(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140901

खरो बोल्ने र कडा मिजासका कटवालले पछिल्लो समय आफ्नो आत्मकथा मार्फत आफ्नै कारण देशमा अधिनायकवाद नआएको र नेपाली सेना बचाएको दावी गर्नुभएको छ !


‘जनरल नेभर रिटायर्स’ सैनिक अधिकारीहरुले भन्ने गरे झैं नेपाली सेनाका पूर्व प्रधान सेनापति रुकमाङ्गद कटवालले पनि आफू रिटायर्ड भएको छनक दिएका छैनन् । कटवाल कहिले माओवादी लडाकुको सेनामा समायोजन, कहिले हिन्दुराज्य त कहिले राजसंस्था त कहिले चर्को राजनीतिक टिप्मणीका कारण बिबादमा परिरहनु हुन्छ । खरो बोल्ने र कडा मिजासका कटवालले पछिल्लो समय आफ्नो आत्मकथा मार्फत आफ्नै कारण देशमा अधिनायकवाद नआएको र नेपाली सेना बचाएको दावी गर्नुभएको छ । उहाँका सहकर्मी तथा राजनीतिक उच्च तह का केही नेताहरुले उहाँको पुस्तकवारे प्रतिक्रिया दिइसकेका छन । आत्मकथामा अक्सर आफूलाई नै केन्द्रविन्दुमा राखेर लेखिने हुनाले लेखक स्वयं नायककै रुपमा प्रस्तुत हुने गर्छन । आत्मकथामा लेखक इमान्दार नबन्दा उनीहरुका दुर्वल पक्ष कमै मात्र आउंछन् । उहाँको आत्मकथामा के कति सत्य वा बढाई चढाई गरिएको छ ?  उहाँकै मुखबाट ! - दिलभुसण पाठक 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक