20150404

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिमरा र रौतहटमा सेवा केन्द्र सार्न नसक्नेले राज्यको पुनर्संरचना गर्नै नसक्ने बताए !

सत्तापक्ष र विपक्षी मोर्चाबीच संविधानसभाबाट संविधान जारी नगर्ने विषयमा कार्यगत एकता भएको दावी !
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिमरा र रौतहटमा सेवा केन्द्र सार्न नसक्नेले राज्यको पुनर्संरचना गर्नै नसक्ने बताएका छन् । शनिबार रिपोर्टस क्लबको साक्षात्कार कक्षमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । सरकारले रौतहटमा सुरु गरिएको सेवा केन्द्र सार्ने निर्णय फिर्ता लिएजस्तै प्रदेश निर्माणको कुरा पनि फिर्ता लिने सम्भावना व्यक्त गरे । सत्तापक्ष र विपक्षी मोर्चाबीच संविधानसभाबाट संविधान
जारी नगर्ने विषयमा कार्यगत एकता भएको दावी गर्दै चैत्र २३ गते बोलाइएको संविधानसभाको बैठक पनि हाजिर गरेर सहमतिको नाममा सार्ने ठोकुवा गरे । उनले भने–‘एकपक्ष सत्तामा बसेर रजाई गर्न पाइरहेको छ । एउटा महाधिवेशनसम्म सरकारमै बसेर प्रभाव पार्ने योजनामा छ । अर्को आफूले भने अनुसारको नआउने भएपछि आन्दोलनमा छ । यस्तो अवस्थामा कुरो मिल्ने वाला छैन ।’ यहि अवस्थामा सत्तापक्ष र विपक्षी बसिरहन सक्छन । बहुमतले भनेको अल्पमतले नमान्ने हो भने संविधान मान्न नसक्ने भन्दै बहुमत भएकाहरुसँग पनि खुबी नभएको केसीले आरोप लगाए । उनले भने–बहुमत भएकाहरुभित्र पनि समस्या छ । जुन देशमा सत्ता स्वार्थ हुन्छ, त्यहाँ यस्तै हुुन्छ । जनआन्दोलनको उपलब्धी रक्षा गर्ने हो भने प्रक्रियाबाट संविधान जारी गर्नुको विकल्प छैन । कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, नेपाली काँग्रेसका नेता रमेश लेखक, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरी र राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले पनि मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक