20150110

पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य, र नेत्रविक्रम चन्दले जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै सक्कली माओवादी पार्टीको गठन गरिएको दाबी !

जनता लुट्न, मार्न र खान पल्केका माओवादीहरु फेरी फुटे, जनतालाई अर्को शास्ती !
नेकपा–माओवादी फेरि फुटेको छ। नेकपा-माओवादीबाट असन्तुष्ट बनेकाहरुको समूहले इटहरीमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी (क्रान्तिकारी) नामक नयाँ पार्टीको घोषणा गरेका हुन्। इटहरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा द्धन्द्धकालमा माओवादी स्वास्थ्य संघमा आबद्ध रहेर जनयुद्ध लडेर
पार्टीबाट असन्तुष्ट बनेका स्वास्थ्यकर्मीहरुले उक्त पार्टीको घोषणा गरेका हुन्। ३९ सदस्य केन्द्रीय समिति रहेको नवगठित पार्टीको अध्यक्षमा भजेन्द्र चौलागाइँ र महासचिव आकाश शर्मा रहेको पत्रकार सम्मेलनमा बताइएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष चौलागाइँले १० वर्षे जनयुद्धको बलमा ल्याइएको लोकतान्त्रिक गणतन्त्रमा पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्य, र नेत्रविक्रम चन्दले जनताको भावनाअनुसार काम गर्न नसकेको भन्दै सक्कली माओवादी पार्टीको गठन गरिएको दाबी गरे। माओवादी क्रान्तिकारीका महासचिव अकाश शर्माले पार्टीको संगठन देशभर बिस्तार गर्ने बताउँदै आवश्यक परे सशस्त्र जनयुद्ध गर्ने बताए । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र खनालको पनि उपस्थिति थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक