
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) तथा NRN USA को हातेमालो
- होमनाथ सुवेदी (संस्थापक अध्यक्ष - अनेसास)
- होमनाथ सुवेदी (संस्थापक अध्यक्ष - अनेसास)

‘ब्रिटिसेली नेपाली साहित्यकारहरुको भूमिका यी विभिन्न क्षेत्रमा भैरहेका विकासको अध्ययन गर्नुपर्ने हुन्छ ।
अनेक डायस्पोराका खास नाम लिनुपर्दा महादेशको आधारमा यी नाम लिनुपर्दछ ः १. उत्तर अमेरिकाली नेपाली डायस्पोरा साहित्य, २. ल्याटिन अमेरिकाली नेपाली डायस्पोरा साहित्य, ३. युरोपेली नेपाली डायस्पोरा साहित्य, ४. एसियाली नेपाली डायस्पोरा साहित्य, ५. ओसेनियाली नेपाली
डायस्पोरा साहित्य, ६. अफ्रिकाली नेपाली डायस्पोरा साहित्य
डायस्पोरा साहित्य, ६. अफ्रिकाली नेपाली डायस्पोरा साहित्य
२००९मा न्युयोर्कमा प्रथम अनेसासको कन्फेरेन्सले गरेको घोषणा–पत्रलाई हेर्दा डायस्पोरिक साहित्यको अध्ययनमा जोड दिइएको छ । अगस्त २६,२७,२८, २०११ मा भएको दोस्रो अनेसासको लन्डन कन्फेरेन्सले गरेको घोषणा–पत्रलाई मध्ये नजर गरी हेर्दा हाम्रो यो कदम अत्यन्त सही दिशामा निर्देशित भएको मैले पाएँ ।
२०१३ मा भर्जिनियामा भएको तेस्रो अनेसासम्मेलनले पनि यो कुरामा जोड दिएको छ । अब चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन टोकियो जापानमा यही २०१५ हुदैछ । त्यसमा हामी सबैको ध्यान जानु मात्र हैन आफू स्वयम् त्यहाँ पुग्नु आवश्यक छ ।
उक्त महादेशका अनेक उपडायस्पोरा पनि छन् । उत्तर अमेरिकालाई उपमहादेशीय डायस्पोरामा यसरी प्रस्तुत गर्न सकिन्छ ः
१. उत्तर अमेरिकाली नेपाली डायस्पोरा साहित्य
बर्मुडा, ग्रीनल्यान्ड, सैन्ट पिरे मिक्वालिन, क्यानाडा, संयुक्त राज्य कमरिका यसभित्र पर्दछन् । यीमध्ये क्यानाडा र सं.रा.अमेरिका बाहेक अरुमा नेपाली साहित्य छैन । तर क्यानाडा र संयुक्त राज्य अमेरिकामा प्रशस्त नेपाली छन् र प्रशस्त प्रकाशन अनि यिनका आफ्नै विशेषता भएकाले यिनलाई २ पृथक् उप डायस्पोराको रुपमा राखी यसरी अध्ययन गरिएको छ ः क. अमेरिकाली नेपाली डायस्पोरा साहित्य, ख. क्यानाडेली नेपाली डायस्पोरा साहित्य ।
क. अमेरिकाली नेपाली डायस्पोरा साहित्य,
अमेरिकामा लेखी अमेरिकाबाट प्रकाशित ई. १९९० पूर्व यहाँ नेपाली साहित्यमा प्रकाशित होमनाथ सुवेदीका यी ५ वटा उपन्यास मात्र देखिन्छन् ः न्याउली –सन् १९८५, रत्ना– सन् १९८५, नजर– सन् १९८६, वीणा–सन् १९८६, त्रिमूर्ति– सन् १९८६, उपन्यास । यिनमा मूल थलोबाट निर्वासन र नयाँ थलोको असन्तुष्टिले व्याप्त व्यथालाई अन्य स्थान र पात्रको परिवेश निर्माण गरेर तिनको उजागर गरिएको छ , अप्रत्यक्ष रुपमा । परिवेश अमेरिका बेलायत र नेपाल छन् । ती परिवेश चाहे नेपाल वा विदेश स्वर डायस्पोराकै छ भने दर्शनमा यी अस्तित्ववादी छन् । सन् १९९० सम्म अमेरिकाली नेपाली डायस्पोरा साहित्यको विकासको लागि छुट्टै कुनै संस्था थिएन । व्यत्तिगत लेखन र प्रकाशन मात्र भएको थियो ।
ई. १९९०/९१ मा अनेसासको स्थापनाले संस्थागत विकासको द्वार खोल्यो र संस्थागत प्रकाशनहरु भए । इन्टर्नेटको विकासले १९९३ देखि पुरुषोत्तम सुवेदीको सम्पादकत्वमा अनेसासको साहित्यिक Insight इलेक्ट्रोनिक न्युजलेटरको विकास भयो । नेपाली साहित्यमै सबभन्दा पहिलो साहित्यिक पत्रिका हो यो । यही पछि हार्डकपीमा ‘अन्तर्दृष्टि’ भयो, र वेभमा inls.org भएको छ । यद्यपि अस्ति, हिज, आज, र भोलिको बर्गीकरण अनुसार पनि धेरै कुरा देखाउन सकिन्थ्यो तर यहाँ डायस्पोरागत रुपमा अध्ययन भैरहेकोले त्यो वर्गीकरण अनुसार प्रस्तुत न गरेर सीधै १९९०देखि पछि, ऐले सम्मका अनेसासका यो डायस्पोराका प्रकाशन प्रस्तुत गरिन्छ ।
ख. क्यानाडेली नेपाली डायस्पोरा साहित्य
मानकाजी श्रेष्ठको ‘चीनको डुलाई क्यानाडाको बसाइ’ –यात्रा संस्मरण २०५९)क्यानाडाको साहित्यवारे खास गरी कवितामा किरण ढुङ्गानाद्वारा सम्पादित ‘दियालो’ पत्रिकाको अविस्मरणीय योगदान छ । गोविन्द सिंह रावतको ‘क्यानाडाको लाइफ’ नयाँ डायास्पोरिक कविता हो । यसमा नेपालीलाई अपच हुने क्यानाडाको रहनसहनमा प्रकाश पार्दै आफ्नो संस्कृतिप्रतिको मोह देखाएर पनि क्यानाडेली नेपाली डायास्पोरालाई यो स्वीकार नगरी सुख छैन भन्ने अलिखित उत्तरको व्यञ्जना गरेका छन् कविले । किनकि यो रोजाइ उन(डायास्पोरा)को आफ्नो हो । वास्तवमा हुन पनि यो डायास्पोरिक पात्र वा वर्ग वा समुदाय पुरानो डायास्पोरा हैन जो धपिएर आएको थियो र जितेर फर्केला भन्ने आशा गरिओस् । यो त नयाँ डायास्पोरा हो जे भोगेको छ त्यो सब पीडा उसको रोजाइ हो । उसले छानेको विकल्पको वरण हो ।
आज उत्तर अमेरिकाली नेपाली साहित्यका विषेशतालाई यसरी राख्न सकिन्छ ः
१. इमिग्रेशनको प्रश्नबाट उद्वेलित हुनु, २. साँस्कृतिक संक्रमणको पीडा, ३. नयाँ देशमा काम र मामको समस्या, ४. नयाँ देशमा अर्को भाषाको समस्या, ५. डायास्पोराको प्रश्न अनि मात्र जीवनको लागि जीवनको प्रश्न, ६. अंग्रेजी र स्पेनिस मिस्रित टुटेफुटेको जस्तो अनौठो प्रकारको नेपाली भाषा, ७. संचेतना प्रविधिको प्रयोग, ८. नवीनतम विम्ब प्रयोग र लेखन शैली ।
६. अफ्रिकाली नेपाली डायस्पोरा साहित्य
क. पूर्वी अफ्रिकाली नेपाली डायस्पोरा साहित्यः यसभित्र बुरुन्डी, कोमोरोज, जिबुटी, एरिट्रिया, इथोपिया, केन्या, माडास्गस्कर, मलावी, मौरिटस, मोजाम्बिक, रियुनियन, रवान्डा, केचिलेस, सोमालिया, युगान्डा, युनाइटेड रिपब्लिक अफ तान्जिानिया, जाम्बिया, र जिम्बाब्बे पर्दछन् ।
ख. मध्य अफ्रिकाली नेपाली डायस्पोरा साहित्य ः यसभित्र एङ्गोला, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिफ्रिकन, चाड, कन्गो, डेमो.रिपब्लिक अफ कङ्गो, इक्वाटोरियल गैनिया, गाबोन, साओ टोमे एन्ड प्रिन्सिप पर्दछन् ।
ग. उत्तरी अफ्रिकाली नेपाली डायस्पोरा साहित्य ः यसभित्र अल्जेरिया, इजिप्ट, लिबियन अरब जमहिरिया, मोरक्को, सुडान, टुनिसिया, र वेस्टर्न सहारा पर्दछन् ।
घ. दक्षिणी अफ्रिकाली नेपाली डायस्पोरा साहित्यः यसभित्र वोत्सवाना, लेसोथो, नामिबिया, साउथ अफ्रिका, र स्वाजिल्याण्ड पर्दछन् ।
ङ. उत्तरी अफ्रिकाली नेपाली डायस्पोरा साहित्य ः यसभित्रBenin, Burkina faso, Cape Verde, Cote d’Ivore, Gambia, घाना, Guinea, Guinea-Bissau, Liberia, माली, मौरिटानिया, नाइजर, नाइजेरिया, सेन्ट हेलेना, सेनेगल, Sieria Leone, र टोगो पर्दछन् ।
प्रकाशनको सूचीको खोजी मात्र गर्न पनि अनेक डायस्पोरामा त्यहीका साहित्यकार बढी सक्रिय हुनुपर्छ । यो सानो कार्यपत्रमा सबै लिष्ट दिन पनि सम्भव भएन । अनेक डायस्पोराको अवधारणा अनुकुल प्राज्ञिक अध्ययन सबैतिर हुनु आवश्यक छ ।
अनेक डायस्पोराले भूगोल अनेक र इतिहासका अनेक आदि विविधताका आधारमा व्याख्या गर्न सकिन्छ तापनि ऐलेको सन्दर्भ नयाँ डायस्पोरा हो, एन्आरएन् हो ।
नेपाली डायास्पोरा प्रकाशन विशेषता हुन् ः १. परदेश हुनु, २. पुरानो र नयाँ भूमिको साँस्कृतक चिन्तन, ३. फिर्ता लिन्न कि भन्ने भयले एक्लोपन ४. मूल भूमिलाई नै सही अर्थमा आदर्श भूमि ५. मातृभूमिको सेवामा समर्पण, ६. डायास्पोरिक संचेतना ।
नेपाली डायस्पोराका चार सोपानको क्रम अनुसार विशेषता सहित प्रकाशनको अध्ययन, तिनलाई अझ विधागत अध्ययन, अनेक डायस्पोरिक साहित्यको लक्षण विशेषता समस्या समाधान इत्यादिको अध्ययन वर्गीकृति रुपमा गर्नु पर्ने कुरालाई अनेसासको लन्डन कन्फेरेन्सको घोषणा–पत्रले संकेत देखाएको छ ।
एनआर्एन्ए २००३ मा स्थापित भयो र यसले नेपालका सबैलाई व्यक्ति वा संस्थालाई नेतृत्व दिदै आयो । अमेरिका र अनेसासले सुरुदेखिनै सहकार्य गर्दै आएका छन् । नेतृत्व वर्गमा रहेका पनि उत्तिकै चासो रहेको छ । एनेआर्एन्एको नेतृत्वमा रहेका यी अध्यक्षहरुले भाषा साहित्य र सस्कृतिको उत्थानको लागि काम गरिरहेका छन्
Dr. Upendra Mahato was the first president of the ICC (2003-2009)
Mr. Dev Man Hirachan was the president of the ICC (2009-2011)]
Mr. Jiba Lamichhane was the president of the ICC (2011-2013)
Mr. Shesh Ghale is the current president of the ICC (2013-2015)
गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं
सन् २०१५ मार्च ९ का दिन संघको प्रधान कार्यालय भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशील कोईरालाले एक समारोह वीच शिलान्यास गर्नु भयो ।
आजको शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत, रसीयका राजदूतका साथै विभिन्न मुलुकहरुबाट १०० भन्दा बढी गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।
यो हुनु हामी सबै युएस्एका बस्ने आप्रवासी ३००००० तीनलाख नेपालीको लागि गौरवको कुरा हो । त्यति हैन यो भित्र र बाहिरका सबै नेपालीको लागि गौरवको कुरा हो । नयाँ सम्विधान चाँडो बनोस् । एक पटकको नेपाली सदा नेपालीको अवधारणाले विकसित हुने मौका पायोस । यसमा तपाई हामी सबैको नेपालप्रति माया नेपालको भाषा साहित्य र सँस्कृतिप्रतिको माया र ममता र मूल देश नेपाल भूमिमा मातृभूमिका भाइहरुको पनि भातृत्वको कामनाले विछडिका भाइहरुलाई सदा मातृभूमिसित जोड्नेछ । मनमा शान्ति भन्दा अरु ठूलो वैभव केही छैन । अमेरिका र अस्टे«लियाको वैभवले मात्र हाम्रो मन सन्तोष हुने भए रामले सुनैसुन भएको लंका जितेर पछि त्यही सुनमै रमाएर वस्थे होला । उनी त्यसरी बसेनन् बरु गरिब अयोध्यामा नै आउन रुचाएर लक्ष्मणसित भने
ूअपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी॥ू
रामले सुन नै सुनको श्रीलंका विजय गरे पछि पनि उनको मन त्यहाँ रमाएन र लक्ष्मणसित लोकलाई पनि हुने गरी भनेस्
आमा र आफ्नो मातृभूमि स्वर्ग भन्दा पनि प्यारो हुन्छ, महान हुन्छ, महिमामयी हुन्छ।
हो, त्यो उक्ति कति सही छ त्यसका प्रमाण स्वयम् तपाईहरू नै हुनुहुन्छ। अमेरिका जस्तो वैभवशाली देशमा बसेर पनि नेपाल आमाको सेवा सम्झना र दर्शन न गरी कहिल्यै पेट भरिदैन।
हामी अरु कुरामा मत भेद राख्न सक्छौँ तर मातृभूमिको सेवाको लागि हामी सदा एक हुन्छौं। त्यही एकताको प्रमाण हो यो (
अखिल नेपाल अमेरिकी नेपाली संगठन -ANA_को स्थापना सन् १९८३मा भयो । वास्तवमा यो नर्थ अमेरिकाली नेपालीको साझा संस्थाको रुपमा पहिलो हो । केवल साहित्यको लागि अनेसास होला, साना शहरको लागि अमेरिका नेपाल सोसाइटी जस्ता अरु संस्था पनि थिए र होलान् त्यो छुट्टै कुरा हो । तर समग्रमा नर्थ अमेरिकाको संस्कृतिलाई बोक्ने संस्था त्यस बेला १९८३ मा यही जन्मेको थियो र यसले त्यसबेलादेखि नै साहित्य कला संस्कृतिको विकासमा पनि योगदान दिदै आएको हो । १९९० भनौं अनेसासको स्थापना अगाडि डा. अमर गिरीको रगत कविता यही छचल्किन्थ्यो, डा. विष्णु पौडेल परिमल र कुमुद शर्मा तथा अम्बिका अधिकारीको र न्युजलेटरका सम्पादक होमनाथ सुवेदी, पुरुषोत्तम सुवेदीहरुले नेपाली भाषालाई पत्रिकामा स्थान दिने काम पनि अखिल नेपाल अमेरिकी नेपाली संगठन -ANA_को हाताबाटै गराएको हो । अनेसास वि.सं. २०४८ असार २९(जुलाई १३)को दिन शुक्रवार भएकोले असार ३० शनिबार (१४)को दिन लिसेल्भिेनिया स्टेटपार्क भर्जिनियामा बनभोजको लागि हाम्रो परिवार जम्मा भएर अमेरिकामा पहिलो पटक भानुको स्मरण गरिएको थियो अनि त्यही सालको विलयादशकीमा अनेसासको स्थापनाको घोषणा गरिएको र ई. १९९१को जनवरी ११मा विधान परिषदको पनि स्थापना भए पनि अखिल नेपाल अमेरिकी नेपाली संगठन -ANA_को १९९४को मेरिमाउन्ट युनिभर्सिटीमा भएको १२औं कन्भेन्शनको साहित्यिक उपमहाद्विप (Literary Island)बाट जल्दोबल्दो रुपमा हरएक वर्ष सम्मेलन हुन थालेको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको जन्मको समाचार गोरखापत्रमा छापिएको दिन सन् १९९० को विजया दशमी हो । अनेसासको विधान परिषदको स्थापनाको मिति शनिवार, जनवरी ११, १९९१ हो । अनेसासको स्थापनाका प्रारम्भमा बौद्धिक तथा भौतिक तवरमा काम गर्ने संस्थापक सदस्यहरु हुन् डा.विष्णु पौडेल, डा. अमर गिरी, डा. हरिहर प्रसाद भट्टराई, राम मालाकार, डि.बी. तामाङ्ग, प्रकाश सुवेदी, अच्युत श्रेष्ठ, पुरुषोत्तमसुवेदी, धन थापा, कल्पना सुवेदी, लव गाउँले, कल्पना सत्याल, पुरु घिमिरे, नन्दा सुवेदी, राजु श्रेष्ठ, वासु सत्याल, रिषिनाथ सुवेदी, माधव प्रसाद शर्मा, शिवप्रसाद सत्याल, प्रमुख संयोजक तथा सँस्थापक अध्यक्ष होमनाथ सुवेदी स्ययम् । यिनैमध्येबाट विधान परिषद गठन गरिएको थियो र ती ११ जनालाई विधान परिषदमा छानेको हेतुले संस्थापक भने पनि खास काम गर्ने प्रथम संस्थापक व्यक्तिहरु माथिका २० जना सबै हुन् । यी सबै नेपाली भाषा–पे्रमी थिए । अनेसासको सञ्जाल करिब ७०भन्दा बढी स्थानमा फैलिएको छ र अमेरिकाभरि जहाँ जहाँ एएन्एको कन्भेन्सन भए पनि यी च्याप्टरहरुले कविता महोत्सव वा साहित्यिक कार्यक्रमको आयोजना गर्दछन् ।
अनेसास÷एन्आर्एन्ए कविता महोत्सवः हिज, आज र भोलिको आफ्नो छुट्टै इतिहास बनिसकेको छ । आज जस्तै अनेसासले एन्आर्एन्एको अन्तर्राष्ट्रिय सम्मेलन होस् वा क्षेत्रीय हरएका ठाउँमा अमेरिका मात्र हैन हरएक क्षेत्रमा सहयोग र समर्थन र कार्यक्रम गरेको छ र गरिरहोस् । यसभन्दा अगाडि अनेसासले एन्आर्एन्एको अन्तर्राष्ट्रिय सम्मेलन होस् वा क्षेत्रीय हरएका ठाउँमा यस्तै कार्यक्रम गरेर आएको इतिहास एकजना प्रत्यक्षदर्शी एन्आर्एन्एका भूपू उपाध्यक्ष डा. श्याम कार्की यही स्टेजमा नै हुनुहुन्छ । त्यस्तै ऐले अनेसासको युरोप क्षेत्रीय सम्मेलन लुभेन बेल्जियममा हुदैछ । त्यसमा एन्आर्एन्एका साथीहरुले राम्रो मदत गरिरहेका छन् । आगामी नेतृत्व पनि यस्तै खगेन्द्र जिसी जस्तै हाम्रो लागि वकालत गर्न सक्ने आयोस् । यहाँ जित हारको कुरा होइन काम सबैको हितमा हुनसकनुपर्छ ।
अनेसास एन्आर्एन्ए मिलेर काम गर्ने त्यो कामको प्रकृति एशिया, अस्ट्रेलियामा पनि सहसम्वन्ध हुनुपर्छ । नेपाली भाषा र साहित्यको विकासको संस्थागत विकास गर्न अफ्रिका र दक्षिण अमेरिकामा अनेसास पछाडि रहेको छ । ती क्षेत्रमा एन्आर्एन्एका साथीहरुले नै भाषा र साहित्यको काम गर्न त्यहाँ अनेसासका च्याप्टर खोलेर काम गर्न मदत गर्नुसक्नु पर्दछ । संस्थागत रुपमा नाम अलग देखिए पति हाम्रो मूल उदेदेश्य यौटै हो, इच्छित भूमिको समस्या सबैको यौटै हो । नेपाली बनिरहन चाहने इच्छा र प्रेम यौटै हो । यही भाषा साहित्य कला र संस्कृतिले हामी नेपाली छौं भन्ने पहिचान देखाउछ । हाम्रै लोकगीत र लोक संगीतले हामीलाई लोभ्याउँछ । त्यसो न भए ऐले भरखर नव निर्वाचित दोहोरी गायक तथा कवि राम प्रसाद खनाल त्यति धेरै प्यारो हुने थिएनन् । मान्छेलाई हैन नेपालीको त्यो लोकगीतको स्वरलाई हामी आप्रवासीले गरेको माया हो । नेपाली डायस्पोरा अब एन्आर्एन् सँस्कृतिको निर्माणमा अग्रसर छ । नेपालीको मूल घर कसैले नछिनोस र नयाँ घर पनि राम्रो बनाओस र भाषा, साहित्य, कला र सँस्कृतिले यो घर र त्यो घरको बीचमा यौटा मजबूत पुल बाधुन् । निर्वासनको भावनाबाट मुक्त भएर यो दुई दिनको जिन्दगी हाँसीखुशी जिउन पाइयोस । एन्आर्एन्एका साथीहरुले गरेको गर्न चाहेको प्रयत्न यही हो । सुनै सुन छ । पैसैपैसा यही विदेशमा छ भनेर मान्छेको मन भरिने भए रामलाई लङ्का थियो, बसेनन्, डा. उपेन्द्र महतो र जीवालाई रसिया थियो, बसेनन्, शेष घलेलाई अस्ट्रेलियामा नै के कमी थियो र वैभवको ? तर नेपाल न भै उनीहरु कसैको पनि पेट भरिएन । मातृभाषा, जननी र आफ्नो पहिचान दिने आफ्नो जन्मभूमिभन्दा प्यारो अमेरिका त के स्वर्ग पनि हुदैन ।
ूअपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी॥ू
नेपालका कुनामा हाम्रा घर थिए । ऐले बालुवाटारमा हाम्रो घर बन्दैछ । यसमा हाम्रो नेपालभित्र र बाहिरका नेपालीको भाषा, साहित्य, कला, सँस्कृति र ज्ञानविज्ञानको भन्डार हुनेछ । हामी निर्वासन भावनाबाट मुक्त हुनेछौं । डायस्पोरिक पीडाबाट मुक्त साहित्यको पनि विकास हसन थाल्नेछ । अनेकतामा विभाजित हामी अनेकतालाई स्वीकार गरेरै नेपालीको एकता र एक जातीयताको शिखरमा पुग्नेछौं भन्ने हाम्रा यी आजका गतिविधिहरुले देखाएका छन् ।
(०३/२१/२०१५ को दिन वाशिंगटन डी सीमा एन्आरएन्एयुएस्एको तेस्रो बार्षिक साधारण सभामा भएको अनेसासको साहित्यिक कार्यक्रमको लागि प्रस्तुत)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक