20150120

बाबुरामलाई माओवादीभित्रको राम्रो नेता भन्ने राजनीतिक अन्धाहरुलाई के भनौँ र खोइ ?? दिल्लीवाला पीएचडी बाबुरामको यो पछील्लो भासण पनि सुन्ने कि !


सत्तापक्षीय दलका नेताहरुले एकीकृत माओवादी सहितको विपक्षी मोर्चाको विरोध सामु आफूहरु नझुक्ने भन्दै संविधान निर्माणको प्रकृयालाई निरन्तरता दिने बताएका छन्।
विपक्षी मोर्चाले लगातार दोस्रो दिन संविधानसभाको प्रकृयालाई अवरोध पुर्याएपछि आफ्ना सभासदहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दै सत्तापक्षीय दलहरुले उक्त धारणा राखेका हुन्।
विपक्षी सभासदहरुको नाराबाजीपछि संविधानको बैठक स्थगित गरिएको छ।
तर आगामी बैठकहरुमा सोमबार मध्यरात जस्तो संविधानसभामा तोडफोडमा नउत्रने एकीकृत माओवादीका एक जना नेताले बताए।


एकीकृत माओवादी सहित विपक्षी मोर्चाका सभासदहरुले पुर्याएको अवरोधका कारण लगातार दोस्रो दिन संविधानसभाले आफ्नो कारबाही अघि बढाउन नसकेपछि मंगलबार साँझ आफ्ना सभासदहरुलाई सम्बोधन गरेका थिए।
संविधानसभाको लोत्से हलमा आफ्ना र आफूलाई समर्थन गर्ने साना दलका सभासदलाई सम्बोधन गर्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले विपक्षी मोर्चाका दवावसामु नझुक्ने प्रष्ट पारेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने, “यस्ता उपद्रवहरुबाट हाम्रो संविधान निर्माण गर्ने, देशलाई संक्रमणकालबाट मुक्त गर्ने संकल्प तलमाथि हुँदैन, हामी ढृढतापुर्वक अघि बढ्छौ, संविधान जारी हुन्छ।”
सोमबार मध्यरात बसेको संविधानसभाको बैठकमा विपक्षी सभासदहरुले तोडफोड गरेकोमा चर्को निन्दा गर्दै ओलीले दुई तिहाई सभासदहरुको समर्थन सत्तापक्षसँग भएकाले यो संविधानसभाले संविधान बनाएरै छाड्ने बताए।
लामो समयसम्म एकीकृत माओवादीले संविधानसभालाई बन्धक बनाउन नसक्ने उनको तर्क थियो।
उनले भने, “माओवादीहरु विस्तारै निराश हुँदै जान्छन्, जति उफ्रिए पनि जति कराए पनि केही नहुने रहेछ यिनीहरु अघि बढ्ने रहेछन् भन्ने अब उनीहरुले थाहा पाउँछन्, आज पनि पाएका रहेनछन् भने भोलिपर्सीबाट थाहा पाउँदै जान्छन्।”




सभासदहरु सामु आफ्ना धारणा राख्दै प्रधानमन्त्री सुशील कोइरालाले आफुहरु सहमतिका लागी हदैसम्म लचक भए पनि एकीकृत माओवादीले विभिन्न वाहाना बनाएर अवरोध तेर्स्याइरहेको बताए।

सोमबार संविधानसभामा विपक्षी दलहरुले देखाएको व्यवहारलाई जंगली भन्दै प्रधानमन्त्रीले त्यसका कारण सत्तापक्षका दलबीचको एकता अझ बलियो हुने बताए।

विपक्षी सभासदहरुले कुर्सी र माइकहरु तोडफोड गर्दै सत्तापक्षीय नेताहरुलाई समेत आक्रमण गर्ने कोशिश गरेको बताइएपछि आज संविधानसभाको बैठक कक्षमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
तर एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलका अनुसार संविधानसभा अध्यक्ष वा विपक्षी नेतालाई आक्रमण गर्ने उनीहरुको योजना थिएन।
यसबारे छानबिन गर्न सभा अध्यक्षलाई आग्रह गरेको उनले बताए।
आगामी बैठकहरुमा पनि तोडफोड गर्ने कुनै योजना नरहेको उनको भनाई थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक