20141209

पार्टीका सभासदहरुलाई पार्टी नीतिविपरित अभिव्यक्ति नदिन र कसैको बहकाउमा नलाग्न निर्देशन दिए एमालेका अध्यक्ष केपी ओलीले !

केपी ओलीले यो ठीक गरे अब काङ्रेस र अन्यपार्टीहरु ले पनि उर्दी जारी गर्नै पर्छ यदी संबिधान समयमै जारी गर्ने हो भने !
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका सभासदहरुलाई पार्टी नीतिविपरित अभिव्यक्ति नदिन र कसैको बहकाउमा नलाग्न निर्देशन दिएका छन् । एमाले संसदीय दलको बैठकमा मंगलबार ओलीले जातीय, क्षेत्रीय नाममा वा अन्य कुनै नाममा पार्टी नीतिविपरित गतिविधिमा संलग्न नहुन निर्देशन दिँदै एकमतका साथ संविधान लेखनमा लाग्न आग्रह गरे । उनले कांग्रेस–एमाले र अन्य साना दलको सहभागितामा दुई तिहाइ
बहुमतबाट माघ ८ मै संविधान जारी गरिने पनि स्पष्ट पारे । माघ ८ मा संविधान जारी नभए संविधान विरोधी अनेकखाले तत्वहरु उत्पन्न हुने भन्दै ओलीले संविधान नबनाए देश सोमालियाको बाटोमा जाने चेतावनी पनि दिए । बैठकमा नेता माधवकुमार नेपालले सहमतिकै लागि भनेर चुनावी घोषणापत्रविपरित एमालेले कांग्रेससँग सहमति गर्नुपरेको बताए । एमाले बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पठाएको प्रतिवेदनलाई अब सभाबाटै टुंगो लगाउनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक