(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150129

कुनै पनि विकल्प प्रचण्डका निम्ति सहज भने हुने छैनन् : देवप्रकाश त्रिपाठी

गणतन्त्र घोषणाका औपचारिक सूत्रधार या अगुवाका रूपमा प्रचण्डलाई लिइन्छ । जो–जसका ‘हिडन्’ आकाङ्क्षा र उद्देश्य भए पनि प्रचण्डले ०५२ मा हिंसात्मक युद्ध सुरु गरेर काङ्गे्रस–एमालेका नेताहरूलाई आफ्ना रक्तरञ्जित पाउमा शरणागत हुन बाध्य नपारेका भए गणतन्त्र घोषणा सम्भव थिएन । यद्यपि गणतन्त्रको स्वाद लिनेहरू अरू नै भए, त्यसनिम्ति आधारभूमि बनाउने प्रचण्डकै भविष्य ‘गणतान्त्रिक’
नेपालमा अनिश्चित बनेको छ । त्यसैले गणतन्त्र घोषणाका ‘सूत्रधार’ मानिएका प्रचण्डको भावी राजनीतिक विकल्पहरूबारे विवेचना गर्ने प्रयास यहाँ गरिएको छ । राजनीतिमा संलग्न मानिसले कुरा सधैँ देश, जनता र विकासकै गर्ने हो र नेपाली राजनीतिकर्मी पनि देश र जनताको नाममा कुराको खेती गर्न विश्वमै अब्बल मानिन्छन् । राजनीतिकर्मीहरूको मूल्याङ्कन तिनका दस्तावेज, भाषण या क्रियाकलापका आधारमा नभई कार्य परिणामका आधारमा गरिनुपर्छ । कार्य परिणामलाई आधार बनाएर हेरिएकैले करिब आठ वर्ष श्री ३ महाराजाका रूपमा शासन गर्ने भीमशमशेरको नाम देख्न इतिहासको पाना पल्टाउनैपर्ने हुन्छ, जम्मा तीन महिना शासन गर्ने देवशमशेरको नाम स्मरणीय बनिरहेको छ । प्रचण्डलाई बुझ्न उहाँको हालसम्मको राजनीतिक यात्रालाई तीन खण्डमा विभक्त गरेर अध्ययन गर्नु उपयुक्त हुनेछ । पहिलो, हिंसात्मक युद्ध सुरु गर्नुअघिको प्रचण्ड, दोस्रो युद्धकालदेखि प्रधानमन्त्री बन्नुहुँदासम्मका र तेस्रो, प्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त भइसकेपछि आजसम्मका प्रचण्ड । प्रचण्डको उल्लिखित तीन कालखण्डको व्यक्तित्वलाई बुझ्न सकियो भने उहाँको भविष्यबारे अनुमान गर्न सजिलो हुनेछ । ०५२ मा युद्ध सुरु गर्नुभन्दा अघिका प्रचण्डलाई एक अति महत्वाकाङ्क्षी व्यक्तिका रूपमा लिन सकिन्छ । माक्र्सवाद र माओका सूत्रहरू कुनै पनि महत्वाकाङ्क्षी राजनीतिक प्राणीका लागि यस्ता अस्त्र हुन् जसले दुर्घटनाबाट बच्दै हिँड्न सक्नेहरूलाई दु्रत गतिमा अभीष्ट पूरा गर्न सहयोग पु¥याउँछ । व्यक्ति जतिसुकै महत्वाकाङ्क्षी भए पनि नेपाली काङ्गे्रसजस्तो ‘सिन्डिकेट सिस्टम’ मजबुत रहेको पार्टीमा आफ्नो स्थान बनाउन चर अनुहारबाहेकलाई मुस्किल हुन्छ । आफूभन्दा अघिल्लो पुस्ताले ‘आर्यघाट यात्रा’ तय नगरेसम्म पछिल्लो पुस्ताले उचित जिम्मेवारी प्राप्त गर्ने आशा सिन्डिकेटप्रधान पार्टीमा गर्न सकिँदैन, रामचन्द्र पौडेलजस्ता नेताले समेत ‘सिन्डिकेट’को सिकार बन्नुपरेबाट काङ्गे्रसभित्रको स्थितिलाई अनुमान गर्न सकिन्छ । प्रारम्भिक कालखण्डका प्रचण्ड देशको अति उच्च ओहोदामा पुग्ने आकाङ्क्षाबाट सधैँ पे्ररित, उद्वेलित र क्रियाशील रहनुभयो । काङ्गे्रसजस्ता पार्टीहरूमा आबद्ध भएर उहाँले आफ्नो अभीष्ट पूरा हुने नदेख्नु स्वाभाविक थियो । उहाँले माक्र्सवादी, लेनिनवादी मात्र दाबी गर्ने एमालेजस्तो पार्टीबाट समेत आफ्नो साध्य प्राप्त नहुने ठान्नुभयो र अलिक बढी वामपन्थी धारको दलमा आबद्ध भएर आफ्नो अभीष्ट प्राप्तिमा तल्लीन रहनुभयो । चुनावमा सहभागी भएर एउटा परीक्षा (०४८ मा) दिनुभएपछि उहाँजत्तिका चतुर मानिसले चुनावी राजनीतिमै अल्झिएर समय बर्बाद गर्न नचाहनु स्वाभाविक थियो । हिंसात्मक सङ्घर्षबाट मात्र गन्तव्य भेदन गर्न सहज हुने ठम्याइ भएको अवस्थामा एउटा कम्युनिस्ट वामपन्थीका निम्ति माओवादजति पहिरन सजिलो अन्य गरगहना हुन सक्दैनथ्यो । त्यसैले प्रचण्डले पनि माओवादी मार्ग अवलम्बन गरी आफ््नो आकाङ्क्षा पूर्तिको जोखिमपूर्ण यात्रा आरम्भ गर्नुभयो । त्यस कालखण्डमा एउटा शक्तिशाली शासक बनेर देशमा केही गरी देखाउने इच्छाबाहेक अर्को कुनै सपना प्रचण्डमा थिएन भन्न सकिने पर्याप्त आधारहरू छन् । हिंसात्मक युद्धमा सरिक भएदेखि ०६५ मा प्रधानमन्त्री हुँदा र नेपाली सेनासँगको ‘शीतयुद्ध’मा पराजित भएर पद त्याग गर्नुअघिसम्म प्रचण्डमा पूर्ण आत्मविश्वास रहेको देखिन्छ । युद्धकालदेखि प्रधानमन्त्री बन्दासम्म उहाँले आफू जोमिखमुक्त रहेको कहिल्यै महसुस गर्नुभएन, तर हिंसात्मक युद्धले दशक पूरा गर्नै लाग्दा उहाँमा पराजयको त्रास बढ्दो थियो र त्यही त्रासका बीचमा उहाँ केही ‘असामान्य’ निर्णय लिने अवस्थामा पुग्नुभएको बुझिन्छ । युद्धकालको पछिल्लो खण्डमा ‘असामान्य निर्णय’ नलिइएको भए उहाँले प्रधानमन्त्री बन्ने र गणतन्त्र घोषणा गर्नेसम्मको ‘सफलता’ प्राप्त गर्न सम्भव थिएन । युद्धलाई सफलतामा रूपान्तरण गर्ने क्रममा उहाँले लिएका निर्णय र त्यसले पारेको दीर्घकालिक प्रभावको मूल्याङ्कन इतिहासले अवश्य गरिरहनेछ । युद्धकालमा राजदरबार, काङ्गे्रस, एमाले, सेना, प्रहरी, प्रशासक र कतिपय विदेशीलाई समेत आफूअनुकूल उपयोग–प्रयोग गर्ने क्षमता प्रचण्डले व्यवहारमा सिद्ध गर्नुभएको हो । युद्धका अन्तिम वर्षहरूमा आफू कसरी र केका निम्ति उपयोग होइँदै छ भन्ने कुराको हेक्का प्रचण्डले राख्नुभएको थियो भने पनि परिणामले त्यसो भन्दैन । आफ््नो गन्तव्य भेदनमा अन्य व्यक्ति र शक्तिलाई आफ्ना पक्षमा उपयोग गर्दागर्दै आफैँ ‘उपयोग’ भइरहेको पत्तो पाउन प्रचण्डले सक्नुभएन । त्यसैले सत्ताको केन्द्रबिन्दुमा पुग्ने, राज्यसंयन्त्र र वैधानिक प्रावधानहरूलाई प्रयोग–उपयोग गर्दै सम्पूर्ण सत्ताको मालिक बन्ने उहाँको सपना अन्ततः पूरा हुन सकेन । प्रचण्डले सेनासँग निहुँ नखोजी राष्ट्र निर्माणको सकारात्मक अभियानमा आफूलाई समर्पित गराउनुभएको भए उहाँलाई सत्ताच्यूत गर्न धेरै लामो प्रतीक्षा गर्नुपर्ने हुनसक्थ्यो । राजनीतिक क्रियाकलापमा सफल खेलाडीको परिचय बनाउनुभएका उहाँले सत्ता राजनीतिमा आइसकेपछि आफ्नो सोच र भूमिका बदल्न सकेको भए प्रचण्ड इतिहासनायक बन्न असम्भव थिएन । प्रधानमन्त्री भएलगत्तै उहाँले छिमेकी मित्रराष्ट्र भारतको विश्वास गुमाउनुभयो, चीनले विश्वास गरेकै थिएन । देशभित्रका राष्ट्रवादी, राजावादी र हिन्दू धर्मावलम्बीहरूले उहाँसँग दूरी बढाउनु स्वाभाविक थियो, सङ्घर्षका सहयात्री काङ्गे्रस र एमालेले पनि प्रचण्डको उत्तरोत्तर प्रगतिको कामना किमार्थ गरिरहेका थिएनन् । राष्ट्रपति बन्न नपाएपछि क्रूद्ध बनेका गिरिजाप्रसाद कोइराला कति खतरनाक हुन सक्छन् भन्ने हेक्का प्रचण्डले राख्न सक्नुभएन । ०६३ मा आन्दोलन सफल भएर प्रधानमन्त्री बन्दासम्म प्रचण्डले आफूलाई ‘दुलाहा’ ठानिरहनुभयो । कसैलाई दुलाहा एकदिनको लागि मात्र मानिन्छ, विवाहका दिन पाएबराबरको महत्व र सम्मान सधैँभरि खोज्न थालियो भने त्यस्ता व्यक्तिले आफ्नै घरभित्र र समाजमा जस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ, त्यस्तै स्थिति व्यहोर्नुभयो प्रचण्डले । तात्कालिक प्रधानसेनापति रुक्माङ्गद कटवाल र नेपाली सेनासँग निहुँ खोज्नु, अनि आफ्ना केही लडाकु कार्यकर्तालाई सेनामा जागिर खुवाउन अधिकांश समय बर्बाद गर्नु प्रचण्डको गम्भीर भूल थियो । प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्ने–गराउने सामथ्र्य काङ्गे्रस एमालेमा थिएन । सेनासँग निहुँ खोज्ने क्रममा उत्पन्न तनावले उहाँलाई प्रधानमन्त्री पदबाट राजीनामा दिने तहसम्म पु¥यायो । अन्य दल र कतिपय अन्तर्राष्ट्रिय शक्तिका निम्ति प्रचण्डको राजीनामा एउटा सुवर्ण अवसर बन्न पुग्यो, कुचो लगाउनुपर्ने कसिङ्गर हावाले उडाउँदा प्राप्त हुने आनन्दानुभूति प्रचण्डइतर शक्तिहरूले गरे । प्रचण्डको ओरालो यात्राको आरम्भ पनि यहीँबाट भएको हो । ०६६ वैशाखमा प्रधानमन्त्री पद गुमेयताका पाँच वर्षभित्र प्रचण्डले एकपछि अर्को गर्दै क्रमशः क्षति मात्र व्यहोर्नुपरेको छ । यस अवधिमा पार्टी विभाजन भएको छ, संसद्को ठूलो दलको हैसियत समाप्त भएर भारी अन्तरले तेस्रो ठूलो दलको रूपमा सङ्कुचित हुनुपरेको छ । सत्ता गुमेको छ र सहजै सत्तामा पुग्ने सम्भावना क्षीण भएको छ । राजनीतिक एवम् सङ्गठनात्मक धरातल कमजोर बनेको छ र एकप्रकारले माओवादीहरू घेराबन्दीमा परेका छन् । यसैबीचमा प्रचण्डलगायतका नेताहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । त्यसैले यतिबेला प्रचण्ड आफ्नो राजनीतिक जीवनमै सर्वाधिक सकसपूर्ण अवस्थाबाट गुज्रिरहनुभएको निष्कर्ष निकाल्न सकिन्छ । सबै प्रकारका सस्त्रास्त्रहरू कमजोर भएको, जनविश्वास ह्रास भएको, शक्ति क्षीण हुँदै गएको, पार्टीभित्र एकमन एकताको स्थिति नरहेको, अन्तर्राष्ट्रिय शक्तिहरूसमेत टाढिएको र बुढ्यौली र बिरामीले शरीरलाई आफ्नो काबुमा लिँदै गरेको वर्तमान स्थितिमा प्रचण्डका विकल्पहरू अत्यन्त सीमित भएका छन् । साधारण निजी जीवन बिताइरहेका मानिसले यति धेरै समस्याको सामना गर्नुपर्ने अवस्था आउँदा जीवन विसर्जनको अप्रिय निर्णय गरेका अनेक दृष्टान्त छन् । प्रचण्डजस्ता नेताले यस किसिमको कमजोर विकल्प रोज्ने ठान्नु भनेको उहाँको अपमान गर्नु हो । त्यस्तै साधारण नागरिकले जीवनमा यो स्तरको पराजय र अवरोध व्यहोर्नुपर्दा तीमध्येका धेरैले मानसिक सन्तुलन गुमाएका अनेकौँ दृष्टान्त पनि छन् । तर, प्रचण्डले आफ्नो पूरा जिन्दगी नै दाउमा लगाउनुभएको र जीवन–मरणका अनेकौँ सङ्घर्षबाट पार हुँदै आउनुभएकोले उहाँ फेरि पनि आफूलाई सन्तुलित बनाइरहन सफल हुने विश्वास गर्न सकिन्छ । जोखिमपूर्ण राजनीतिक जीवनमा धेरैलाई चिढ्याउनुभएकोले प्रचण्डको शरीर असुरक्षित रहेको र राजनीति रक्षात्मक बनेको यस घडीमा उहाँ थप असुरक्षित हुनुभएको यथार्थलाई अस्वीकार गर्न मिल्दैन । कमजोर बनेकै बेलामा शत्रुहरूले प्रहार गर्न सक्छन् भन्ने उक्ति प्रचण्डको जीवनमा लागू हुनसक्नेतर्फ प्रचण्ड स्वयम् सचेत रहनुभएको देखिँदै छ । यस्तो सकसपूर्ण अवस्थामा मानिसले रोज्ने एउटा विकल्प सन्न्यास हो । प्रचण्डले राजनीतिबाट सन्न्यास लिने निर्णय लिनुभयो भने पनि त्यसलाई आश्चर्यको विषय मान्नु नपर्ने हो । तर, उहाँ दायित्वहरूबाट यसरी घेरिनुभएको छ कि सन्न्यास लिने स्वतन्त्रता पनि उहाँले गुमाइसक्नुभएको छ । हजारौँ शहीद, बेपत्ता र घाइते समर्थक भएको आन्दोलनका नेताले सन्न्यास लिएर लुसुक्क आश्रम प्रवेश गर्न सहज हुँदैन । त्यसैले प्रचण्ड चाहेर या नचाहेर अनेक प्रकारले राजनीतिक सङ्घर्षमै समर्पित भइरहन बाध्य हुनुहुन्छ । प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन सक्नु प्रचण्डको चिरपरिचित खुवी हो । कुनै बेला दन्त्यकथाका रहस्यमयी पात्रझैँ रहँदा भन्दा ‘एक्स्पोज्ड प्रचण्ड’लाई आफ्ना निम्ति परिस्थितिअनुकूल बनाउनु चुनौतीपूर्ण हुनसक्छ, भइरहेको छ । प्रचण्ड कमजोर हुनुमा देशी–विदेशी शक्तिहरूको मात्र हात रहेको मान्न सकिँदैन, प्रचण्ड स्वयम्ले अवलम्बन गर्नुभएको नीति, निर्णय र कार्यव्यवहार त्यसनिम्ति मुख्य रूपले जिम्मेवार छ । राजनीति सुधार्न सबभन्दा पहिले उहाँले आफैँलाई बदल्न आवश्यक छ । जीवनशैलीलाई सादगीपूर्ण, सरल र मितव्ययी बनाउँदै अभिव्यक्तिमा लगाम लगाउन सक्नुभयो भने प्रचण्डको छविमा सकारात्मक परिवर्तन आउन अझै सम्भव छ । प्रचण्डले जातिवाद र क्षेत्रीयतावादलाई युद्धकालमा विजारोपण गर्नुभयो र ०६३ यता तिनै शक्ति या समूहलाई आफ्नो सहयात्री बनाउँदै आउनुभएको छ । पुनः हिंसात्मक या अर्धहिंसात्मक सङ्घर्षमा जान यस्ता शक्ति र समूह प्रचण्डका निम्ति उपयोगी हुनसक्छन् । तर, खुला राजनीतिमा वैधानिक तवरले सक्रिय रहने प्रतिबद्धता प्रचण्डमा छ भने उहाँले जातिवादी र क्षेत्रीयतावादीहरूसँगको नाता–सम्बन्ध अझै कायम राख्नु तर्कसङ्गत देखँदैन । आफ्नो या पार्टीको गुमेको हैसियत पुनस्र्थापित गर्न प्रचण्डका सामु तीन विकल्प छन् । पहिलो, पुनः हिंसात्मक सङ्घर्षमा फर्कने । दोस्रो, कानुन र संविधानको अधीनमा रही वर्तमान राजनीतिक भूमिकालाई परिमार्जन गर्दै क्रियाशील भइरहने र तेस्रो, विगतमा भएका सबै गल्ती–कमजोरीको निम्ति जनतासँग क्षमायाचना गर्दै राष्ट्रवादी भूमिकामा आफूलाई क्रियाशील तुल्याउने । पहिलो विकल्प प्रचण्डको निम्ति भौतिक दृष्टिले निकै जोमिखयुक्त र सकसपूर्ण हुनसक्छ । यद्यपि उहाँले हिंसात्मक मार्ग अवलम्बन गर्ने हो भने कुनै सीके राउतदेखि हाल आक्रामक देखिएका सबैथरी शक्तिलाई समन्वय गरेर अघि बढ्नुपर्ने हुनसक्छ । दोस्रो विकल्प प्रचण्डको समय गुजार्ने बाध्यात्मक उपाय मात्र हुनसक्छ, यो बाटो हिँडेर उहाँले हैसियत पुनस्र्थापित गर्ने सम्भावना कम असम्भावना बढी देखिन्छ । तथापि आफूले प्रधानमन्त्रीजस्तो उच्च र गरिमामय जिम्मेवारी प्राप्त गरिसकेको वास्तविकतालाई एउटा उपलब्धिका रूपमा स्वीकार गर्दै बाँकी जीवनमा सकारात्मक ढङ्गले योगदान पु¥याउन भने यही विकल्प उत्तम हुनेछ । तेस्रो विकल्प अवलम्बन गर्नुभएमा प्रचण्ड विवादमा पर्नुहुने निश्चित छ । किनकि आफूलाई राष्ट्रवादी आन्दोलनमा समर्पण गर्ने मार्ग अवलम्बन गर्दा उहाँले राजावादी, सङ्घीयताविरोधी र हिन्दूराष्ट्रका पक्षधरहरूसँग समेत एकप्रकारको समझदारी बनाउनुपर्ने हुन्छ । तर, उहाँको राजनीतिक भूमिका पुनस्र्थापनचाहिँ राष्ट्रवादी धारबाट मात्र सम्भव देखिँदै छ । अब जनवाद, माओवाद, सर्वहारावादजस्ता झमेलाहरू नेपालमा बिक्दैनन् भन्ने यथार्थबोध प्रचण्डलाई पनि भएको हुनुपर्छ । यतिबेला प्रचण्डका सहयात्रीहरू पनि दक्षिणपन्थीहरू नै हुन् । जब दक्षिणपन्थीहरूसँग नै सहयात्रा गर्नुछ भने उहाँका लागि राष्ट्रवादीहरूसँगको सहकार्य सहज, सरल र उपयोगी हुने वास्तविकतालाई इन्कार गर्न सकिँदैन । उल्लिखित विकल्पहरू दीर्घकालका लागि हुन् । संविधानसभाभित्र बहुमतका नाममा भएको खेलले माओवादी राजनीतिलाई मात्र नभई प्रचण्डको ‘इगो’मा पनि असहनीय झट्का पु¥याएको बुझ्न सकिन्छ । आफूले नचाहेको बाटो संविधानसभाले सोझ्याएपछि संविधानसभामार्फत संविधान निर्माण गर्ने एजेण्डासहित युद्ध गरेका माओवादीहरू यो एजेण्डाकै बारेमा पुनर्विचार गर्नुपर्ने अवस्थामा आइपुगेका छन् । आफ्नो चाहनाअनुरूप संविधानसभालाई प्रयोग–उपयोग गर्न सकिने स्थिति अब रहेन । त्यसर्थ, संविधानसभाले विधिसम्मत् लिने निर्णयहरूलाई चुपचाप स्वीकार गर्नु, संविधानसभाका कुनै पनि क्रियाकलापमा सहभागी नभएर दबाब पैदा गर्नु या संविधानसभा विघटनको मागसहित सर्वपक्षीय सम्मेलनबाट संविधान निर्माणका निमित्त सङ्घर्षमा उत्रनु प्रचण्डको तत्कालका विकल्प हुन सक्छन् । तर, उल्लिखित कुनै पनि विकल्प प्रचण्डका निम्ति सहज भने हुने छैनन् । राजनीतिक जोखिम उठाउने या प्राविधिक, दुईमध्ये एउटा विकल्पले मात्र प्रचण्डको पुनस्र्थापन सम्भव देखिएको छ ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>


कठै म ! :  रामप्रसाद खनाल  


उता पनि हुन्छ भन्छु, यता पनि हुन्छ भन्छु ! 
बिहान मन रुन्छ भन्छु, बेलुकी के हुन्छ भन्छु ?!
२४ घण्टा चौबिस थरी बोल्न मलाई मन लाग्छ
एकातिर टाल्छु भन्छु, अर्को खोल्न मन लाग्छ !
अाजकल सबै गुम्दा आकाश टोल्न मन लाग्छ
कुन्नी किन मलाई देशमा बिस घोल्न मन लाग्छ !
बाठाहरु छोरी दिल्ली लगिकन पढाईराछन
मेरो धुर्मुसेलाई यिनले चढाइ चढाइ सडाइराछन !
ढिलो चाँडो तान्ने हुनकी ! डर लाग्न थालेको छ
मेरो पुस्तै नाश हुन्छ कि डरले मन गालेको छ
हात हेर्ने ज्योतिसीको पनि भर परेकै हुँं
ग्रह दशा सोझ्याउन भैंसी पूजा गरेकै हुँं !
सपनीमा सद्दाम र गद्दाफी नि आइरहन्छन
श्रीलँकन प्रभाकरण मध्य रातमा बोलाइरहन्छन !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक