20141110

छबिलाल दाहाल रोल्पा तिर लागे, लुक्ने बँकर को याद आयो रे !


‘देशव्यापी आन्दोलनका लागि बैद्यजीहरूसँग पनि कुराकानी भइरहेको छ’ "आफूलाई युद्धको सम्झनाले डो-याएर रोल्पा जान लागेको" ‘आफू लुकेको बङ्करहरूको याद आइरहेको छ’ ‘ती बङ्करहरूमा छिर्न मन लागेर रोल्पा जाँदैछु।’ रोल्पा जाँदै गरेको एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दाङमा पुगेर ‘देशव्यापी’ आन्दोलन गर्ने धम्की दिएका छन्। उनले नेपाली कांग्रेस र एमालेले आफूहरूलाई एक्ल्याएर बहुमतको आधारमा संविधान बनाउन खोजे त्यसको विरुद्धमा देशैभर आन्दोलन गरिने बताए। सोमवार बेलुका दाङमा कार्यकर्ताहरू माझमा बोल्दै उनले भने ‘कांग्रेस र एमालेले बहुमतको आधारमा संविधान ल्याएमा देशव्यापी आन्दोलनको सुरुवात हुने छ’ उनको चेतावनी थियो, ‘आन्दोलनले देश नै जुरुक्क उठ्ने छ हेर्नुहोला ।’
त्यसका लागि नेकपा माओवादी(बैद्य)सँग पनि छलफल भइरहेकोसमेत उनले बताए।‘त्यो आन्दोलनका लागि बैद्यजीहरूसँग पनि कुराकानी भइरहेको छ’ उनले भने ‘पूरै २२ दलीय मोर्चा नै अहिले त्यसको विरुद्धमा उत्रिन
तयार छ।’
यही आन्दोलनको लागि ‘जनमत’ बुझ्न आफू जिल्ला भ्रमणमा निस्किएको पनि उनले बताए। उनले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पनि त्यसका लागि तयार रहन निर्देशन दिए।‘कांग्रेस एमालेले सबै बर्ग, लिङ्ग, भाषा अनि धर्म, जातभातको पहिचानलाई बेवास्त गर्न थालेका छन्’ उनले भने ‘हामीलाई यसरी पेल्न खोजिए, देशै जुरुक्क उठ्नेछ।’
उनका अनुसार त्यसको विरोधमा २२ दलीय मोर्चा, ४५ जनजाति संगठनहरूको सहकार्य भइरहेको छ। उनले हालै मोर्चाबन्दी गरेका पद्मरत्न तुलाधरसँग पनि आन्दोलनमा सहकार्यको कुरा चलिरहेको जानकारी गराए।
आफू अध्यक्ष रहेको राजनीतिक समितिमा सहमतिका लागि बैठकमा बोलाउँदा कांग्रेस एमाले नै नआउने गरेकाले भन्दै उनले भने ‘यसैबाट प्रमाणित हुन्छ, उनीहरू संविधान बनाउन तयार छैनन्।’ तर, आफ्नै पार्टीका बरिष्ठ नेता बाबुराम भट्राई सभापति रहेको राजनीतिक संवाद तथा सहमति समितिले मंगलवारका लागि बोलाएको बैठकको वेवास्ता गर्दै दाहाल सात दिनका लागि रोल्पा हिँडेका हुन्।
प्रचण्डले दाङमा भेला भएका कार्यकर्ताहरूसँग आफूलाई युद्धको सम्झनाले डो¥याएर रोल्पा जान लागेको पनि बताए। ‘आफू लुकेको बङ्करहरूको याद आइरहेको छ’ उनले भने ‘ती बङ्करहरूमा छिर्न मन लागेर रोल्पा जाँदैछु।’ - सेतो पाटी


_________________________________

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक