(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20150627

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट वरिष्ठ स्रष्टाहरु मोहन सिटौला र किम ह्याङ्ग ह्योन सम्मानित

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हिजो २०७२ असार ११ गते वरिष्ठ स्रष्टा मोहन सिटौला (अमेरिका) लाई नेपाली साहित्यमा पुर्याएको योगदानवापत अभिनन्दन समारोहको आयोजना गर्यो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्द्यक्ष सिटौलालाइ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले मिडिया
इन्टरनेसनलमा आयोजित विशेष साहित्यिक समारोहमा अभिनन्दित गर्नु भएको हो |अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्द्यक्ष राधेश्याम लेकालीको अध्द्यक्षतामा आयोजित सोहि समारोहमा नेपाली साहित्यलाई अन्तरार्ष्ट्रियकरण गर्नमा योगदान पुर्याएवापत कोरियाका साहित्यकार किम ह्याङ्ग ह्योनलाइ पनि सम्मानित गरिएको थियो | यसैगरी अनेसासका उपाध्द्यक्ष साहित्यकार प्रकाश पौडेल माइला (जापान) र नियात्राकार एवं संचारकर्मी मंजु गुरुङ (कोरिया) लाई मायाको चिनोसहित स्वागत सम्मान गरिएको थियो |
कार्यक्रममा स्रष्टा मोहन सिटौलाका " आवाजका जुलुस र नयाँ विश्व" तथा "THE NEW BREATHS" कृतिहरुको पनि लोकार्पण गरिएको थियो | दुवै कृतिहरुमाथि प्रा.डा. अमरराज जोशी र प्रा.डा. देवी गौत्तमले समिक्षा गर्नु भएको थियो | कार्यक्रममा वरिष्ठ संगीतकार प्रदीप बमजनले दुइवटा गीत गाउनु भएको थियो |
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले अमेरिकाको सस्थाबाट "कवि राजदूत" को उपाधि पाएकोमा अभिनन्दित स्रष्टा मोहन सिटौलालाई बधाई ज्ञापन गर्दै अनेसासको गतिविधिको प्रसंशा गर्नु भयो | कार्यक्रममा अभिनन्दित स्रष्टा मोहन सिटौला, सम्मानित कोरियाका साहित्यकार किम ह्याङ्ग ह्योन, साहित्यकार प्रकाश पौडेल माइला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्द्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष रामबाबु सुबेदी, कार्यसमिति सदस्य गीता कार्की आदिले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो |




 



राजेन्द्रप्रसाद प्रसाईको ग्रीनकार्डवालाको सुसाइड नोट
         
         
- होमनाथ सुवेदी
     संस्थापक अध्यक्ष, अनेसास
०६-२४-२०१५
     राजेन्द्र प्रसाद प्रसाईको ग्रीनकार्डवालाको सुसाइड नोट कविता सङ्ग्रह २०७१÷२०१४ मा छापिएको हो । उनको पहिलो प्रकाशित सिर्जना आमालाई सम्झेर २०३१ सालमा वेदना पत्रिकामा छापिएको थियो । ग्रीनकार्डवालाको सुसाइड नोट कविता सङ्ग्रहमा २७ वटा कविता छन् । उनी मानव अधिकारवादी साहित्यकार हुन् । उनले नेपालका विभिन्न प्रशासनिक एकाइमा काम गरी क्यानडामा रैथाने भएकोले समुद्रपारका आप्रवासी नेपालीका वेदनाहरूलाई कविताको विषय बनाएका छन् ।
     न झुल्किने घामको देश कविता सङ्ग्रहमा एक एक पद्य घतलाग्दा छन् । ग्रीनकार्ड वालाको सुसाइड नोट यो यसै पुस्तकभित्रको यौटा कविता हो । यो कविता लामो छ । यही कविताको नामबाट पुस्तकको नाम राखिएको छ । यो डायस्पोरिक कविता हो । यसमा भाषाको समस्यालाई यसरी व्यक्त गरिएको छ ।
अङ्ग्रेजीको प्राक्टिस भए राम्रै काम पाउथ्यो होला
यत्रो दिन बेकाममा किन घर बस्या होला ?
भाषाको समस्याले काम न पाएको मात्र हैन अरुहरूको नरकले उसलाई सुसाइडको सीमातिर धकेली कुरा गर्ने मौका दिएर आगो सल्काएको छ ।
निराशा र अशान्तिले डिप्रेसनको रोग लाग्यो
डाक्टरको औषधि खाई, अब दिन बित्न लागे ।
                     
एक मुठी श्वास उड्यो, मुटु बन्द भुइँमा लड्यो
डिप्रेसनको शक्ति कत्रो, ग्रीनकार्डले हार्नुप¥यो ।
मृत्यु, डायस्पोरा, डिप्रेसन, आत्महत्याको अनुशीलन गरेर कविता कथ्न उनी सिपालु छन् ।
          विदेश बसे पनि नेपालको लोकतन्त्र अव्यवस्थाप्रति तीव्र व्यङ्ग्य गर्छन्
सरकार गाल्ने ढाल्ने फाल्ने नेपाल बन्द अचुक छ
बन्द देखि लोक तन्त्रमा नागार्जुन खिस्स हास्छ ।
          आहा! भोलि नेपाल बन्द
दलित कवितामा जातीय भेदभावको तीब्र विरोध गर्दै त्यसको इतिहास तथा सुधारको कथा र व्यथा प्रस्तुत छ ।
     २०७२ सालको महाभूकम्पले धरहरा ढल्यो मुख खोल्दैछ धरहरा कविताको शौन्दर्यले धरहरालाई जीवित राखेको छ ।
    हिमाली वर्षा कविता गद्यमय छ र यसले वृद्धवृद्धाको डायस्पेरामा भएको गति र मूल थलामा पनि यस्तो दुर्दशा भएको देखाउँछ ।
    सावधान छोरीहरू मा आर्थिक अवस्था कमजोर भएका नारीमाथि व्यभिचारीको कुदृष्टि पर्न सक्छ । त्यसैले यो कविताले सचेत गराउँछ
लोग्ने कहाँ छ ? कतारमा
पत्नी बैंश हतारमा
सोह्र श्रृङ्गार मुहारमा
आँखा दामी जुहारमा
सम्हालिनु छोरी बुहारी
सिन्दुर छामी निधारमा ।
    जनजातिको शोधपत्र यो शोधमूलक कविता हो ।यो भावना भन्दा वस्तुमा केन्द्रित छ ।
     प्रसाईका कविताहरू आप्रवासीका मूल समस्यासित गाँसिएका छन् । डायस्पोरिक शौन्दर्य शास्त्रको कसीमा यी कविता खरा उत्रन्छन् । यो कृतिको अन्तिम कविता एन.आर.एन., शान र पहिचान ले नयाँ डायस्पोराका नेपालीले नेपाली पहिचान छोड्न नचाहेको कुरालाई उद्धृत गरेको छ । जस्तै
उसको स्थान नेपाल हो, पहिचान नेपाली हो
नागरिकता निरन्तरता उसको माग यति नै हो ।

     प्रसाईका कवितामा अतीत स्मरण, भिसाका समस्या, पराइको देशमा द्वन्द्व, ङ्घात, एकसूत्रताको खोजका विषय वस्तुले शौन्दर्य सिर्जना गर्दछन् । नेपालीको आजको दिनमा नितान्त आवश्यक मागहरूका आबाज बुलन्द गर्दछन् ।


     प्रसाईका कविताहरू आप्रवासीका मूल समस्यासित गाँसिएका छन् । डायस्पोरिक शौन्दर्य शास्त्रको कसीमा यी कविता खरा उत्रन्छन् । यो कृतिको अन्तिम कविता एन.आर.एन., शान र पहिचानले नयाँ डायस्पोराका नेपालीले नेपाली पहिचान छोड्न नचाहेको कुरालाई उद्धृत गरेको छ । जस्तै
उसको स्थान नेपाल हो, पहिचान नेपाली हो
नागरिकता निरन्तरता उसको माग यति नै हो ।

     प्रसाईका कवितामा अतीत स्मरण, भिसाका समस्या, पराइको देशमा द्वन्द्व, ङ्घात, एकसूत्रताको खोजका विषय वस्तुले शौन्दर्य सिर्जना गर्दछन् । नेपालीको आजको दिनमा नितान्त आवश्यक मागहरूका आबाज बुलन्द गर्दछन् ।
 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक