20150130

काँग्रेस नेता खुमबहादुर खड्काले आफ्नो पार्टी काँग्रेस र पूर्वराजा ज्ञानेन्द्र शाह मिल्नुपर्ने बताए !

काँग्रेस नेता खुमबहादुर खड्काले आफ्नो पार्टी काँग्रेस र पूर्वराजा ज्ञानेन्द्र शाह मिल्नुपर्ने बताएका छन् । बीपी मेमोरियल स्टुडेन्ट फाउन्डेशनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले संकटमा परेको राष्ट्रियता जोगाउन काँग्रेस र ज्ञानेन्द्र मिल्नुपर्ने बताएका हुन् । राष्ट्रियता बचाउने एक मात्र विकल्प काँग्रेस र पूर्वराजा मिल्नु रहेको जिकिर उनको छ । काँग्रेसले पूर्वराजासँग सहकार्य गर्दा काँग्रेसलाई मात्र नभई मुलुककै लागि
हितकर हुने तर्क उनले गरे । खड्काले वर्तमान काँग्रेस नेतृत्व राष्ट्रियताको मामलामा गम्भीर नरहेको आरोप पनि लगाए । कम्युनिष्टसँग अनावश्यक साँठगाँठ गरेका कारण काँग्रेसले आफ्नो वैचारिक पहिचान गुमाएको भन्दै गुमेको पहिचान फिर्ता गर्न ज्ञानेन्द्रसँग मिल्नै पर्ने जिकिर उनले गरे । हिन्दू राष्ट्र अभियानका संयोजकसमेत रहेका खड्काले यसअघि हिन्दू गणतन्त्रको वकालत गर्दै आएका थिए । पूर्वराजा शाहले झापाको दमकमा झण्डै एक महिना बसेर राजतन्त्र फर्काउने योजनाबारे निकतस्थसँग परामर्श गरेका बेला खड्काको यस्तो भनाइ बाहिर आएको हो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक