20150521

नेपाल आमाको बलात्कारमा तल्लिन डा. सिके राउत नामको राष्ट्रघाती महा अपराधीको अराजकताबाट आक्रोसित नेपाली युवाहरु द्वारा सिकेको नाक काट्नेलाई लाखौं पुरस्कारको घोषणा !



 छ कोही नेपाल आमाको जिउँदो सपुत  बहादुर छोरो वा छोरी जसले यस अपराधीको नाक काटेर ईतिहासमा नाम लेख्न सकोस ! 
नेपाल मदर डट कम हत्या हिँशामा पटक्कै विश्वाश गर्दैन । नियम कानुन अनुसार हुने काम कार्वाही उपर पुरा विश्वाश गर्दछ तर सिके राउत नाम गरेको राष्ट्र द्रोही एक जना अपराधीले नेपाल राष्ट्र टुक्र्याउने माग गर्दै
नेपाल र नेपाली हरुका बिरुध्द जे जसरी अहिले उसको अपराधी अभियान चलाएको छ त्यसमा नेपाल सरकार, प्रहरी प्रशासन, नियाम कानुन, अड्डा अदालत सबै निरिह भएर अर्को अपराध गरिरहेको महशुस भएको छ भन्दै नेपाली युवाहरुको चरम् आक्रोस देखिन थालेको छ । थाइल्यान्ड एन आर एनका उपाध्यक्ष एबम मातृभूमीका लागि युवा  अभियान का संस्थापक, समाजअसेवी युवा सुनिल खड्कालाई त सिके राउतको अपराधीले गरेको अपराध देखेर यती आक्रोस उत्पन्न भएछ कि उनले सार्वजनिक रुपमा सुचना प्रकाशित  गरी सिके राउतको नाक काट्नेलाई ३ लाख पुरस्कारको घोषणा गरेका छन । उनकै सुचनाको मुनी अरु थुप्रैले पनि म पनि ३ लाख दिन्छु म पनि ५ लाख दिन्छु भन्दै लाखौं पुरस्कार दिने घोषणा गर्दै गएका छन हेर्नुस् तल :
https://www.facebook.com/khadka.sunil?fref=ts
 
    





देवकी विष्ट
सिके राउतलाई मेरा शब्द धेरै बर्बाद पार्न चाहन्न । सिके राउत जसरी मुख छाडेर बोल्न पनि चाहदिनँ । किनभने म मेरो शब्द राम्रो स्थानमा प्रयोग गर्न चाहन्छु । च्याउजस्तै उम्रेका अनलाइन पत्रिकाले किन स्थान दिन्छ होला । सधैँ सञ्चारमाध्यमले आफ्नो नामको लागि मात्र होइन व्यावसायिक पनि हुनुपर्छ । तपाईंलाई थाहा नै छ ।
अहिलेको अवस्था हिंसा भड्काउने होइन । हिंसा व्यवस्थापन गर्न पनि जान्नु पर्छ । सिके राउत र सरिता गिरीजस्ता छेपारोलाई  सञ्चारमाध्यममा आउन एक न एक कान्ड मच्चाइरहनु पर्छ । सोध्न चाहन्छौँ सिके राउतलाई मधेस र पहाड छुट्याउने हैसियत कसले दियो ? तराईको छातीमा बसेर गर्जिेने हक सिकेमा कहाँबाट आयो रु तराई होस् वा पहाडी महिला नेपाली हुन् । कहिले नेपाली आमालाई रन्डी भन्ने कहिले पहाडी महिलालाई वेश्या भन्ने ।
ती महिला कसरी वेश्या भए ? नेपाली आमा कसरी रन्डी भइन् ? जसलाई रन्डी र वेश्याको सम्वोधन सिके राउतले गरे । उसैको कोखबाट हुर्केर अहिले सिके राउत यो अवस्थामा पुगेको हो । यसकै कोखमा हुर्केको सिके राउतलाई अब समयले के सम्बोधन गर्छ । त्यो समयले नै बताउँछ । सोध्न चाहन्छु । वेश्यासँग सुत्ने पुरुषचाहिँ को हो ? के हो ? नेपाली आमा रन्डी हुन् भन्ने सिके राउत तिम्री आमाचाहिँ को हुन् ? रन्डीबाट जन्म लिएका सबै नेपाली को हुन् ? ती रन्डी र वेश्यासँग सुत्ने तिम्रो बुबा अर्थात पुरुष को हुन् ? प्रश्न सोध्ने बेला आयो । वेश्या भन्ने तिनीहरुलाई वेश्या बनाउने को हो ? बुझ्न सक्छौ ? तिमीजस्तै सोच भएका व्यक्तिको ऐयासीमा जन्मेका ती लालाबाला हुर्काउन पनि उनीहरु वेश्या बनिरहेका छन् ।
आफ्नो शरीर बेचेर उनीहरु प्रत्येक दिन सिके राउत जस्ता भावना भएकाबाट सिकार भइरहेका छन् । अरु केही भन्दिनँ । साँच्चै वेश्याको अर्थ बुझ्न चाहन्छौ भने एकछिन आफ्नो आमालाई बुझ । सबै प्रश्वको जवाफ मिल्छ । आफ्नो श्रीमती र सन्तानको सम्मान गर्न नसक्ने सिके राउत के नेपाली आमाको सम्मान गर्न सकौला रु आफ्नो परिवारलाई इज्जत दिन नसक्नेले के नेपालीको अस्मिता सुरक्षा गर्ला ? किन बुझ्दैनौ हामी नेपाली रु जसलाई तपाईं साथ दिनु हुन्छ, पहिला बुझ्नुस को हो ? के हो ? अनि त्यसको पछि लागेर नारा लगाउनुस् । इतिहास साक्षी छ । प्रत्येक नेपाली कति स्वाभीमानी छ भनेर ।
नेपालीको स्वाभिमानमा केही आँच आए के हुन्छ ? इतिहास पढेर बोल । अहिले देश विपत्तिको अवस्थाबाट गुज्रिरहेका बेला धेरै नबोले हुन्छ । घ्यूमा आगो थप्ने काम नगर । पहाड फुटेको बेला तराईले छाती थापेको छ । तराई रुझेको बेला पहाडले पुछेको कुरा सिके राउतलाई थाहा छ ? यदी सिके राउत साँच्चै देशभक्त हो भने विपत्तिमा परेका बेला रन्डी, वेश्या भनेर स्यालको दुलोबाट कराउनु पर्दैन । वुद्धि भए वैज्ञानिकको नाम धारण गरेको हो र युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्या भुषण, कुलरत्न गोल्ड मेडल लगायतका पुरस्कार पाएको नै हो भने देखाऊ तिम्रो क्षमता र विपत्तिमा परेको देशमा मल्हम लगाउने काम गर ।
चोट पुर्याउने काम नगर । म पनि तराईवासी हुँ । प्रकृतिले न तराई हेर्छ न पहाड हेर्छ । न धनी हेर्छ न गरिब । न वैज्ञानिक हेर्छ त मूर्ख । न मधेसी हेर्छ न पहाडिया । अहिले देश टुक्राउने र गालीगलौज गर्ने बला होइन । विद्धान भनेर विद्वत्व प्राप्त गर्नेको नाममा कलकं नबन्नुस् ।
-देवकी विष्टको ब्लगबाट

 डा. सिके राउतलाई खुला पत्र

Bikash thakurडा. सिके राउतलाई खुला पत्र ,
तपाई किन बुझ्नुहुन्न ? हजारौं मधेशी युवाको चाहना । हामीलाई मधेशी हुनुमा धेरै गर्व छ, तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा र हुनु पनि पर्यो । तर, तपाईं कहिले नेपाल आमालाई रण्डी भन्नु हुन्छ त कहिले पहाडी दिदी बहिनीहरुलाई, आखिर किन त ? के उनीहरु जस्ता हाम्रा दिदी बहिनी छैनन त? के पहाडीहरुसँग लेख्ने र बोल्ने आँट छैन त ? पक्कै पनि छ, तर तपाईंको जस्तो संकीर्ण सोच छैन वहाँहरुको ।
नेपालमा संघीयता जरुरी छ र हुनुपर्छ । देश विकाश एवम सम्पुर्ण उत्पीडितहरुको अधिकारको सुनिश्चितताको लागि संघीयता जरुरी छ । स्व. गजेन्द्र नारायण सिंहले सुरु गर्नु भएको संघीयताको मुद्दा आज देशको मुद्दा बनेको छ र हामी धेरै आगाडि पनि बढिसकेका छौ । तपाईको स्वतन्त्र मधेशको मागले गर्दा संघीयता लाई पनि धेरै असर परेको छ ।
मलाई एउटा कुरा जान्ने ईच्छा छ धेरै दिन देखि कि तपाईं को हुनुहुन्छ ? तपाईंको राजनीतिक ईतिहास के छ त ? तपाईको राजनीतिक अनुभव के छ त ?
मैले थाहा पाए अनुसार तपाई पि.एच.डी (विद्यावारिधि) गर्नुभएको छ र बिदेशमा वैज्ञानिक हुनुहुन्थ्यो । हामीलाई तपाईको शैक्षिक बौद्धिकतामा पनि धेरै गर्व लाग्छ कि हाम्रो मधेशमा यस्ता पनि बौद्धिकता भएका व्यक्तिहरु छन् भनेर, तर घृणा छ तपार्इंको स्वतन्त्र मधेशको संकिर्ण सोचले गर्दा ।
अर्को कुरा, के तपाईंलाई कसैले झट्ट हेर्दा मधेशी भन्न छन् त ? के तपार्इंको हुलिया छ त मधेशी जस्तो ? पक्कै भन्दैनन् । किनकी तपाई मधेशी हुनु नै हुन्न । नामको पछाडि राउत जोडिएर मात्र मधेशी हुन्न ? हामी मधेशीको बेग्लै पहिचान छ, तर त्यो पहिचान तपाईमा झल्कँदैन ।
२÷३ बर्ष पहिला बिदेशबाट आएर स्वतन्त्र मधेशको मागलाई आगाडि बढाएर नेपाल वा मधेशको राजनीतिक वृतमा आफुलाई चर्चित बनाउन सफल हुनुभयो र मधेशका कर्णाधारहरु (मेडिकल, ईन्जिनियरिङ र राजनीति क्षेत्रमा रहेका) लाई आफूतिर आकर्षित गर्नुभयो । आफू चाहीँ नेता हुने बिशेष शक्तिको ईशारामा बिभिन्न राजनीतिक अराजक गतिबिधिहरु गर्न ती युवाहरुलाई प्रयोग गर्नाले के ती युवाहरुको भबिश्य उज्जवल छन त ?
अहिलेको अवस्थामा मधेश स्वतन्त्र भई नै हाल्यो भन्ने कहाँ पढ्छन्, त्यहाँका बालबालिकाहरु, कहाँ उपचार हुन्छ हाम्रा मधेशी जनताहरुको, कुन सडक भएर हामी छिटो भन्दा छिटो गन्तव्यमा पुग्छौँ । के छन त हामी सँग राम्रा विद्यालय, अस्पताल, सडक पक्कै छैन । के तपाईंलाई मधेशको मसीहा बनाउन मात्रै स्वतन्त्र मधेश हुनुपर्यो ? तपाईं याद गर्नुस् त कि जुन बेला तपार्इं स्वतन्त्र मधेशको कुरा गर्नु भो, जुन बेला तपाईं जेलमा जानु भो, त्यो समयको जनसमर्थन र आजकोमा कति फरक छ । आखिर किन घट्यो त ? विचार गर्नुुस् ।
के तपार्इं वा तपार्इंको परिवार एवम् स्वतन्त्र मधेश गठबन्धनका सदस्यहरुले नेपाली नागरिकता त्याग्नु भएको छ ? वा जलाउनु भएको छ ? यदि छैन भने जलाउने वा त्याग्ने हिम्मत छ त ?
स्वतन्त्र मधेशको कुरा गरेर नेपाली भनेर पहाडी समुदायलाई गाली गर्नु हुन्छ यसको असर के हुन्छ भन्ने थाहा छ त? तपाईंको यो संकीर्ण सोचले गर्दा काठमाडौँमा बसेर दैनिक जीवनजीविका चलाईरहेका मधेशीहरु, विभिन्न कलेजमा पढिरहेका भाइबहिनीहरु के असर पर्छ भनेर सोच्नु भएको छ ?
हम्रो तर्फबाट हजुरलाई बिनम्र अनुरोध छ कि, ‘यो स्वतन्त्र मधेशको आन्दोलनलाई रोकेर त्यस आन्दोलनमा भइरहेको खर्च मधेश विकाशमा लगाउनुस् । मधेशमा सडक, विद्यालय, अस्पताल बनाउनुस् तपाई आमरुपी मधेशको नेता बन्न सक्नु हुन्छ, मधेशको मसीहा बन्न सक्नु हुन्छ ।’
काम गर्नुस, अराजकता न फैलाउनुस, विकाशमा केन्द्रीत हुनुुस् ।
धन्यबाद ।
विकास कुमार ठाकुर
अध्यक्ष
हिन्दु युवा जनशक्ति संघ–नेपाल
काठमाडौँ ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
सिके राउतको यो अपराध हेर्नुस तल :



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक