20140816

"नेपाल र नेपाली" भनेर को किन रुन्छ !

- रामप्रसाद खनाल, भर्जिनिया अमेरिका  
अाजकल
बाहुनको बाहुन समाज 
छेत्रीको छेत्री समाज
मगरको मगर
समाज
गुरुङको गुरुङ समाज
नेवारको कुरै बेग्लै
त्यही भित्रै पनि उपल्लो र तल्लो जात रे
एकले छोएको अर्को लाई चल्दैन भात रे
नेवा खल, के के खल, खलै खल
जातियताका नाममा छँदैछ छल
दलितको कहानी झनै रुवाउनी
कामी सार्की सुनार भन्दै
त्यही भित्रै पनि माथिल्लो र तल्लो जात गन्दै
दाजुभाइ बिभक्त छन
पहाडमा बस्ने पहाडीया
रुचौंदैनन मधेश बासिहरु
मधेश मा बस्ने मधेशी
रुचाउन चाहन्नन पहाड बासिहरु
हिमालका कुरा बेग्लै छन
नेपाल आमा सारा समस्या झेल्दैछन
विश्व मानचित्रमा देखिने एउटा सानो नेपाल
आज झन खण्डित हुँदैछ
मन फाटेका छन
सिलाउन नसकिने गरी
त्यसैलाइ पनि फुटाउनुपर्छ भन्छन
हाम्रा नेता भनाउँदाहरु घरि घरि
एउटा राजा नागार्जुन जँगल छिरे
सयौँ छोंटे राजाले सिँहदरबार भिरे
नयाँ नेपाल त बनायौँ
लोकतन्त्र गणतन्त्र पनि भनायौं
शान्ती र संबिधानका नाममा
हामी गन्हाउनु सम्म गन्हायौँ
नेपालमा त्यस्तै भयो भयो
देश बिदेश आएपछी पनि
फेरी त्यही काङ्रेस, त्यही एमाले, त्यही माओवादी
त्यही रा.प्र.पा, त्यही थाप्रपा
तिनै मधेशी र अन्य दललाई जिन्दाबाद भनेकै छौं
उनिहरुको पुच्छर पनि बनेकै छौं 

गाउँ टोल नगर शहर जिल्ला किल्ला
सबैतिरका नाममा संगठन खुलेकै छन
पदका लागि दाजुभाइ जता पनि डुलेकै
छन
 भ्रस्ट नेता आउँदा अगाडि पछाडि कुंदेकै छन
जो आयो उसैको बनेकै
छौं
"हजुर मत तपाईंकै मान्छे हो नि" भनेकै
छौं 
 जात जाती भाषाभासीको गोटी बनेकैछौं
हिमाल पहाड तराइ, कोही छैन पराइ
मुखमा राम राम बगलिमा छुरा !
हामी नेपालीका बुझी नसक्नुछन कुरा !
भिख माग्न जानेकै छौं
उत्तर दक्षिणका निर्देशन मानेकैछौं
रोगी प्रधानमन्त्री, पार्टीका नेता पालेकै छौं
उपचार गर्न भन्दै करोडौं रुपैयाँ बिदेश तिर फालेकै छौं
बिजुलीका लाइन मुनी टुकी बालेकै छौं
युबा शक्ती र क्षमता बिदेश तिर गालेकै छौं
देशको नक्सा अझै बाँकी छ, 
देशको नक्सा अझै बाँकी छ !
 चिन्ता नलेउ राष्ट्रनिर्माता, महेन्द्र, बीरेन्द्र
 ढुक्क होउ बिपी, पुष्पलाल
मदन, आश्रित, गणेशमान, कृष्ण प्रसाद, मनमोहनहरु
आराम सँग स्वर्ग बास भैरहे हुन्छ
यो गणतान्त्रिक युग हो
"नेपाल र नेपाली" मात्र भनेर को किन रुन्छ ??!!
नयाँ नेपाल हो हेर्दै जाउ अझै के के हुन्छ ??!!  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक