20150626

पछी उल्टा बात गर्छन् अघि साख्खै बन्न खोज्छन !

माया गर्‍यो विश्वाश गर्‍यो टाउको माथि टेक्न खोज्छन 
 जती गुन लाउनुस तर तपाईंलाई नै छेक्न खोज्छन !
औँलो दिनुस लाजै छैन डुडुँलो नै माग्न खोज्छन
आफ्नो स्वार्थ सिध्द गरि चोर बाटो भाग्न खोज्छन !
आदर सम्मान गर्दा खेरि दाशै जस्तो ठान्न खोज्छन
मौका पाए तपाईंका हात खुट्टा बान्न खोज्छन !
जती सद्दे बन्नुस तपाईं उल्टै गलत भन्न खोज्छन
पछी उल्टा बात गर्छन् अघि साख्खै बन्न खोज्छन !
थाहै नदिइ भित्र भित्रै पुर्ने खाडल खन्न खोज्छन
तपाईंलाई सबका अघि दोशी बनाइ गन्न खोज्छन !
- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक