20140401

वैद्यले भने "सोझा कार्यकर्तालाई होइन हिम्मत भए प्रचण्ड, बाबुराम र मलाई जेल हालेर देखाउ"

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र एमाओवादीका नेता डा. बाबुराम भट्टराईले द्वन्द्वकालका मुद्दा नब्यूँताउन चेतावनी दिएका छन् । दुई छुट्टाछुट्टै कार्यक्रममा नेताद्वयले जर्बजस्ती द्वन्द्वकालका मुद्दा उठाएर शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भइरहेको बताए । दैलेखमा पत्रकारसँग कुरा गर्दै
नेकपा–माओवादीका अध्यक्ष वैद्यले न्याय दिलाउने नाममा द्वन्द्ववकालिन मुद्दा नउठाउन चेतावनी दिए । ‘कानुनी र राजनीतिक मूल्य मान्यता तोड्दै मुलकमा संसदीय फाँसीवाद लागू गर्ने काम भएको छ’ वैद्यले भने, सोझा कार्यकर्तालाई होइन हिम्मत भए प्रचण्ड, बाबुराम र मलाई जेल हालेर देखाउ ।’ उनले अन्तर्राष्ट्रिय समुदायलाई समेत निष्पक्ष भएर काम गर्न सुझाए । ‘न्याय सबैलाई हुनुपर्छ । माओवादीलाई मात्र छानीछानी थुन्नु हुँदैंन ।’ दुई माओवादी बिच तत्काल एकता सम्भव नरहेको उनले बताए । वैद्य माओवादीको प्रथम जिल्ला सम्मेलन उदघाटनका लागि दैलेख पुगेका हुन् । यस्तै एमाओवादीका नेता भट्टराईले द्वन्द्वकालका सबै मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्ने बताए । त्यसमार्फत टुङ्गो नलगाउने भए आफूविरुद्ध मुद्दा चलाउन भट्टराईले चुनौती दिए । ‘द्वन्द्वकालकालका घटना सत्यनिरुपण तथा मेल मिलाप आयोगमार्फत टुंगो लगाउने बृहत शान्ति सम्झौतामा उल्लेख छ’ उनले भने, ‘शान्ति सम्झौता पालना प्रति यो सरकार प्रतिबद्ध छ कि छैन ? त्यसअनुसार नगर्ने हो भने म माथि मुद्दा चलाउनुस् ।’ गोरखा फुजेलका कृष्ण अधिकारीको हत्याको अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भिमसेन पौडेललाई रिहा गर्न दबाब दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवन अगाडि आयोजित विरोध सभालाई संबोधन गर्दै उनले तत्कालिन माओवादीको जनसरकार प्रमुखको हैसियतले सबै घटनाको जिम्मेवारी आफूले लिन तयार रहेको बताए । पक्राउ परेका व्यक्तिलाई रिहा गर्न आफूले आग्रह गरिसकेका बताउँदै भट्टराईले रिहा नभए घटनाले अर्को रुप लिने चेतावनी दिए। पूर्व प्रधानमन्त्रीसमेत रहेका भटटराईले पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय पुगेर भेटघाट पनि गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक