20140902

हेर्दै जानुस् माओवादीहरुले संबिधान बन्न दिने छैनन, काङ्रेस एमाले उनिहरुका अगाडि सधैं लुते कुकुर जस्तो किन बन्छन कुन्नी ??

संविधानका अन्तरवस्तुमा सहमति जुटाउने भन्दै बसेका तीन दलका नेताहरको बैठक बिना निष्कर्ष सकिएको छ । कति वटा प्रदेश बनाउने, प्रदेश बनाउँदा केलाई आधार मान्ने, राष्ट्रपति र प्रधानमन्त्रीमध्ये कसलाई मुलुकको कार्यकारी प्रमुख बनाउने र कार्यकारी प्रमुखको चयन कसरी गर्ने विषयमा कांग्रेस एमाले र एमाओवादीका अलग अलग अडान रहेका कारण सहमति हुन नसकेको हो । संवैधानिक राजनीतिक संवाद
तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संघीयता र राज्यको शासकीय स्वरुपका विषयमा छलफलका लागि मंगलबार विहान प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक डाकेकामा तीन दलका नेताले दलीय धारणा प्रस्तुत गरे । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले दलीय धारणा प्रस्तुत गर्नमा नै दुई घण्टा विताएका कारण बैठक निष्कर्षमा पुग्न सकेन । बैठकमा निर्धारित समयभन्दा आधा घण्टा ढिलो पुगेपनि नेताहरुले समयमै सहमति गर्नु पर्ने अडान भने राखे । उनीहरुले कार्यतालिका अनुसार भदौ २१ गतेभित्रै सहमतिमा नभए नागरिकमा नकारात्मक सन्देश जाने भन्दै उनीहरुले तोकिएकै समयमा सहमति गर्नु पर्ने बताए । तर सहमतिको साझा विन्दुको बारेमा भने तीन दलका दलका शीर्ष नेताहरुले केहि उल्लेख गरेनन् ।
शीर्ष नेताहरुले दलीय अडान प्रस्तुत गरेका कारण बैठक आगामी बिहीबार दिनभर छलफल गर्ने गरी स्थगित भएको छ । बैठकमा सहभागी तिनै दलका नेताहरुले संघीय संरचना र राज्यको शासकीय स्वरुपका विषयमा आगामी बिहीबार गम्भीर छलफल गरी सहमतिमा पुग्ने बताएका छन् ।सर्वपक्षीय सभामार्फत संविधानका अन्र्तवस्तुमा सहमति जुटाइनु पर्ने नेकपा माओवादीको मागप्रति प्रमुख राजनीतिक दलहरु सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ६ दलको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी संविधानका विवादित विषयमा सहमति हुन्छ भने सबै दलको सहभागितामा सर्वपक्षीय सभा बोलाउँदा फरक नपर्ने निष्कर्षमा पुगेका हुन् ।
बैठकपछि कांग्रेस र एमाओवादीका नेताहरुले नेकपा माओवादीसँगको बैठक सकारात्मक भएको भएको भन्दै बैठकमा सर्वपक्षीय सभा गर्ने प्रारम्भिक समझदारी भएको बताएका छन् । ‘उहाँहरु (नेकपा माओवादी)समेतको सहभागिता र सल्लाहले संविधानसभामा सहभागिता पाउँछ भने यो सकरात्मक कुरा हो’ बैठकपछि कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले भन्नुभयो ‘यसलाई हामी सबैले सकरात्मक रुपमा लिएका छौं ।’
सर्वपक्षीय भेला कुन विधि र प्रक्रिया अनुसार गर्ने भन्ने सम्बन्धमा निर्णय लिन आगामी बिहीबार पुनः बैठक बोलाइएको छ । बिहीबारको बैठकले नेकपा माओवादीको प्रस्तावलाई कसरी अघि बढाउने र के प्रक्रिया हुने भन्ने बारेमा ठोस निर्णय गर्ने बडूले बताउनुभयो ।
बैठकमा नेकपा माओवादीका नेताहरुले राजनीतिक विषयमा समझदारी निर्माण हुन नसकेका कारण नै पहिलो संविधानसभाले संविधान बनाउन नसकेको भन्दै सहमतिका लागि सर्वपक्षीय भेलाको विकल्प नरहेको बताएका थिए ।
जवाफमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका नेताहरुले संविधान निर्माणमा सबै दलहरुलाई सहभागि गराउनुपर्ने भएकाले सबै दलको उपस्थितिमा सर्वपक्षीय भेला बोलाउनुपर्ने नेकपा माओवादीको माग जायज रहेको र यस सम्बन्धमा आवश्यक गृहकार्य गरी आगामी बिहीबार निर्णयमा पुग्ने बताए ।
नेकपा माओवादीले भने आफ्नो मागका सम्बन्धमा  प्रमुख दलहरु एकमत नभएकाले बैठक निष्कर्षमा पुग्न नसकेको बताएको छ ।  कांग्रेसले माओवादीको प्रस्तावको प्रकृया संविधानसभाको प्रकृया भन्दा फरक रहेको भन्दै यसतर्फ नसोचेको बताएको नेकपा माओवादीका नेता देव गुरुङले जानकारी दिनुभयो । कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीलाई दल भित्रै छलफल गरेपछि थप प्रकृया अघि बढ्ने उहाँले बताउनुभयो ।
संविधानसभा निर्वाचन नै वहिष्कार गरेको नेकपा माओवादीले गत जेठ २६ गते नै प्रधानमन्त्री सुशिल कोइरालालाई सर्वपक्षीय भेला बोलाइनुपर्ने लगायतका विभिन्न ८ बुँदे माग बुझाएको थियो । नेकपा माओवादीको माग सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा राप्रपा र नेकपा मालेका नेताहरुसमेत सहभागी थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक