20150201

हेर्नुस् कसरी रोल्पामा जनतालाई माओवादीले युद्धमा उतारेका थिए ? स्वयम माओवादीहरुनै यसरी बर्णन गर्दैछन !

एमाओबादी पार्टीले नेपालमा चलाएको टेलिभिजन अर्थात ABC टि.भी मा प्रशारित यो कार्यक्रमको भिडियो शुरुदेखी अन्त्य सम्म हेर्नुस् , कसरी रोल्पामा जनतालाई माओवादीले युद्धमा उतारेका थिए ?? स्वयम माओवादीहरुनै यसरी बर्णन गर्दैछन !

राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न समेत उठाउन नपाउने र संविधानसभामा मतदान नहुने अवस्था आएमा संविधानसभाबाट बाहिरिने चेतावनी
राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न समेत उठाउन नपाउने र संविधानसभामा मतदान नहुने अवस्था आएमा संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ । संविधासनभाबाट बाहिरिनु अघि भित्र र बाहिर सशक्त प्रतिरोध गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए । संविधानका विवादित विषयमा प्रश्नावली बनाउन गठित प्रस्ताव निर्माण समितिले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे प्रश्न उठाउन नपाइने निर्णय गरेपछि चौथो ठूलो दल राप्रपा नेपालले अब सडक आन्दोलन थाल्ने घोषणा गरेको छ । संसदीय दलको कार्यालय सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने-अब हामी पनि सडकमा जान्छौं, कांग्रेस एमालेले हाम्रो कुरा नसुने संविधानसभामा प्रश्नवाली
प्रस्तुत हुनै रोक्छौं ।’ प्रस्ताव समितिको निर्णयलाई संविधानसभामा प्रस्तुत हुन नदिने भन्दै उनले आकार र क्षमता अनुसार सशक्त प्रतिरोध गर्ने बताए । राप्रपा नेपालका अध्यक्ष थापाले भने-गणतन्त्र, धर्मनिरपेक्षा र संघीयताबारे प्रश्नसम्म उठाउने नपाइने स्वच्छाचारी निर्णय हो । हामी पराजित हुन तयार छौं भन्दा पनि दिएनन् ।’ संविधासनभा बाहिरकालाई समेत मिलाउनुपर्ने बेलामा कांग्रेस र एमालेले संविधानसभामा भएका शक्तिहरुलाई एकपछि अर्को पाखा लगाउने काम गरेको उनको आरोप छ । ‘कांग्रेस एमालेको स्वेच्छाचारिता र दम्भका कारण प्रजातन्त्र खतरामा पर्ने भयो’ थापाले भने । उनले प्रश्नावली समितिमा आफूहरुका मान्यता राख्न नदिएको सन्दर्भमा मंगलवार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेरै ज्ञापनपत्र दिइने बताए । यसअघि नै प्रक्रिया बहिस्कार गरेको प्रचण्ड मोर्चासँग सडकमा सहकार्य हुन सक्छ ? भन्ने प्रश्नमा थापाले त्यसको सम्भावना रहेको बताए । ‘सडकमा गइसकेपछि भेट अवश्य हुनेछ, सहकार्य पनि हुन सक्छ, तर यसबारे छलफल भएको छैन’ थापाले पत्रकार सम्मेलनमा भने ।

राप्रपा नेपाल
२०७१ माघ १९ गते
 प्रेस बिज्ञप्ति
 संविधान निर्माणका विवादित बिषयहरुमा प्रश्नावली तयार गरि निर्ण्र्ाार्थ संविधानसभामा प्रस्तुत गर्न गठित प्रस्ताव समितिले धर्मनिरपेक्षता, गणतन्त्र र संघियता लगायतका विषयहरुको विपक्षमा प्रश्न बनाउन नपाउने जुन स्वेच्छाचारि कार्यविधि तयार गरेको छ, त्यो अन्तरिम संबिधान र संविधानसभा नियमावली २०७० प्रजातान्त्रिक मूल्य मान्यता र संविधानसभाको र्सार्वभौम अधिकार विपरीत रहेको छ । यस्तो र्सवसत्तावादी निर्ण्र्ााराप्रपा नेपाललाई स्वीकार छैन । यस्तो निरंकुश निर्ण्र्ाासच्याई संविधानसभामा सबै बिषयहरुमा प्रश्न उठाउने, छलफल गर्ने र निर्ण्र्ाागर्न पाउने अधिकार सुनिश्चत नभएमा राप्रपा नेपाल संविधान निर्माणको प्रक्रियाबाट अलग हुन बाध्य हुनेछ । प्रस्ताव समितिलाई संविधानसभाको पर्ुण्ा बैठकले संविधान निर्माणका विवादित विषयहरुमा प्रश्नावली तयार गर्ने मात्र अधिकार दिएको छ । कुन बिषयमा प्रश्न बनाउने वा नबनाउने भन्ने स्वविवेकिय अधिकार सो समितिलाई छैन । संविधानका अर्न्तर्वस्तु वारे निर्ण्र्ाागर्ने अन्तिम र र्सार्वभौम अधिकार केवल संविधानसभाको पर्ूण्ा बैठकलाई मात्र छ । प्रस्ताव समितिलाई संविधानका अर्न्तर्वस्तुलाई सेन्सर गर्ने अधिकार अन्तरिम संविधान, नियमावली र संविधानसभाको निर्ण्र्ााे दिएको छैन । अर्न्तर्वस्तु निषेध गर्नु तथा प्रश्नावली तयार गर्दा शर्तहरु राख्नु प्रस्ताव समितिको अनाधिकार चेष्ठा हो । अन्तरिम संबिधानको कुन दफा र नियमावलीको कुन धाराले त्यस्तो अधिकार दिएको छ - स्पष्ट गर्न हामी सम्बद्ध पक्षलाई चुनौती दिन चाहन्छौ । अन्तरिम संविधानको कुन दफाले धर्मनिरपेक्षता, गणतन्त्र र संघियता वारे बहस र निर्ण्र्ाागर्न पाईदैन भनेको छ नेपाली जनताको रानकीय सत्ता र र्सार्वभौम सत्तालाई नियन्त्रण गर्न अधिकार कसलाई छ - स्पष्ट गर्न राप्रपा नेपाल माग गर्दछ । अन्तरिम संबिधानका अर्न्तर्वस्तुहरु वारे प्रश्न उठाउन नपाउने हो भने संबिधानसभाबाट नंया संबिधान बनाउनु के तार्त्पर्य रहन्छ- के अन्तरिम संबिधान गिता, बाईबल कुरान हुन- यो नै अन्तिम संविधान हो र परिवर्तन गर्न नपाईने - यदि त्यसो हो भने अन्तरिम संविधानलाई नै नंया संविधानको रुपमा घोषणा गरे भै हाल्यो । विगतको संविधानसभाको बैठकबाट निर्ण्र्ााभएका बिषयहरु त्यो संविधानसभा संविधान नै नबनाई अवशान भए पश्चात् ती निर्ण्र्ाारु स्वतः शुन्यमा परिणत भैसकेका छन् । वर्तमान संविधासभाको कुनै बैठकबाट पनि पहिलो संविधानसभाको निर्ण्र्ााो स्वामित्व ग्रहण गरिएको वा ती निर्ण्र्ाारु अपरिवर्तनिय भनिएको छैन । यदी छ भने देखाउन पनि हामी चुनौती दिन्छौ । नेपालको अन्तरिम संविधानले अभिव्यक्ति र बिचार स्वतन्त्रतालाई सुनिश्चत गरेको छ । बिचारहरुको आधारमा राजनैतिक दल खोल्ने र जनतामा गई आफ्ना एजेण्डा स्थापित गर्ने अधिकार समेत सुनिश्चित गरेको छ । त्यहि अधिकार प्रयोग गरि बिभिन्न राजनैतिक दलहरु संविधानसभाको चुनावमा सहभागी भए । जनताबाट प्राप्त मतका आधारमा चुनिएर संविधानसभामा प्रतिनिधित्व गरेका छन् । चुनावको बेलामा जनतालाई दिएको वचन तथा पार्टर्ीीे घोषणापत्र अनुरुप नेपाली जनताबाट प्राप्त अभिमत बमोजिमको विषयबारे संविधानसभामा एजेण्डाहरु उठाउन नपाउने, बहस गर्न नपाईने र निर्ण्र्ााा लैजान नपाईने हो भने संबिधानसभाको चुनावको औचित्य के- यो कस्तो प्रजातन्त्रको अभ्यास हो- राप्रपा नेपाल नेपालको राष्ट्रिय राजनीतिमा अलग पहिचान र फरक धार बोकेको पार्टर्ीीे हो । अन्य कतिपय राजनैतिक दलहरु भन्दा हाम्रो सैद्धान्तिक मान्यताहरु आधारभुत रुपमा नै फरक रहेका छन् । अन्तरिम संविधान बमोजिम बनेको कानूनको परीधि भित्र रहि सो संविधानले दिएको अधिकार प्रयोग गरेर हामीले संविधानसभाको चुनावमा भाग लिएका हौ । सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्था र स्थानीय स्वायत्त शासनको मुल एजेण्डा बोकेर हामी चुनावमा गएका थियौ । २०६४ सालको चुनावको तुलनामा २०७० सालको चुनावमा छ दोब्बर मत र छ दोब्बर स्थान प्राप्त गरि देशको चौथो ठुलो राजनीतिक शक्तिको रुपमा राप्रपा नेपाल स्थापित भएको छ । के जनताले दिएको मतलाई प्रतिनिधित्व गर्दै हामीले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा र संघियताको विपक्षमा प्रश्न पनि उठाउन नपाउने- संविधानले हामीलाई त्यो अधिकार दिने अनि केहि दलहरुले त्यो अधिकार खोस्ने र निषेध गर्ने- फरक मान्यताका वावजुद विधि र प्रक्रियाबाट भएका निर्ण्र्ाारु स्वीकार गर्र्छौ भन्ने र्सार्वजनिक घोषणाका साथ राप्रपा नेपालले शुरु देखि नै संबिधान निर्माणमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्दै आयो । अहिले आएर कथित प्रस्ताव समितिले हाम्रा एजेण्डावारे प्रश्न पनि उठाउन नपाउने जुन बन्देज लगाएको छ, त्यसले हाम्रो र्सार्वभौम र संवैधानिक अधिकारलाई कुण्ठित तुल्याउने धृष्टता गरेको छ । जनताबाट सम्मानजनक मत प्राप्त गरेको पार्टर्ीीे एजेण्डालाई सम्बोधन गर्ने कुरा त परै जावस उल्टै प्रश्न पनि उठाउन नपाउने गरि प्रतिवन्ध लगाउने षडयन्त्र कदापि स्वीकार्य हुन सक्दैन । नेपाली कांग्रेस र नेकपा -एमाले)को दम्भले प्रजातन्त्रलाई ध्वस्त पार्ने खतरा बढेर गएको छ । संबिधानसभा बाहिर रहेकाहरुलाई समेत समेटेर संबिधान बनाउनु पर्नेमा संबिधानसभा भित्र रहेका शक्तिहरुलाई समेत एक पछि अर्को गर्दै नयां संविधान निर्माणको प्रक्रियाबाट अलग गर्ने-अलग पार्ने कार्य सत्ताधारी कांग्रेस र एमालेबाट भैरहेको छ । एमाओवादी र मधेशी मोर्चा प्रक्रियाबाट अलग रहेको दुखद स्थिति अन्त गर्नुको सट्टा असंबैधानिक र अप्रजातान्त्रिक बखेडा खडा गरि विधि र प्रक्रियालाई मान्ने राप्रपा नेपाललाई समेत नयां संविधान निर्माणको प्रक्रियाबाट अलग गर्ने दुस्प्रयास भैरहेको स्पष्ट देखिन्छ । सबै राजनैतिक शक्तिहरुलाई समेटेर नयां संविधान बनाउने तथा सबै बिषयहरुमा प्रश्न संविधानसभामा उठाउन पाउने बहस गर्ने र निर्ण्र्ाागर्न पाउने अधिकार सुनिश्चित नभएमा राप्रपा नेपाल शसक्त संर्घष्ा र प्रतिरोधमा उत्रन बाध्य हुनेछ । - वरिष्ठ अधिवक्ता विष्णु भट्टर्राई,  प्रवक्ता राप्रपा नेपाल

************************************

प्रश्न आफै सँग: के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??!! 
-रामप्रसाद खनाल
राणाहरुले राम्रो गरेका भए
२००७ साल किन आउँथ्यो ?
२००७ सालमा आएको प्रजातन्त्र
२०१७ सालमा किन जान्थ्यो ?
२०१७ मा आएको पञ्चायत
२०४६ मा लखेटिन किन मान्थ्यो ?
यि त भए पुराना कुरा
भनौंला उहिलेका कुरा खुइलिएर गए !
अहिलेका कुरा पो गर्नु !
पुराना दिन सम्झिएर हुन्छ ??
२०४६ मा बहुदल आयो
गणेशमान को कुर्सी त्याग
किशुनजी अन्तरिम प्रधानमन्त्री
संबिधान आयो, वाहवाही भयो
२०४८ मा चुनाव
नेपाली काङ्रेसले बहुमत पायो
किशुनजी हट्ना साथ
गिरिजाबाबुको शासन
काङ्रेस भित्र किचलो
एकाउन्नमा मध्याबधी चुनाव
काङ्रेस गयो, एमाले आयो
टिकेन एमाले ९ महिना पनि
त्यस पछी शुरु भए
सत्ता साझेदारीका कुरा
मिलिजुली भागबन्डाको राजनीति
कुर्सी तानातान
टिकाउने खेल
गिराउने खेल
मुसाहरु सिंहदरवार छिरे
कोही छेरपाटे लागेर
थाइल्यान्ड पुर्याइए
कोही शंकर होटलमा थुनिए
प्रजातन्त्रका नाममा
अनेक जालझेल बुनिए
मात्र कुर्सीको खेल
जन्मियो माओवादी
बाउन्न फागुन एकमा
कुर्सी नपाएको झोंकमा
काङ्रेस भित्र छत्तिस र चवत्तर
माधव केपी छाडेर बामदेब अलग
बाम घटकहरु फुट्दै जुट्दै देखेकै हो
सत्ताको लागि जे पनि गरेकै हो
कङ्रेस, एमाले, माले, रा.प्र.पा देखी
मधेशबादी गज्जु बाबु पनि भोगेकै हो
यि सबैको कुशासन
कमजोर राजा बीरेन्द्र
देश भताभुंग लथालिँग देखेकै हो
यसैको फाईदा उठाउँदै
छबिलाल र बाबुरामहरु
रोल्पा रुकुम पुगेर
सोझा साझा, गरीब, बेरोजगार,
अशिक्षित जनता भड्काउँदै
सिँहदरबारको फोहोरी राजनीति देखाउँदै
छबिलाल बाबुराम लिनुसम्म फाईदा लिए
मागेर खाए, लुटेर खाए, कुटेर खाए
अपहरणमा लागे, मान्छेका घाँटी रेट्न थाले
जँगली राज झांगिँदै गयो
काठमाडौंको फोहोरी राजनीति
सत्ताको लुछाचुँडी
छबिलालाई फलिफाप भयो
कयौँ निर्दोश काङ्रेस मारिए
एमाले चुपचाप राम हेरेर बसे
काङ्रेस पछी एमाले, एमाले पछी अरु हरु
सबै छबिलालको निशाना बन्दै गए
रक्त पिपासुहरुको शिकार भए
खसी काटे जस्तै मान्छे काटिँदा
बुच्चरले खसी रेटे जस्तै रेटिंदा
काठमाडौं लाई कहिलै दुखेन
जब छबिलाल र बाबुराम आतंकले
राजाधानी मै धावा बोल्न थाल्यो
प्रहरी सेना सबै भुत्ते साबित भयो
बीरेन्द्रको बम्श नाश
मदन आश्रित गुमाएको देश
गणेशमान गुमाएको देश
मनमोहन गुमाएको देश
बिपी र पुष्पलाल नहुँदाको देश
महत्वाकांक्षी राजा ज्ञानेन्द्र
उनका तुल्शी गिरी र किर्तिबाबुहरु
पुराना असफल अनुहारहरु
राजा एक स्तर तल झरेर
मन्त्रिमन्डलको अध्यक्ष भएको देश
राजा देखी रँक सम्म
काङ्रेस देखी एमाले सम्म
मधेशी देखी अन्य दल सम्म
स्वार्थमा चुर्लुम्म डुबेको देश
आफ्नो कुर्सी फर्काउन
गिरिजा बाबु तात्नुभयो
माकुने जि र अरुजीहरु
दिल्ली दरवार जानुभयो
महाराजको कुबुद्धी
जँगली छबिलालको आतंक
हेर्यो भारतले आफ्ना भक्त
प्रणब मुखर्जीले
पेन्शीलले गरेको १२ बुँदे खेस्रा
महाराजको काल भो
शहरिया देखी जँगली सम्म
सबैलाई माल भो
देशको यो हाल भो
अर्बौँ पैसा सकियो
दुई दुई चुनाव
६०१ औंठाछाप बने माननिय
देश लुटिँदैछ, जनता लुटिँदैछ
न छ संबिधान, न त शान्ती !
देश चिर्ने सुर सार
सानो देश !
ककसलाई भाग बिलो पर्ने हो
भाग बिलो नपाउने ले के गर्ने हो ?
बिबेक नभएका नेता
आत्मियता हराउँदै गएका जनता
आखिर अवस्था जहाँको तहीँ छ
बिकास निर्माण आकाशको फल
युवा जनशक्ती बिदेश पलायन
उस्तै छ नेताको छल
गाउँहरु खाली छन
न त खेत बारीमा बाली छन
बुढा बुढी बाउ आमाको बिजोग
देशको देखिंदैन राम्रो योग
प्रहरी भाँडेर
प्रशासन भाँडेर
सेना भाँडेर
छबिलाल र बाबुराम प्रधानमन्त्री बनेर
लुट्न सम्म लुटेकै हुन
देशको सम्पत्ती
लुटको धन फुपुको श्राध्दे गरेकै हुन
कुर्सी गुमेर बेहोस् यो जोडी
यिनका मितहरु
आतंकका प्रितहरु
फेरी जँगलको ध्वाँस दिँदैछन
थाहा छैन यिनिहरु
देश र जनता सँग
कुन युगको बदला लिंदैछन
यो सबै देख्दा लाग्छ, म किन चुप छु ??
म जिउन्दो मान्छे हुँं या मुर्दा ??!!
म जिउँदो भए किन बोल्दिन ??
यती हुँदा पनि आवाज किन खोल्दिन ??
यता उता हेर्छु सबै म जस्तै !!!
के नेपाल म जस्तै जिउँदा लाशहरुको बास हो ??
सोध्छु प्रश्न आफै सँग !
बिचरा म,
आफ्नो प्रश्नमा आफै अनुत्तरित छु !!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक