20150130

एकीकृत माओवादीलाई धम्क्याउन छाडेर सहमतिमा आउन प्रधानमन्त्री सुशील कोइरालाको आग्रह, एमाओवादीले सिट्ठी फुक्दैमा जनता सडकमा नआउने केपी ओलीको दाबी

  २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको नाममा स्थापना भएको गणेशमानसिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरको उद्घाटन कार्यक्रममा शुक्रबार सत्तारुढ दलका शीर्ष नेताहरुले अब कुनै पनि बहानामा संविधान लेखनको प्रक्रिया नरोकिने बताएका छन । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले अब कोही पनि डर, धाक र धम्कीबाट नडराउने भन्दै एकीकृत माओवादीलाई धम्क्याउन छाडेर सहमतिमा आउन आग्रह गरे । आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबारै भेटेर वार्ताबाट निकास खोज्न आग्रह गरिसकेको भन्दै प्रधानमन्त्री कोइरालाले अब मुलुकले आन्दोलन र द्धन्द्ध थेग्न नसक्ने बताए । सोही, कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पहाड र तराईलाई छुट्याएर संघीतामा जाने कुराको कल्पनासम्म गर्न नसकिने बताए । धम्कीको भरमा कांग्रेस–एमालेले तराई र पहाडलाई छुट्याउने गरी सहमति गर्न नसक्ने उनको भनाइ थियो । अब संविधान बनेरै छाड्ने दाबी गर्दै ओलीले एमाओवादीले सिट्ठी
फुक्दैमा जनता सडकमा नआउने दाबीसमेत गरे । प्रधानमन्त्री कोइरालालाई निडर व्यक्तिको रुपमा चित्रित गर्दै ओलीले उनलाई फकाएर वा धम्क्याएर केही भइहाल्छ की भनेर नसोच्न पनि एमाओवादीलाई चेतावनी दिए । यस्तै, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अब कुनै हालतमा संविधान लेखनको प्रक्रिया नरोकिने बताए । कार्यक्रममा दीपकप्रकाश बाँस्कोटा, डा. भगवान कोइरालालगायतले गणेशमान सिंहको योगदानको चर्चा गर्दै निम्नस्तरका जनताले सेवा पाउने गरी अस्पताल सन्चालन हुनुपर्ने बताए । सो अवसरमा चीन सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । उक्त एम्बुलेन्समा बिरामीको शल्यक्रिया गर्न सकिनेसम्मको सुविधा उपलब्ध रहेको बताइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक