20140715

पासा पल्टियो, माधव नेपाल लाई हराउँदै केपी ओलीले जिते एमाले अध्यक्ष को पद ! हार स्वीकार गर्दै माधव ले दिए बधाई र धन्यवाद ! झलनाथ भन्छन "मलाई यो परिणाम आउँछ भन्ने पाहिलै थाहा थियो, म खुशी छु" , एमालेको सबैभन्दा लोकप्रिय नेता गोकर्ण विष्ट

मितिः ३१ असार, २०७१
हार्दिक बधाई तथा शुभकामना !
नेकपा (एमाले)को नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु । उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु । जनताको बहुदलिय जनवादको
भावना अनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ ।
नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा (एमाले)थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु–स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ । उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु ।
महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. के.पी. शर्मा ओली सहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।

माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता
नेकपा (एमाले)
**************************************************
नेकपा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले अहिलेको निर्वाचन परिणाम आफूले सोचे जस्तै आएको खुलासा गरेका छन् । केपी ओलीले औपचारिक रुपमा आफूलाइ बिस्थापित गरेपछि मतगणनास्थलबाट बाहिरिएका खनालले यस्तो परिणाम आउछ भन्ने आफूले पहिलेनै आँकलन गरेको बताए ।
‘म यो परिणामबाट अत्यन्त खुसी छु, कार्यकर्ताको भावना बुझ्दा पनि यहि परिणाम आउछ भन्ने मलाई लागिसकेको थियो’ पत्रकारहरुसँग कुरा गर्दै खनालले भने ‘पदाधिकारीमा जसरी कार्यकर्ताले दुवै पक्षलाई मिलाएर जिताएका छन् यसले एमाले अझ एकताबद्ध भएर अघि बढ्छ भन्ने सन्देश दिएको छ’ ।
निवर्तमान अध्यक्षबाट स्वतः बरिष्ठ नेता बनेका खनालले पदाधिकारीको परिणामले एमाले एकताबद्ध रहेको र आगामी दिनमा अझ एक भएर अघि बढ्छ भन्ने देखाएको बताए । ‘नेताहरु दुई गुटमा बिभाजित भए पनि कार्यकर्ताले पार्टी एकढिक्का राख्न चाहे, यसबाट म सबैभन्दा खुसी छु’ खनालले भने ‘ खनालले भने ‘ अब प्यानलहरु बिघटन हुनेछन् र एमाले अझ बढि एकताबद्ध हुनेछ’ ।
खनालले बरिष्ठ नेताको हैसियतमा एमालेलाई अझ बढि एकताबद्ध बनाउन र गुटबन्दी बिघटन गर्न आफ्नो भूमिका रहने बताए । ‘म चार पटकसम्म यो पार्टीको नेतृत्व गरेको मान्छे हुँ मलाई मेरा कार्यकर्ता के चाहान्छन् भन्ने थाहा थियो, आज उनीहरुले मलाई सही प्रमाणित गरेका छन्’ खनालले प्रफुल्ल मुद्रामा भने ।

नेकपा एमालेको पदाधिकारीमा सबैभन्दा लोकप्रिय नेताका रूपमा सचिवका उम्मेद्वार गोकर्ण विष्ट देखा परेका छन् । वामदेव गाैतमसमेत बढी मत ल्याउनेमा ‘टफ फाइभ’ मा परेका छन् ।Gokarna Bista
पदाधिकारीमा आधा-आधा
अध्यक्षमा केपी ओलीले जिते पनि पदाधिकारीमा भने नेपाल पक्षका आधा उम्मेदवारले जितेका छन् । अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र दुई सचिव ओली प्यानलका जितेका छन् भने तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिवमा नेपाल प्यानलका विजयी भएका छन् । लोकप्रिय मत ल्याउने विष्ट माधव नेपाल प्यानलका हुन् ।
ओली प्यानलबाट उपाध्यक्षमा वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र दुई सचिवमा प्रदीप ज्ञवाली तथा पृथ्वीसुब्बा गुरुङले विजय हासिल गरेका छन् ।
नेपाल प्यानलबाट उपाध्यक्षहरु भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले जितेका छन् । त्यस्तै उपमहासचिवमा घनश्याम भुसाल र तीन सचिव योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट नेपाल प्यानलबाट विजयी भएका छन् ।
ओली पक्षका चर्चित युवा नेता शंकर पोखरेलले सचिवमा जित्न सकेनन् । त्यस्तै वैचारिक नेता रघुजी पन्त उपमहासचिवमा पराजित बनेका छन् ।
 क-कसले पाए बढी मत ?
विजयी गोकर्ण विष्टले पदाधिकारीहरुमध्ये सबैभन्दा बढी मत पाएका छन् । उनले कूल मतको करीव ५५ प्रतिशत अर्थात १२७० मत पाएका छन् भने दोस्रो लोकपि्रय मत अर्का सचिव प्रदीप ज्ञवालीले (११५५) पाएका छन् । उनीहरु दुबै गुल्मी जिल्लाका हुन् । दुबै नेता फरक प्यानलबाट उम्मेदवार बनेका थिए ।
तेस्रो लोकप्रिय मत माधव प्यानलका उपाध्यक्ष भीम रावलले (११४३) पाएका छन् भने चौथो लोकपि्रय मत वामदेव गौतमले (११२४) मत पाएका छ्न । पाँचौमा  उपाध्यक्ष विद्या भण्डारीले ११०० मत पाएकी छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक