20140829

मन्त्रिपरिषद्को बैठकले २६ सभासदमध्ये १८ जना मनोनित ! दलिय भागबन्डा बाहेक अरु कुरै छैन ! भागबन्डा गर्ने मनसायले बनेको थियो यो २६ सभासद को नियुक्ती प्राबधान ??!!

सरकारले कांग्रेस, एमाले राप्रपा नेपालको भागमा परेको १८ सभासद मनोनित गरेको छ । मन्त्रिपरिषद्को केहीबेरअघि बसेको बैठकले २६ सभासदमध्ये १८ जना मनोनित गरेको हो । केही दलको विरोध भएको र संसदमा प्रश्न उठेको भन्दै एकीकृत नेकपा माओवादीले भने नाम बुझाएको छैन । सभासदमा मनोनित हुनेमा कांग्रेसका तर्फबाट पूर्व सभासद राधेश्याम अधिकारी, शिव खड्का, पुष्कर आचार्य, रेशम बानिया, सुकदेव सुतिहार, रुक्मिणी कोइराला, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङटा छन् । एमालेका तर्फबाट उदय नेपाली, अग्नि खरेल, गंगा डाागी, मिरा धुजु, पेम्बा भोटे,नरेश खरेल, डा. राजन भट्टराई , वर्तमान निधा छन् । राप्रपा नेपालको कोटाबाट एन्फा अध्यक्ष गणेश थापा सभासद भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक