(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150521

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को नवौ वार्षिक साधारण सभाको तयारी पुरा

कोलोराडो,मे २१ | नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को  नवौ वार्षिक साधारण सभाको तयारी पुरा भएको छ । कोलोराडोको डेनभरमा यही शनिवार र आइतवार हुन लागेको साधारण सभाको प्राय: सबै तयारी पुरा भै आफुहरु सहभागीहरुको स्वागत गर्न उत्साहित रहेको साधारण सभाका स्थानीय संयोजक एवं नेजा कार्य समितिका सदस्य शैलेश पोखरेलले जानकारी दिनु भएको छ | नेजा अमेरिकामा रहेका नेपाली संचारकर्मीको वृहत्तर हितका लागि दशक अगाडिदेखि क्रियाशील संस्था हो । यस भित्र सय जना भन्दा बढी सक्रिय सञ्चारकर्मीहरु आवद्ध छन् । अमेरिकामा प्राय: सबै सहरमा अनलाइन र छापा पत्रकारिता मार्फत नेपाली संचारकर्मीले नेपाली समुदायलाई सूचना र विचारहरू पस्किदै आएका छन् । यस वर्षको साधारण सभाकै अवसरमा नेपालमा आएको महाभुकम्प प्रभावितलाई सहयोग संकलन गर्ने कार्यक्रम बारे समेत छलफल भैरहेको पनि संयोजक पोखरेलले जानकारी दिएका छन् |
वार्षिक साधारण सभासंगै डेनभर वरपरका स्थानीय व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि र समुदाय बीचपनि अन्तरक्रिया हुनेछ । साधारण सभामा अमेरिकामा बसेर पत्रकारिता गरिरहेका नेपाली संचारकर्मीहरुको जमघट हुनेछ भने नेजाको वार्षिक तथा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ । यसैगरी विधान संशोधनका बारे पनि छलफल हुने नेजाका अध्यक्ष गौतम दाहालले जानकारी दिनु भएको छ | नेपाली संचारकर्मीहरुको पेशागत संस्थाको साधारण सभालाई डेनभरका टेलिभिजन तथा डेनभर पोष्ट लगायतका अमेरिकी मिडियाहरुले समेत चासोका साथ हेरेका छन् | साधारण सभाको उद्घाटन सत्रमा स्थानीय टिभी च्यानल र डेनभर पोष्टका प्रतिनिधि सहभागी हुनेछन् भने अमेरिकी राजनीतिज्ञहरुलाई समेत आमन्त्रण गरिएको छ | 
अमेरिकाका लागि नेपालका नवनियुक्त राजदूत डाक्टर अर्जुन कार्कीले प्रमुख अतिथिको रुपमा साधारण सभाको उद्घाटन गर्नु हुनेछ । साधारण सभामा हाल अमेरिका भ्रमणमा रहनु भएका वरिष्ठ पत्रकार युवराज घिमिरे विशेष अतिथिको रुपमा सहभागी हुनुहुनेछ | यसैगरी सान डियागोका लागि नेपाल सरकारका अवैतनिक वाणिज्यदूत ऋषी ढकाल,गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाका नव निर्वाचित अध्यक्ष डा.केशव पौडेल,एशोसियएन अफ नेपलिज इन द अमेरिकाज (एनएनएन) अध्यक्ष रोजर अधिकारीसहित स्थानीय संघ संस्थाका प्रतिनिधिहरु उद्घाटन सत्रमा सहभागी हुने तय भएको छ ।

- Gautam Dahal 
President,Nepal America Journalists' Association (NEAJA)

Founder Editor-in-chief, www.globenepal.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक