20150506

जे होस् बामदेबले बोलेका कुरा पुरा मात्र गरे भने उनको भबिस्यमा भुकम्प पिडितले मात्र होइन सारा जनताले जयजयकार गर्ने छन !


म नेपाली राजनीतिबाट सन्यास लिएको मान्छे । स्वतन्त्र मान्छे । परदेशमा पनि नेपाल दुख्ने मान्छे । समग्रमा आम मानिस मध्येको एक सामान्य मान्छे । आज मैले उपप्रधान तथा गृहमन्त्री बामदेब गौतम सँग ॠषि धमलाले लिएको अन्तर्वार्ता हेरेँ । बामदेब गौतमले बोलेका कुरा सही लाग्यो । सकारात्मक सोँचका साथ हेर्दा उनका कुरा सकारात्मक नै लाग्यो । केबल नकारात्मक सोँच्ने, नकारात्मक देख्ने, नेताहरुलाई गाली मात्र गर्ने हामी नेपालीको सँस्कार पनि समाधान चाँही होइन है ! हामीले नै हो उनिहरुलाई भोट दिएको जिताएको नेता मन्त्री प्रधानमन्त्री बनाएको । उनिहरु हाम्रा प्रतिनिधि मात्र हुन । यदी उनिहरु गलत छन भने हामी पनि झन बढी गलत छौं है मलाई त्यस्तो लाग्छ । ॠषि धमलालाई औंला उठाउँदै बिचमा रोक्न, चेतावनी दिन र वास्तविक कुरा राख्न सक्ने बामदेब शायद पहिलो नेता हुन की ! अरुलाई बोल्न नदिने ॠषि पनि आज धेरै डोमिनेट भएको देखियो । जे होस् बामदेबले बोलेका कुरा पुरा मात्र गरे भने उनको भबिस्यमा भुकम्प पिडितले मात्र होइन सारा जनताले जयजयकार गर्ने छन । - रामप्रसाद खनाल
नेपालको भुकम्प पछी अमेरिकाबाट भए गरेका राहत प्रयासको बारेमा कुराकानी 
धन्यवाद enepalese.com का सम्पादक मित्र विश्वराज थापा जी र हाल DCNepal.com , enepalese.com, Brtnepal.com, nepalmother.com मा समेत स्वतन्त्र पत्रकारिता गर्ने मित्र खेम भट्टचनजी दुबै जनालाई जसले मेरो निवास मै आएर गत शनिबार गर्नुभएको यो कुराकानीका लागि । नेपालको भुकम्प पछी अमेरिकाबाट भए गरेका राहत प्रयासको बारेमा कुराकानी केन्द्रित थियो ।
भुकम्पका बारेमा जान्न यो भिडियो हेर्नुस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक