै हिड्ने ट्रेड यूनियनका पदाधिकारीहरुलाई पनि कारवाही गर्ने चेतावनी दिए । केही विदेशको नागरिकता भएका सहसचिव र सचिवहरुको बढुवा लोकसेवाको प्रक्रियाबाट भएको र केही आफूले थाहाँ नपाई भएको उल्लेख गर्दै त्यसलाई पनि छिट्टै कारवाहीको दायरमा ल्याउने स्पष्ट पारे । एनआरएनलाई सबै सुविधाहरु दिए पनि दोहोर नागरिकता भने दिनै नसकिने स्पष्ट पार्दै मन्त्री पण्डितले दोहोरो नागरिकता दिएल नेपाली सेनामा जागिर खाएर बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामाको विषयमा समेत सरकारले वाईहातमा आठ करोड रुपैया खर्च गरेको बताए । उनले भने–'पहिला नै यो कुरा सोचेको भए राज्यको आठ करोड बर्बाद हुने थिएन ।' मन्त्री पण्डितले समान्य प्रशासनमा रहेको विकृति, विसंगति, आरोप र प्रत्यरोपको फोहोरको डुंगुर हटाएर परिवर्तन गर्न आफू केन्द्रीत रहेको भन्दै त्यसमा सहयोग गर्न आब्हान समेत गरे । उनले एक प्रधानन्यायाधिसले जागिर पेन्सन हुने वित्तिकै अमेरिका बस्ने भनि योजना बनाएको र एक सभामुखले काठमाडौ विमानस्थलमा त ओर्लिनै मन लाग्दैन भनेर आफूसँग भनेको स्मरण गर्दै यस्ता मनस्थितिका मानिस हुन्जेलसम्म नेपालको विकास र उन्नती हुनै नसक्ने ठोकुवा गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक