20150430

वाशिङ्टन डिसीबाट सहयोगीमनहरुबाट आर्थिक सहयोग उठाएर नेपालका भुकम्प पीडितहरूलाई बितरण गर्न एउटा मेडिकल टिम नेपाल प्रस्थान

एउटा खुशीको खबर : वाशिङ्टन डिसी बाट सहयोगीमन हरुबाट आर्थिक सहयोग उठाएर नेपालका भुकम्प पीडितहरूलाई बितरण गर्न ए एन एच एस् का अध्यक्ष सागर कंडेल, पदम रेग्मी, डा. मदन उप्रेती सहितको एउटा मेडिकल टिम नेपाल प्रस्थान गरेकोछ । जसले जती सक्यौँ आर्थिक सहयोग उठाएर पठायौँ । सबै सहयोगी हातहरुलाई अनि नेपाल जाँदै गरेको यो टिमलाइ बिशेष धन्यवाद । डोनेशन उठाउने क्रम जारी छ, कोही नथाकौं । तपाईं हाम्रो सानो सहयोग पनि अहिले नेपाल मा ठुलो सहयोग हुन सक्छ । जता बाट जो मार्फत हुन्छ जसरी पुग्छ सहयोग पुर्याउन हामी अग्रसर हौँ । यो दु:खद घडीमा घाइतेहरुलाइ मलम पट्टी लगाउन सकौँ सबैसँग बिनम्र आग्रह ।


केहि क्षणमै सशस्त्र प्रहरीका ती इन्स्पेक्टरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका क्यामेराले घेर्न थाले !
राजेश कुईकेल / उज्यालो । काठमाडौं, वैशाख १७  बिहीबार दिउँसो १२ बजेको समय, काठमाडौंको गोंगबु चोक नजिकै सशस्त्र प्रहरीसँगै स्थानीयवासिन्दा नारावाजी गर्न थाले । सशस्त्र प्रहरीका केही जवानले प्रहरी निरीक्षकलाई उचालिरहेका थिए । केहि क्षणमै सशस्त्र प्रहरीका ती इन्स्पेक्टरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका क्यामेराले घेर्न थाले । सशस्त्रका ती इन्स्पेक्टरको खुशीको सीमा नै थिएन । सञ्चार माध्यमलाई उत्तर दिन भ्याइनभ्याइ भयो । इन्स्पेक्टरले यति चमत्कारिक काम गरेका थिए कि जसले गर्दा उनीप्रति सबैको ध्यान गएको थियो । ती व्यक्ति थिए सशस्त्र प्रहरी बल विपत व्यवस्थापन सेलका प्रहरी निरीक्षक लक्ष्मण बस्नेत । र, उनले ५ दिनदेखि घरले पुरिएर लगभग सबैले माया मारिसकेका
एक यूवा पेम्वा लामालाई ज्यानको बाजी थापेर जीवितै उध्दार गरि बाहिर निकालेका थिए  । 
शनिबार नेपालमा गएको विध्वंसकारी भूकम्पमा सात तलाको घरमुनि थिचिएका नुवाकोटका पेम्वा लामालाई बस्नेत नेतृत्वको टोलीले छैठौं दिन जिवितै उद्धार गरेको हाे । गोंगबुका हिल्टन गेष्ट हाउसको सात तले भवनको पहिलो तलामा थिचिएर बसेका लामालाई आफ्नो ज्यानको बाजी लगाएर बस्नेतले जिवितै उद्धार गर्नुभयो । लामालाई शकुसल बाहिर निकालेपछि इन्स्पेक्टर बस्नेतले भने, ‘यो हामी सवैको सफलता हो, यो क्षणमा म केहि बोल्न सकिरहेको छैन किन कि एक असंभव तथ्यलाई हामीले संभव तुल्याउन सफल भएका छौं ।’ अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा हजारौं सर्वसाधारणका अघि निकै भावुक मुद्रामा प्रस्तुत भएका बस्नेतको अनुहारले प्रस्ट देखाउथ्यो कि उहाँले कस्तो सफलता प्राप्त गर्नुभएको छ भनेर । अन्य उद्धारकर्मी भित्र पस्न नमानिरहेका बेला भवन भित्र पसेका बस्नेतले निकै कुशलता तथा सावधानीपूर्वक झण्डै ६ घण्टा लगाएर लामालाई नयाँ जीवन दिनुभयो । हजारौं मानिस र सुरक्षाकर्मीको ताली र वाहवाहीका बिच बस्नेतले लामालाई उद्धार गर्न निकै कठिन र चुनौतिपूर्ण रहे पनि सवै उद्धारकर्मीको सहयोगले सफलता हासिल गरेको बताउनुभयो । ‘देशमा भूकम्पका कारण हजारौको ज्यान गएता पनि छैठौं दिनमा एक युवकलाई नयाँ जीवन दिन सकिएको छ, यो नै हाम्रो लागि ठुलो कुरा हो ।’ उहाँले भन्नुभयो । आफ्नो ज्यानको बाजी राखेर देशका लागि काम गर्न पाउनु आफ्नो लागि निकै ठूलो उपलब्धि भएको बताउँदै बस्नेतले भूकम्प पीडितको उद्धारका लागि खटिरहने बताउनुभयो ।विहान ६ बजेदेखि अमेरिकाका उद्धारकर्मीको सहयोगमा उद्धारका काम थालेका सशस्त्र प्रहरीका इन्सपेक्टर बस्नेतको बहादुरीको स्थानीय बासिन्दाले खुलेर प्रशंसा गरेका छन् भने आम मानिसले जयजयकार । बस्नेतले २ दिनअघि मात्र पनि त्यही ठाउँमा एक जनालाई उद्धार गर्दा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक