20141026

नेपालमा फेरी अर्को कहाली लाग्दो दुर्घटना, १० जना को ज्यान गयो, १५ जना घाइते !

ओखलढुंगाको  सिद्धिचरण नगरपालिका वडा नं १० अंधेरीस्थित नारायणस्थानमा जीप दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थलमा, एक जनाको उपचारका लागि लाने क्रममा बाटोमा र एक जनाको उपचारका क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा ठूलाछापका मणिराम भट्टराई, चोलेन्द्र खत्री, सरिता खड्का, टिका बस्नेत, तेजबहादुर बस्नेत, उनकी श्रीमती
रामप्यारी बस्नेत, जोहिनी भट्टराई र वाक्साका नविन कुमार राई रहेका छन् । त्यस्तै प्राप्चाका अप्सरा दाहालको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । जीपमा केटाकेटी बाहेक २४ जना सबार रहेको प्रहरीले जनाएको छ । जीपको सीट क्षमता भने १२ जनाको मात्र रहेको छ । कच्ची बाटोको भीरबाट जीप करीब दुईसय मिटर तल खसेको थियो । घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ । उता हराईरहेका भनिएको पार्वती खत्रीका दुई वर्षीय छोरा दीपेश खत्री मृत्त अवस्थामा उद्धार गरिएको गाडीको सिटमुनि फेला परेका छन् । दीपेशलाई घटनास्थलबाट उद्धार गरी अस्पताल पठाएको तर अस्पतालको रेकर्डमा नभेटीएकाले उनको दिनभर खोजी गरिएको थियो । पार्वतीको अवस्था भने चिन्ताजनक रहेको छ । जीप अंधेरीभीरको उकालोमा पिकअप लिन नसक्दा कच्ची बाटोमा चिप्लीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा जीप चालक पनि घाइते भएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक