20150228

खुलामन्चमा आए २ लाख मान्छे ?? २०० मिटर x ८० मिटरको खुलामन्चमा २ लाखै उतार्नु भो त ?? नेताजीहरुको अंकगणित चाहि साच्चै दयनिय रैछ !


खुलामन्चमा आए २ लाख मान्छे ?? २०० मिटर x ८० मिटरको खुलामन्चमा २ लाखै उतार्नु भो त ?? रत्नपार्कमा उपस्थित मान्छेले खुलामन्च भरिएर चरो मुसो पनि छिर्ने ठाउ बाँकी रहेन भने कति मान्छे अट्छन भन्ने हिसाब त गर्नु भएको थियो ? दुइ लाखै न आए पनि १ लाख त उतार्यौ भन्ने होला, हैन ?? लौ तपाइको सजिलोको लागि मैले हिसाब निकाल्दिन्छु, वास्तविक भन्दा अलिक बढी नै हुनेगरी,  २०० x ८० मिटर भनेको १६,००० वर्ग मिटर भो, च्यापिएर बसियो भने पनि एक जनालाई २ फीट x २ फीट जमिन चाहिन्छ, खुला मन्चको क्यापासिटी १६०००/०.३६= ४४,४४४ जना रहेछ, आज कति मान्छे उतार्नु भो खुला मन्चमा ?? खुलामन्चमा सभा आयोजना गरेर २ लाख मान्छे उतार्ने नेतालाई थाहा त छ खुला मन्चमा कति मान्छे अटाउछन भनेर ?? अब ३० दलको दलको सामुहिक अामसभा, त्यसम्याथएे देशै भरी बाट अनिबार्य रुपमा उपस्थित गराइएका, उपस्थित नहुने लाई कार्वाही गर्ने, निस्कासन गर्ने भन्दै भनिएको उक्त आमसभामा          भरिएको खुलामन्चमा कति मान्छे आएछन ? आफै हिसाब गर्नुस है प्रचण्ड कामरेड !! नेताजीहरुको अंकगणित चाहि साच्चै दयनिय रैछ !
- Guru Bhattarai

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक