20150204

सिंहदरबारमा बसेको ३० दलीय मोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मानसिक रुपमा असन्तुलन भएको’ भनी गम्भिर आरोप लगाए !

प्रचण्ड र विपक्षी मोर्चाका नेताहरुलाई राम्रो चिकित्सकको उपचार आवश्यक : एमाले उपाध्यक्ष भीम रावल
‘ हामी काठमाडौं आयौ, अलि बिग्रियौ, जसले हाम्रो जनतासँगको सम्पर्क पनि बिग्रियो । ’ : पुष्पकमल दाहाल
एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मानसिक रुपमा असन्तुलन भएको’  भनी गम्भिर आरोप लगाएको छ । बुधबार सिंहदरबारमा बसेको मोर्चाले ओलीले गत शनिबार दिएको अभिब्यक्तिलाई खण्डन गर्दै ओलीको मानसिक स्थिति परिक्षण गर्न माग गरेको छ। साथै ओलिको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भए ओलिको अभिब्यक्तिको विषयमा छानविन आयोग गठन
गरी सत्य सार्वजनकि गर्न पनि मोर्चाले माग गरे को छ । यसअघि ओलीले  एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए अबरुद्ध संविधानसभा खुल्ने दाबी गरेका थिए । ओलीले पार्टी केन्द्रीय कार्यालयमा शनिबार यस्तो भनेका थिए ‘ यसअघि पनि व्यस्थापीका संसद रोकिएको थियो, माओवदीलाई रोकिएको संसद खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुलेको थियो, अहिले अबरुद्ध संविधानसभा ५ देखि १० अर्ब दिन्छु भने खुल्छ ।’
संघीय लोकतान्त्रिक गठनबन्धन, नेपालको २०७१ माघ २१ गतेको बैठकले गरेको निर्णय  :
नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलीले ३० दलीय मोर्चामा आवद्ध राजनीतिक दलहरुलाई दश अरब दिएमा आन्दोलन रोकिन्छ भन्ने जस्ता अराजनीतिक, भ्रामक, निराधार र गैरजिम्मेवार आरोपको निन्दा एवं भत्सर्ना गर्दै उहाँको अभिव्यक्तिले उहाँ शारिरीक रुपमा मात्र नभई मानसिक रुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसंग माग गर्नुको साथै आवश्यक स्वास्थ्य परिक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएको विषयमा उच्चस्तरिय छानविन आयोग गठन गरी यसको सत्य तथ्य सार्वजनिक गर्न समेत आजको यो बैठक माग गर्दछ ।
एमालेका उपाध्यक्ष भीम रावलले एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीको मानसिक सन्तुलनबारे आशंका उत्पन्न भएको भन्दै स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेको विषयमा स्पष्टिकरण दिँदै प्रचण्ड  र  विपक्षी मोर्चाका नेताहरुलाई राम्रो चिकित्सकको उपचार आवश्यक रहेको बताएका छन्।

लोकतन्त्रमा छलफल हुन्छ । राजनीतिक दलका नेताहरुले आ आफ्ना विचार राख्छन् । तर्क बितर्क हुन्छ । विधि र प्रक्रिया मान्दिन भन्नेहरुले आफ्ना कुरा मात्र जतिखेर पनि माथि पार्न खोज्ने । अनि अर्कोले आफ्नो तर्क प्रभावशाली ढंगले राख्दा त्यो मानसिक विरामी छ भन्ने अभिब्यक्ति राजनीतिक संस्कार बिहीन भएकाहरुले गर्छन । यस्ता अभिब्यक्तिको खासै महत्व त हुन्छ जस्तो मलाइ लाग्दैन, तर त्यस्तालाई ओठे जवाफ दिने हो भने केपी ओली मानसिक  बिरामी छन् भनेर जस्ले भने तिनीहरुलाई नै राजनीतिक उपचार र राम्रो चिकित्सकको उपचार आबश्यक छ ।

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्नै परे संघर्ष गरेर मर्ने बताएका छन् । भृकुटीमण्डपमा भएको मध्य कमाण्ड कार्यकर्ता भेलामा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले यसअघि पनि आफु मर्न तयार भएर नै युद्धमा लागेको बताउँदै सत्तारुढ दलबिरुद्धको संघर्ष जारी राख्ने बताएका हुन् । संविधान निर्माण प्रक्रियामा सत्तारुढ दलसँग विवाद बढेपछि आन्दोलनको घोषणा गरेको माओवादीले पहिलो चरणको आन्दोलनमा देशव्यापी कार्यकर्ता प्रशिक्षण र भेला गर्दैछ । कार्यकर्ता प्रशिक्षणको क्रममा प्रचण्डले भने ‘एक स्थायी समिति सदस्यले आमरण अनसन गर्ने कि भन्नुभयो । मैले हुँदैन भन्दै मर्नै परे संघर्ष गरौ भने । ’ उनले संघर्ष गर्न कार्यकर्ताहरुलाई हौस्याउँदै अघि भने, ‘क्रान्तिकारीको धर्म जबसम्म सफल भइन्न तबसम्म संघर्ष गरिरहनु हो ।’  उनले कार्यकर्तामाझ शहर पसेर बिग्रिएको बताउँदै भने ‘ हामी काठमाडौं आयौ, अलि बिग्रियौ, जसले हाम्रो जनतासँगको सम्पर्क पनि बिग्रियो । ’ अब काठमाडौंमा निर्णयक संघर्ष हुने दाबी गर्दै प्रचण्डले त्यसअघि देशका सबै भागबाट आन्दोलनको उभार ल्याउन कार्यकर्तालाई आग्रह गरे । प्रचण्डले भने, ‘सबै ताकत लगाऔं र काठमाडौंमा निर्णायक संघर्ष गरौ । ’ यस्तै मधेशमा पनि आन्दोलन गर्नु पर्ने भन्दै प्रचण्डले अघि थपे, ‘मधेशमा ठूलो आक्रोश देखेको छु, आखिर काठमाडौंमा हामी सुतेकै बेला पनि मधेस उठेको छ ।’ यस्तै लिम्बुवानमा पनि आन्दोलन गर्न उनले कार्यकर्तालाई सुझाए । यसअघिको आन्दोलनको भिलेनको भूमिका ज्ञानेन्द्रको रहेकोले गणतन्त्र आएको बताउँदै प्रचण्डले भने ‘ राम्रो भिलेनको भूमिका ज्ञानेन्द्रले खेलेको भएर गणतन्त्रको चलचित्र सजिलै आयो । अहिले सुशील कोइराला र केपी ओलीले पनि भिलेनको भूमिका खेलर सजिलो बनाइ राख्नुभएको छ ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक