20140904

१८ वर्षकी युवतीलाई अभागी भन्दै गाउँलेले कुकुरसँग विवाह गरिदिए !

भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् । झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो । मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो । बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा
ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । 
ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् । बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् । तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् । कुकुरसँग विवाह गरेपछि अब उनलाई अरु पुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए ।   भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक