20150729

प्रचण्ड भारत भ्रमणबाट फर्केको एक सातापछि शेरबहादुर देउवा बुधबार भारत प्रस्थान, बुधबार नै एमाले वरिष्ठ नेता झलनाथ खनाल अकस्मात भारत प्रस्थान !

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पक्षसँग छलफल गरेर साउनभित्रै सहमतिका आधारमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ । भारतीय सरकारको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता देउवाले मित्रराष्ट्र भारतले नेपालको शान्ति प्रक्रियालाई सफल बनाउन र भूकम्प जाँदा पनि तत्काल महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । भारतले पु¥याएको सहयोगका लागि नेपाली कांग्रेस पार्टीको तर्फबाट धन्यवाद दिन जान लागेको बताउँदै उहाँले भ्रमणले दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास प्रकट गर्नुभयो ।
पार्टीको सभापति र प्रधानमन्त्री बन्ने चर्चा भएका बेला भारत भ्रमणको प्रसंग पत्रकारले उठाएपछि वरिष्ठ नेता देउवाले कांग्रेस पार्टीको सभापति कार्यकर्ताले बनाउने हो र देशको प्रधानमन्त्री पार्टीको सिफारिसमा जनताले बनाउने हुन्, म त भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेको हुँ भन्नुभयो ।
भारत भ्रमणमा रहँदा नेता देउवाले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा
स्वराजलगायतका वरिष्ठ नेताहरुसँग विशेष भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
भ्रमणमा रहँदा नेता देउवाले भारतको उत्तराखण्ड राज्यको पनि भ्रमण गर्नुहुने छ । उहाँले महाकाली सन्धि आफ्नो पालमा भएको स्मरण गराउँदै पञ्चेश्वर परियोजनालाई चाँडो अगाडि बढाउने विषयमा नेताहरुसँग छलफल हुने बताउनुभयो । पूर्व प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा. आरजु देउवा पनि सहभागी हुनुहुन्छ ।
नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल बुधबार भारत भ्रमणमा जानुभएको छ । उहाँको यो भ्रमण नितान्त व्यक्तिगत रहेको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार, पूर्व प्रधानमन्त्री खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारत जानुभएको हो । उहाँले बिहीबार मेदान्त अस्पतालमा स्वास्थ्य परीक्षण गर्नु हुने र शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । खनालले यसअघि अमेरिकामा उपचार गराउनुभएको र हाल संविधान निर्माणको कार्य भइरहँदा अमेरिका जान लामो समय लाग्ने भएकाले भारतको मेदान्त अस्पतालमा स्वास्थ्य परीक्षण गराउन लाग्नुभएको हो । स्वकीय सचिव भट्टराईले राजनीतिक भेटघाटको कुनै कार्यक्रम नभएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक