20140720

दिवा भोजमा ओली र नेपाल दुवै पक्षका नेताको उपस्थिति, माघ ८ गतेभित्र संविधान जारी हुने र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्‍ने रे !

एमाले अध्यक्ष केपी ओलीले नवौं महाधिवेशन पुर्व नेताहरुबीच घोचपेच भएको स्विकार गरेका छन् । आइतवार एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यहरु तथा सभासदहरुका लागि आइतबार आयोजित सामूहिक भोजन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटै खाटमा सुत्दा हुने घच्चापच्चलाई सम्झिएर विर्सन आग्रह गरे । उनले महाधिवेशनपछि एमालेमा गुटगत विभाजन आउने कुरालाई नेताहरुले गलत सावित गरेको उल्लेख गर्दै ओलीले अहिलेको एकतालाई एउटै खाटमा सुतेको प्रमाणका रुपमा व्याख्या गरे । ओलीले शासकीय अव्यवस्थापनका कारण नेपालमा गरिबी र पछौटेपन कायम रहेको भन्दै समृद्ध नेपाल निर्माणका लागि लाग्न पार्टी केन्द्रीय सदस्य र सभासद्हरुलाई आग्रह गरे । उनले शासकीय अवस्थाका कारण यस्तो अवस्था उत्पन्न भएको जनाउँदै परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तोकिएको समयमा लोकतान्त्रिक संविधान निर्माणका लागि सक्रिय हुन पनि आग्रह गरे । अध्यक्षको तर्फबाट आयोजित दिवा भोजमा ओली र नेपाल दुवै पक्षका नेताको
उपस्थिति थियो ।
कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले आगामी माघ ८ गतेभित्र संविधान जारी हुने र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्‍ने बताएका छन्। एमालेको हालै सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओली पार्टी संसदीय दलका नेता पनि हुन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री पराजुलीले भने, ‘माघ ८ मा संविधान जारी हुन्छ। कमरेड केपी ओली पार्टी अध्यक्ष र संसदीय दलको नेता पनि हुनुहुन्छ। माघ ८ गते संविधान जारी भएपछि बन्ने सरकारको नेतृत्व उहाँले गर्नुहुनेछ।’ उनले त्यति बेलासम्म वर्तमान सरकार कायमै रहने बताए।
मन्त्री पराजुलीले सरकारले चालू आवका लागि किसानमुखी बजेट ल्याएको बताए। उनले भने, ‘यो बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुनेछ। यो बजेट कृषि क्रान्ति सम्पन्न गर्नका लागि कोसढुंगा साबित हुनेछ।’ उनले कृषि क्षेत्र मुलुकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार भएको बताए।
मुलुक पुँजीवादमा रहेकाले अब कृषिसहित सबै क्षेत्रको विकास गरेर समाजवादमा पुग्नुपर्ने भन्दै उनले कृषि क्षेत्रको समस्या पहिचान गरेर त्यसको समाधानका उपाय अवलम्बन गरेको बताए।
सीमान्तकृत जातिलाई विशेष अनुदान, किसान परिचयपत्र बनाएर वास्तविक किसानलाई अनुदान र ब्याज छुट दिने, आधुनिकीकरण र यान्त्रीकरणका लागि भन्सारमा छुट दिनेलगायतका व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री पराजुलीले यसले कृषि क्रान्ति ल्याउने दाबी गरे। उनले हलिया, कमैया, सुकुमबासी र हरुवाचरु वालाई कृषिमा पूर्ण निर्भरता नबनाएसम्म कृषिको विकास र प्रवर्द्धन नहुने बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक