अर्को शान्ति पूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरे छबिलाल उर्फ प्रचण्डले ! झस्किए २२ दलकै नेता, कुम उचाली उचाली भासण छाँट्न छोडेनन छबिलालले !
- प्रकाश लामा
![](http://setopati.com/timthumb.php?src=/home/setopati/public_html/images/newsManagement/42cb814714f9782c1b4a35b89ebaf312.gif&w=675&q=60)
कुनै समयमा माअवादीले आमसभा गर्न लागेको छ भनेको सुन्दा पनि मञ्च भरिभाराउ
हुन्थ्यो। गाउँ-गाउँबाट मान्छेको ओइरो लाग्थ्यो। जबरजस्ती भएपनि मान्छे
बटुल्थे। पछिल्लो राजनीति क्रममले नेपालमा हुने गरेका सभा र जुलुसहरूमा आम
मानिसको सहभागिता न्यून हुँदै गयो। २०६२/६३ सालको जनआन्दोलन पछि माओवादीले एक्लैले गरेको विशाल आम सभामा
खुलामञ्च भरिएर टेक्ने ठाउँसम्म थिएन। सो क्षेत्रको ट्राफिक
व्यवस्था
अस्तब्यस्त नै थियो। शुक्रबार एमाओवादीसहित २२ दलले गर्ने भनेको विशाल जनसभामा मुस्किलले २२ सय सहभागि पनि देखिएका थिएनन्। पहिचान सहितको संघीय संविधानको नारा लिएर सरकारलाई दबाब दिन भन्दै करिब लाख मानिस उतार्ने दाबी सम्बद्द दलहरूले गरेका थिए। विगतमा कांग्रेस एमाले आफूलाई झुक्याएको पनि भन्न भ्याएका मोर्चा
सम्हालीरहेका एमाओवादी अध्यक्ष प्रचण्डलाई उनी स्वयम् झुक्किए। सडकमा सहजै
यातायात सञ्चालन भएको थियो। जुलुस निस्कने बेलामा केहीसमय ट्राफिक जाम
भएपनि सभा भइरहँदा त्यस्तो अनुभूति भएन। हिजोको सभा भएको जस्तो ट्राफिक जाम
कतै देखिएन। खुलामञ्च पनि पूरै खाली थियो।
हेर्नुहोस् तस्विरमा २२ दलको विशाल आम सभा
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%281%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2812%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2818%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%282%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%283%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%284%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%285%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%286%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%287%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%288%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%289%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2810%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2811%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2817%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2815%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2816%29.gif)
![](http://setopati.com/mediastorage/images/Political%20Affair/22%20dal/22%20dal%20%2813%29.gif)
उनले भने-‘ तर, यदि सन्धी सम्झौता विरुद्ध तथाकथित बहुमतको पछि लाग्ने हो भने अर्को एउटा शान्ति पूर्ण जनविद्रोहको नेतृत्व गर्न गर्न तयार छु।’
'कांग्रेस एमालेले मलाई भन्ने गर्छन कि तपाई २२ दलिय मोर्चाको नेता हो कि राजनीतिक समितिको दुई महिनाको नेता? तपाइँ कताको नेता हो भन्ने गरेका छन? म दुबैको नेता हो भनेको छु,' उनले भने, '२२ दल पनि अग्रगामी जनताको पक्षमा संविधान बनाउने लक्ष्यका साथ आएको हो राजनीतिक समिति पनि सहमतिमा संविधान बनाउने हो भने कहा फरक छ?'
'यदि मलाई कांग्रेस एमाले समेतको संयन्त्र रोज्छस कि २२ दलको भन्छन भने म तपाईकेा होइन म २२ दलको संयोजक रोज्छु। म मधेसी, जनजातिको कि हाम्रो भन्ने हो भने म जनताको संयोजक हुँ भन्छु,' दाहालले भने।
उनले सभालाई सम्बोधन गर्दै भने, 'आजको सभा कुनै आन्दोलन होइन। आन्दोलनको शुरुवात पनि होइन आन्दोलनका लागि सरसल्लाह गरेको मात्रै हो।'
१० वर्षे जनआन्दोलन लगायतका विभिन्न आन्दोलनका क्रममा भएका सहमति र सझौताको मर्म अनुसार परिवर्तनकामी संविधान नबन्दासम्म आन्दोलन गर्ने बताए।
गिरिजाबाबुसँग भएको सम्झौताका आधारमा जातिय क्षेत्रिय लैगिक उत्पीडनलाई सम्बोधन गर्दै सहमति भएको थियो। सोही अनुसार त्यसको मर्ममा रहेर संविधान बनाउनुपर्छ।
विगतमा आफूले गल्ती गरेको स्विकार गर्दै दाहालले आफू अहिले फेरि छापामार आन्दोलन गर्न नसक्ने बताए। शान्तिपूर्ण राजनीतिक आन्दोलन गर्ने प्रतिवद्दता गरेका दाहालले यदि त्यस्तो भएन भने आफू शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गर्न तयार रहेको बताए।
'म विगतमा केही ठाउँमा चुके। अब तपाइले भन्नु हुन्छ भने म मर्न तयार हुन्छु तर आन्दोलनबाट भाग्दिन,' दाहालले भने।
'म लास्टसम्म उभिन्छु देशलाई जोड्न तपाई साथ दिनुहुन्छ भने। हामी गरिब जनजाति, आदिवासी हरुले दुःख पाएका छौ।'
आफूहरूले संविधानसभाभित्र सर सल्लाह गर्दै गरेको भन्दै आफू एक्लै विद्रोह गर्न सक्नेस्थितीमा नरहेको र सबै मिलेमा १० वर्षको विद्रोह भन्दा ठूलो विद्रोह हुने दाबी गरे।
विगतमा कांग्रेस-एमालेले हतियार बुझाउनुस् सात दिनमा संविधान बनाउँछौं
भनेर कांग्रेस र एमालेले आफूलाई झुक्याएको भन्दै उनले भने-‘मलाई विश्वास
घात भएको छ ।’ एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेलाई पत्याउनु
आफ्नो पनि कमेजारी भएको स्वीकार गरे ।
कांग्रेस र एमालेले बाटो विराएको भन्दै उनले जुन ठाउँबाट बाटो बिराएको हो
त्यहीबाट फेरि सुरुवात गर्नु पर्ने बताए । उनले भने-‘एक दिन राति वा विहान
सबै सम्झौता हेर्नुस र प्रतिवद्धताप्रति इमान्दार हुनुस् ।’
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक