20150729

भुकम्पले हैरान नेपाल र नेपालीलाई फेरी बढी र पहिरोले हैरान :बाढी र पहिरोमा परी ७ जनाको मृत्यु, ४ जना वेपत्ता, १३ जना घाइते, बाढी आउँदा ७ वटा घर बगाएको छ, पोखरा बाग्लुङ सडकमार्ग अवरुद्ध !

बाढी र पहिरोमा परी ७ जनाको मृत्यु भएको छ। ४ जना वेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन्। बुधबार राती परेको ठूलो बर्षासँगै गएको पहिरोमा परी लुम्लेमा ३ जना र भदौरेतामागी गाविसमा ४ जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिए। 'लुम्लेमा २ जना महिला र एक पुरुषको शब भेटिएको छ’ उनले भने भदौरेतामागीमा २ महिला र २ पुरुषको शव भेटिएको छ, ४ जना वेपत्ता छन्।’ भदौरे तामागीमा १३ जना घाइते भएका रजौरेले बताए। लुम्लेमा गएको पहिरोमा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन भने भदौरेतामागीमा भेटिएका शवमध्ये गौरी पराजुली र उनका पाँच वर्षीय छोराको मात्रै सनाखत भएको छ। लुम्लेमा पहिरो गएर सडक समेत पुरिएपछि अहिले पोखरा बाग्लुङ सडकमार्ग अवरुद्ध भएको छ। प्रहरी र स्थानीय बासिन्दा हराएकाहरुको खोजी र सडक खुलाउने प्रयास गरिरहेका छन्। खहरे र हर्पनखोलामा बाढी आउँदा भदौरे तामागी गाविसको वडा नं. ५ स्थित डुँडेफाटमा ७ वटा घर बगाएको छ। खोलामा अझै पनि बाढी आईरहेकाले खोलापारी रहेका घाइतेहरुको उद्दारमा समस्या भएको छ। बुधबार राती परेको अविरल बर्षासँगै आएको पहिरोले पोखराको सेती नदी किनार आसपासका दर्जनभन्दा बढी घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सबैले आ-आफ्नो डम्फु यसरी बजाएकै छन ! कठै हाम्रो देश !   

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक