20150110

नेपाल मदर डट कम सगौरब छाती फुल्याएर राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रती हार्दिक सम्मान ब्यक्त गर्दै उनको मुक्त कन्ठले प्रशंशा गर्दछ र पृथ्वी नारायण शाहलाई धारे हात लगाउने राष्ट्रका दुस्मनहरु प्रति धिक्कार भन्दछ

आज पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस । पृथ्वी नारायण शाहले बाइसे चौबिसे राज्य एकिकरण गरी बनाएको नेपालमा जन्मेका केही नालायक सन्ततिहरु आज फेरी बाइसे चौबिसे राज्य बनाउने कुरामा हानाथाप गर्दैछन । लाज नभएका यि नेता रुपी नौटँकीहरु आफु नेपाली हुनुमा गर्ब छ पनि भन्ने र पृथ्वी नारायण शाह लाई सत्तो सराप गर्ने पनि गरिरहेको देख्दा र यिनिहरुले नेपाल भड्याउन, मिलेर बसेका नेपाली नेपाली लडाउन भिडाउन, आफुहरु प्रदेशका मुख्यमन्त्री र मन्त्री बन्न लालायित भएको देख्दा लाग्छ यि आफ्नै नेपाल आमाका बलात्कारी नालायक सन्तान हुन । नेपाल मदर डट कम सगौरब छाती फुल्याएर राष्ट्र निर्माता पृथ्वी नारायण शाह प्रती हार्दिक सम्मान ब्यक्त गर्दै उनको मुक्त कन्ठले प्रशंशा गर्दछ र पृथ्वी नारायण शाहलाई धारे हात लगाउने राष्ट्रका दुस्मनहरु प्रति धिक्कार भन्दछ ।



श्री ५ पृथ्वी जयन्ती !

- ज्योतिस / पण्डित ओजराज उपाध्याय लोहनी

सच्चाइ जतिसब सकेर हिडदा हराउला आफुनै
मकोहुँ अनिगर्नुपर्छ पछिके मुस्किल् थाहापाउनै
सुन्नुपर्छ सबै र बुझ्नु परने विबेक लगाइकनै
भ्रमै सत्यभनेर नित्य बुझनु मूर्खैहुनुहो झनै
दातालाइ दमन गरेर सजिलै लुट्ने सङ्गै दौढदा
क्षणभर खुसि भयरगर्नु छरके गुमाइ आफ्नु सदा
यस्तै हर्कतले समाज हिडदा गुम्यो कुनैकालमा
यहिऋत गरी चुपैभहिरहे पुग्छौ त्यहिहलमा
यौटैहो पहिले नेपाल पछिता फुटाइ टुक्रागरि
खाये अँश लागाइ मूर्खहरुले राजा रजौटाभरि
बाइसे अनिचौबिसे गरियाहाँ राज्य अनेकौभयो
बुझ्नुपर्दछ आजयहि सबले कुरा अनौठो छयो
पश्चीमा हरुआइ भारतमाहाँ कब्जाजमाइ रहे
अत्यन्तै बलशालि फेरि चिनियाँ उत्तर तरफभए
दुबैकाविचमा नेपाल नगरि सानु थियो सुन्दर
एकैदेश अनेक भै दिनदिनै डर्मा थियो झन डर
आफैमा बलहिन राज्यहरुसब क्षण्भर्महाँ ढल्दथ्यो
गोराकासङ्गहोस चिनैसङ्ग हवोस जोरै कहाँ चल्दथ्यो
नमिल्यो चिनमा नभारतमहाँ विच्मा कसोरिरह्यो
कृपाइस्वरको भइकन रह्यो आँखिर स्वतन्त्रैभयो
बनायो कसले भयछ कसरी बुझौकी एकाग्रभै
यदिमानिसहौ भनेयहि बुझौ लाग्नेछकाम् योसधै
कतै भारतको हुनेर अनि फेर कतैहुनेचिनको
त्यस्कै अन्त्य गराउने शुभ जनम होआजको दिनको
ब्रह्माजी सङ्गसाथमा सरस्वती ली ब्रह्मलोक बस्दथे
लक्ष्मीका सङ्ग विष्णु फेरी खुसिले बैकुण्ठमा मस्तथे
सचीका सङ्ग स्वर्गमा रमीरहे राजपाठ गरिइन्द्रले
रोजिदेश नेपाल् खोजिकन हिमाल् बस्दैगरे शम्भुले
सुतेविष पियर हिमखिरको गोसाईंकुण्डै भयो
किरातीभइ बस्नु भो शिबयाहाँ बर्चस्वउनकै रह्यो
गोरख नाथभयर आइकन फेर नेपालमै बासभो
सन्सार्मै बलियो नेपाल मगरु भन्नेठूलो आसभो
षठ्शास्त्रै अनितन्त्र मन्त्रहरुको धेरै थियोज्ञाननै
सावर्त्रन्त्र जडिबुटि हरु चिनी गर्ने सधै ध्याननै
मेरैहोर बनाउने महिथिये मैले बचाउनु छ
उत्तर्दक्षण बाट हुन्छ डरजुन सबै हटाउनुछ
योकाम् गर्नमसक्छुफेरी अनुचित्होला स्वयम्लेगरे
भन्दैमा उहिक्षण त्यसै थलमहाँ कोहि नजर्मापरे
शहाबंशिय द्रव्यशहा पहिले गोर्खालि राजाभए
पुस्ता दूहिमहाँ पुरन्दर थिए तृतिय छत्रैरहे
१०
निसन्तान चतुर्थ छत्र उनका राम्शाह भाइभए
पुस्ता पाँच भएछ डम्बर हुदा बढ्दै अगाढगए
छैट कृष्ण भयर फेर हुनगये सातौमहाँ रुद्रनै
उद्यश्य सबको एकै हुनगयो साम्म्राज्यफैलाउनै
११
आठौहुन पृथीवीपति नरभुपाल राजानवौहुन तिनै
उन्कै पुत्र भयर जन्मन पुगे आँखिर पृथ्वी उनै
कौशल्यावती रानिका उदरमा दशौभइ बासगरे
ध्यान्मागोरखको अत्यन्त बलियो आँखिरउनैपरे
१२
खाउ बाबु दहिभनेर दिनुभो घिनमानी फालिदिए
खस्योपाउमहाँ गयर दहित्यै अचम्म मान्दाभए
चक्रैवर्ती बनाउने मनथियो त्योता अधुरै रह्यो
लिलाइस्वरको रहेछ तिमिले टेकेजतिको भयो
१३
अन्तरध्यान हुनुभयो गोरखनाथ आशिसयै भन्छन
सुन्नेबाट सुनाइने कथनता अधिकनै मिल्छन
सयसत्र उनासिसाल पुषको दिनाङ्क सत्ताइसै
गोर्खाराज्यर शाहबंश भनिने पुस्ता थियोयोदशै
१४
साक्षात शिव स्वरुप श्रीगोरखको बर्दान पाइकन
बुद्धिले र विबेकले सजीएका थिये बलिया झन
सोच्थे ति युबराजमै कतिकुरा बुझि सकेकाथिए
बिषैबर्ष उमेरमा पृथ्वीवीर गोर्खालि राजाभये
१५
राज्यारोहणको बशन्त दुइमै जिते नुवाकोटनै
मकवानपुर जितिविश पर्ष पछीत्यो जोढिनुवाकोटमै
हमला तिनबार गरि जितिलिया त्याइसमा किर्तिपुर्
कान्तिपुर् अनिभक्तपुर् ललितपुर् उन्को थियोलिनेसुर
१६
बढाउँ कसरी बनाउ बलियो जाउँ कसोरी त्याहाँ
भन्ने सोचपनि पुराहुन पुग्यो फेर छब्विसै बर्षमा
अनेकराज्य मिलाइ पारीबलियो भनेन गोर्खाकीन
पुरानै इतिहास जोढिकन नेपाल खोजे वलिदान दिन
१७
जातिबर्ग विषेश नमानी कनफेर समान्सबै मान्दथे
देवीकासुतहुन अरे पृथवीविर सबैकुरा जान्दथे
सँस्कृर्ति सबको सम्मान गरने थियो असलभावना
प्रजाबत्सलथे महान पृथ्वीविर राख्थे असल कामना
१८
ढोगेति विरले कुमारिसजिलै खड्गैपनि साट्दिए
भारद्वाज हटाइ कास्यपभनि समान सबैमाभए
एकैराज्य बनाइ सँस्कृर्तिभने यथावतै छाड्दिये
जहाँछौ त्यहिछौ त्यहिरहनीछौ भन्ने उनैएक् थिए
१९
अर्तिलिन विषे नगर्जिसितनै तत्पर भयकाथिए
उच् निच् भन्न नखोजि सत्यपथमा हिड्नुसबै भन्दिए
चाहान्थे म विषे नगर्जिकनता काजीबनाउ भनी
प्रजाले अनुरोधगरे अघिसरि पाँडेबानायेंअनी
२०
आफुहारि प्रजाजिताउन पनि गरेबलिदाननै
उन्को गुणर सिल् विचार गरदा साक्षात् भगवाननै
उनकै पौरखले मिल्यो सबकुरा नेपालको सानमान्
फोरीशालिक गालिगर्नु छत उचित कत्तिनभै शाबधान
२१
साझादेश समान् प्रजापनि समान् चार्बर्णजात छत्तिस
गाउगाउ मिलाइ साथ रणका योद्धाथिये खप्पीस
स्वाभिमानर एकता गरिदियो दिएर अप्मानीत
शत्रुपोषक देश सोसक सबै हुदैछ सम्मानीत
२२
हामिमा छभने विबेक अलिकति सोचौन एक्चित्तले
गराइ र भनाइ एक्गरि यहाँ हिड्दै छ कुन व्यक्तीले
इतिहास सबै सुरक्षित हुनु हो सत्यमा पौचनु
पहिचान गुमाइखोज्नु पहिचान स्वयम परायहुनु
२३
भाषा भेषर संस्कृर्ति अनिधरम हाम्रा हतियारहुन
सबैशक्ति सखाप पर्नी खलसब कस्कामतियारहुन
इन्कोता भरछैन नैतिक सबै राखिसके बन्धकी
सच्चाछौर नेपालिहौ प्रणगरौ बन्धक नहोस जिन्दगी
२४
उहाँका जतिछन ति दिव्यउपदेश शब्माछ देश्भक्तिनै
निश्चलभाबलिइ पढ्यौयदिभने मिल्नेछ फेर शक्तिनै
बुझि सब हरदिन अगाढि बढनु राष्ट्रियता सम्झनु
दशैछन उपदेश पढेर बुझनोस धेरैकुरा केभनु
२५
दाता देशर स्वभिमान दिनीको सकेर अस्तित्वनै
देशद्रोहि बिदेशिका बुइचढि मिल्लार खुसिकुनै
भाग्नेछन जतिछन सबै कठिनमा सब्को विदेश्माघर
सोचेनौ समयछदै पछित फेर सोचेर के हुन्छर
२६
जस्लेराष्ट्र दियो उसैकनघृणा गर्ने खलनायक
सच्चाबोलन डराउने पुरुष त्यो हुदैन हैलायक
समेटि सबलाइ एकगरने असल नहुनेअरे
निर्बल्आफु गराइ नामअरुकोलिने असल्हुन्छरे
२७
भोगियो सबदेखियो तर पनि नबुझ्नुमा दोशके
सन्चालन अरुबाट हुन्छ हरदिन आँखिरमा होसके
पाखण्डि अनिलालसि हरुसबै पन्छाइ सबएकबनौ

कर्मैलाइ बुझौ र भित्रीमनले जय पृथ्वीविरैभनौ         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक