20150212

तालिवान, आइसिस, बोको हरामका नेपाली सँस्करण छबिलाल द्वारा सरकारी कार्यालयहरु कब्जा गर्ने, समानान्तर संघीय सरकार चलाउने, १० लाख युवा लडाकू परिचालन गर्ने घोषणा !

के देश सैतान  छबिलाल दाहाल उर्फ प्रचण्डका बाउको
बपौती वा यिनका ससुरालिले दिएको दाईजोनै रहेछ कि क्याहो ??!!
एमाओवादी अध्यक्ष प्रचण्डले चैत १६ पछि केन्द्रमा समानान्तर संघीय सरकार चलाउने घोषणा गरेका छन् । फागुन १६ पछि सुरु हुने दोस्रो चरणको आन्दोलनका क्रममा सरकारी कार्यालयहरु ‘जनता’ले कब्जा गर्ने भन्दै उनले त्यसबाट पनि आफूहरुको माग सम्बोधन नभए चैतमा निर्णायक आन्दोलन गर्ने बताए । पहिचानवादी युवा शक्ति घोषणा कार्यक्रममा प्रचण्डले भने-‘केन्द्रमा नै समानान्तर संघीय सरकार चलाएर राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय समुदायलाई अनुरोध गर्नेछौं, कुन सरकार बैधानिक हो ?’ आफूहरु शान्ति सम्झौताको पक्षमा रहेको र कांग्रेस र एमालेले सो सम्झौता तोडेको राष्ट्रसंघलाई भन्ने जानकारी दिँदै प्रचण्डले भने-‘हामी सोध्ने छौं तपाई कतापट्टि हो ?’ छिमेकी मुलुक चीन र भारतलाई पनि कसलाई साथ दिने भनेर
सोध्ने बताउँदै प्रचण्डले भने-‘शान्ति सम्झौता तोड्ने बैधानिक कि सम्झौताको पक्षमा रहने बैधानिक सरकार हो ?’ प्रचण्डले अहिले जारी पहिलो चरणको आन्दोलनमा कांग्रेस र एमालेलाई विगतका सहमतिबाट पछि नहट्नुस् भनेर सम्झाउन भएको बताए । अहिले पनि आफूहरु सहमतिबाटै अघि बढ्न तयार रहेको भन्दै उनले विगतका सहमतिबाट पछि हटे कांग्रेस र एमालेलाई चर्को मूल्य पर्ने चेतावनी दिए । दोस्रो चरणको आन्दोलनबारे संकेत गर्ने भन्दै उनले फागुन १६ पछि ‘जनता’ले सरकारी कार्यालय कब्जा गर्ने बताए । एमाओवादी अध्यक्ष प्रचण्डले एक पक्ष -कांग्रेस-एमाले)ले शान्ति सम्झौता तोड्छन् भने जनतालाई आफ्नो सरकार चलाउने अधिकार भएको बताए । उनले भने-‘फागुन १६ पछि प्रादेशिक सरकारहरु बनाइने छ, नाकाबन्दी गरिनेछ । तर, जनतालाई दुःख दिइने छैन ।’ ‘जनयुद्ध दिवस’ फागुन १ को अघिल्लो दिन युवा दस्ताहरुको घोषणा कार्यक्रममा सहभागी प्रचण्डले २० वर्षअघि ६० जना युवालाई भेला पारेर जनमुक्ति सेनाको फर्मेसन तयार गरेको स्मरण आफूलाई भएको सुनाए । तर, अहिले त्यस्तो युद्ध आवश्यक नभएको भन्दै उनले भने-‘अब त्यो रुपमा हिट एण्ड रन आवश्यक छैन, लाठी नै काफी छ, १०/१५ लाख युवा परिचालन गरेपछि हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’ पहिलो चरणमा आफ्नो पार्टी एमाओवादीले १० हजार र ३० दलीय मोर्चाका अन्य दलले १० हजार युवा परिचालन गर्ने उनले बताए । एमाओवादी अध्यक्ष प्रचण्डले दोस्रो चरणमा २ लाख र निर्णायक चरणमा १० लाख युवा परिचालन गर्ने योजना सुनाए । एमाओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको नाम नलिई दोस्रो जनआन्दोलनमा सहभागी नरहेकाहरु अहिले सत्तामा रहेको बताए । उनले भने- ‘केही नेताहरुले जनआन्दोलनको खिल्ली उडाएका थिए, गोरुगाढा चढेर अमेरिका पुगिँदैन भन्नेहरु अहिले सत्तामा छन् ।’ यसअघिको आन्दोलनले सर्पको टाउकोमा हानेको भन्दै उनले अब पुच्छरमा हान्ने बताए । यसको ब्याख्या गर्दै प्रचण्डले भने-‘टाउको भनेको राजा, महाराजा हुन्,पुच्छर भनेको कांग्रेस र एमालेका पुरानै सोच भएका नेताहरु हुन् ।’ प्रचण्डले माओवादी, मधेसी, जनजाति लगायतलाई किनारा लगाएर राजगद्दी चलाउँछु भन्ने दिवा सपना नदेख्नसमेत आग्रह गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक