20141027

देबकोटा जयन्तिका अबसरमा प्रा. डा. बासुदेब त्रिपाठीको अभिनन्दन र अनेसास स्व कवि चेतकान्त चापागाइ स्‍मृति पुरस्कार समारोह अमेरिका यसरी सम्पन्न भयो

अनेसास सहितका चार संस्थाको आयोजना मा १०५ औं देबकोटा जयन्तिका अबसरमा प्रा. डा. बासुदेब त्रिपाठीको अभिनन्दन र अनेसास स्व कवि चेत कान्त चापागाइ स्‍मृति पुरस्कार समारोह अमेरिकाको भर्जिनियामा हिजो सम्पन्न भएकोछ । गोबिन्द गिरी प्रेरणाको सभापतित्व, बासु श्रेष्ठको सँचालनमा भएको उक्त कार्यक्रममा साहित्यकार बसन्त श्रेष्ठले अभिनन्दित ब्यक्तित्व त्रिपाठीको बारेमा परिचय राख्नु भएको थियो । कार्यक्रममा साहित्यकार हरि घिमिरे, कृष्ण धाराबासी, बरिस्ठ पत्रकार सोमनाथ घिमिरे, लोक गायक एबम मेरिल्यान्ड र पेन्सल्भेनिया राज्यका लागि अबैतनिक महा बाणिज्यदुत प्रेमराजा महत, अमेरिकाका लागि नेपाली कार्यबाहक राजदुत ॠषिराम घिमिरे, अनेसासका संस्थापक अध्यक्ष्य बरिस्ठ साहित्यकार होमनाथ सुबेदी, कवि प्रकाश चापागाइ, समालोचक पुरुसोत्तम सुबेदीले प्रा. डा. बासुदेब त्रिपाठीका बारेमा आफ्ना मन्तब्य राख्नुभएको थियो । श्री त्रिपाठीलाई अतिथिगण र आयोजजक चारै संस्थाका तर्फबाट

अभिनन्दन गरिए पछी वहाँले दिएको मन्तब्य भिडियोमा प्रस्तुत गरिएको छ । त्यस लगत्तै अनेसास स्व. कवि चेतकान्त चापागाइको स्‍मृतिमा बाल र बयस्क कबिता बाचन प्रतियोगिता आयोजना गरिएको थियो । साहित्यकारहरु हरि घिमिरे, सोमनाथ घिमिरे, रामप्रसाद खनाल, गोपाल रेग्मी, डा मोहन जोशी निर्णयक रहनुभएको प्रतियोगितामा वाल तर्फ क्रमश कविता सुवेदी, आकास सुवेदी र सपना सत्याल प्रथम,द्धितीय र तृतीय र वयस्क तर्फ क्रमशः परसुराम तिमील्सिना, मञ्जु गिरी र कल्पना सत्याल प्रथम द्धितीय र तृतीय हुनुभएको थियो । बिजयीहरुलाई स्व. कवि चेतकान्त चापागाइको स्‍मृतिमा वहाँका भाई कवि प्रकाश चापागाईले पुरस्कार सौजन्य गर्नुभएको थियो । कार्यक्रममा अप्रतियोगी कबिता गजल पनि बाचन गरिएका थिए । सो अबसर मा डा कल्पना सत्याल द्वारा लिखित कबिता सँग्रह "बैंसको रुख" को बिमोचन गरिएको थियो । 


"बैंसको रूख" कृतिको बिमोचन बरिष्ट सहित्यकार र प्रोफेसर डा. बासुदेव त्रिपाठीको हातबाट सम्पन्न भयो। ओकोक्वान टाउन् हल, वुडब्रिज, भर्जिनीया, यू .एस.ए. , अक्टोबर २६, २०१४
The book release of "Bains Ko Rukh" (The Willow Tree) written by Dr. Kalpana Satyal by past VC of Nepal Academy, "The King of Nepali Literature," Dr. Basu Dev Tripathi, Occoquan Town Hall, Woodbridge, VA, USA on October 26, 2014

  
 



 




 












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक