(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140429

बामदेब गौतम ज्यू यो त अली बढी नै लाचारी भएन र भन्या ??!!

उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले हत्या आरोपमा सर्वश्ससहित जन्मकैद सुनाइएका ओखलढुंगाका एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेल अहिलेसम्म फेला नपरेको बताए !
उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले हत्या आरोपमा सर्वश्ससहित जन्मकैद सुनाइएका ओखलढुंगाका एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेल अहिलेसम्म फेला नपरेको बताएका छन् । पूर्वसभासद ढुंगेल राजधानीमा खुल्लेआम हिडिरहे पनि गृहमन्त्रीले भने लाचारीपन देखाए । ‘बालकृष्ण ढुंगेलमाथि सरकार र प्रहरीको दृष्टि नपुगेकै हो’, रिपोटर्स क्लव नेपालद्वारा मंगलवार आयोजित साक्षात्कार कार्यक्रममा गृहमन्त्री गौतमले भने, ‘जहिलेदेखि राज्यले पक्राउ गर्ने तदारुकता देखायो, त्यसबेला देखी उनी राज्यको पहूँचबाहिर छन् ।’ सत्य निरुपण तथा मेलमिलापविधेयकपास भइसकेकाले विपक्षीसँगको भागबण्डाका आधारमा बालकृष्णलाई पक्राउ नगर्ने सोच हो कि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यस्तो होइन । हामीले पक्राउ गर्न खोज्दा उनी फेला नपरेका हुन । उनलाई फेलापार्न सकिएको छैन ।’ उनले फेला परेमा कानुन बमोजिमको कार्वाही गरिने पनि बताए । केही दिन अघि काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले ढुंगेल आफ्नो अग्निपरिक्षा भएको बताएका थिए । तर, उनले पनि पक्राउ गर्ने विषयमा खासै चासो नदेखाएको पीडित परिवारको भनाइ छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक