20140815

मोदीले भारतीय स्वतन्त्रता दिबसका अबसरमा नेपालको समेत सन्दर्भ उठाउँदै यसरी दिए अलिखित भासण, भारतमा पनि यो भासणले जादु गर्‍यो, चारैतिर वाह वाही !


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिवसमा भारतीयलाई पनि नेपालीबाट सिक्न आग्रह गरेका छन्। भारतको ६८ औं स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन व्यक्त गर्ने क्रममा उनले नेपालले जस्तै भारत ‘आन्तरिक द्वन्द्वलाई सहजै सुल्झाउन सकिने मामलामा विश्व समुदायले सिक्न सक्ने’ भन्दै नेपालको शान्ति प्रकृयाको खुलेर प्रशंसा गरेका छन्। उनले आफ्नो सम्बोधनमा शस्त्र छाडेर शास्त्रको बाटोमा
हिड्नका लागि नेपालका माओवादीले विश्वलाई सन्देश दिएको भन्दै भारतका माओवादीलाई पनि नेपाली माओवादीबाट सिक्न आग्रह गरेका थिए। लालकिल्लामा आयोजित एक भब्य समारोहमाझ मोदीले ‘बुद्धभूमी नेपाल’को सम्बोधनसँगै युद्धबाट बुद्ध र शस्त्रबाट शाश्त्रमा रुपान्तरित राजनीतिक दलको सन्दर्भ उल्लेख गरेका थिए। ‘भगवान बुद्धको भूमी नेपालले आन्तरिक द्वन्द्वलाई सुल्झाउनमा पाएको सफलतालाई भारतले पनि सिक्न सक्नुपर्छ,’मोदीले आफ्नो सम्बोधनमा भनेका थिए। मोदीको सम्बोधन विश्वभरका करीब ५ अर्ब मान्छेले प्रत्यक्ष हेरेका थिए। मोदीले भारतमा पछिल्लो समयमा आउने गरेका बलात्कारका समाचारले भारतकै बेइज्जत गरेको धारणा राखेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिएको सन्देशमा उनले यस्ता समाचारले भारतको ठूलो मानमर्दन गर्नेमात्र नभई यसले हामी भारतीय नागरिकको शिर निहुराउने बताएका हुन्। प्रधानमन्त्री मोदीले भने, 'जब हामीले ती समाचारहरु सञ्चारमाध्यममा सुन्छौँ तब हामीलाई यसले नतमस्तक बनाउछ, यसले हाम्रो शिर निहुराउँछ।' उनले भारतीय आमाबुबाहरुलाई पनि आफ्ना छोराहरुको व्यवहार परिवर्तन गर्ने काममा ध्यान दिन पनि जोड दिएका थिए। हामीले राष्ट्रिय चरित्रमा परिवर्तन गर्नुपर्नेमा जोडदिँदै भने, 'हामीले आ आफ्ना र राष्ट्रिय चरित्रमा परिवर्तन गर्नुपर्छ साथसाथै नागरिकका आम व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ। बलात्कारीलाई कानुनले गर्ने कारबाही त छँदैछ तरपनि आफ्ना सन्तानलाई आमाबुबाहरुले पनि नैतिकता र चरित्रका बारेमा आ–आफ्ना सन्तानलाई पनि सिकाउनुपर्छ– उनले भने। शुक्रबार भारतको ६८ औँ स्वतन्त्रता दिवस हो। सन् १९४७ को अगष्ट १५ मा भारतबाट बेलायती शासक हटेपछि सोही दिनलाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउने गरेको छ। उनले भारतीय नागरिकको जीवनस्तर सुधारका लागि आफ्नो सरकारले नयाँ रुप र शैलीमा काम थाल्ने पनि बताएका थिए। नवनियुक्त प्रधानमन्त्री मोदीले स्वतन्त्रता दिवसका अवसरमा दिएको यो पहिलो सन्देश हो। उनले सोही सन्देशमा भारतीय नागरिकलाई स्वार्थी मनोवृत्ति त्यागेर देश र जनताका लागि निस्वार्थ रुपमा कामगर्न पनि आग्रह गरेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक