20150726

डा. गोविन्द केसीले आफूसँग भएका सहमति कार्यान्वयन सहित पाँच बुँदे माग राख्दै सरकारलाई दुई साताको अल्टिमेटम दिए, माग पूरा नभए आमरण अनसनसहितका आन्दोलन थाल्ने चेतावनी

Govinda kcत्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफूसँग भएका सहमति कार्यान्वयनसहित पाँच बुँदे माग राख्दै सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । केदारभक्त माथेमा संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको एक महिना पुगिसक्दा पनि सार्वजनिक तथा कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको गुनासो डा. केसीले गरेका छन् । प्रतिवेदन कार्यान्वयन नहुँदा विगतका अधिकांश उपलब्धिहरु गुम्ने र नेपालमा स्वास्थ्य क्षेत्रमा सुधारको ठूलो अवसर पनि गुम्ने भएका कारण फेरि
जुर्मुराउनुपरेको कुरा केसीले विज्ञप्ति मार्फत दिएका छन् ।

माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर आवश्यक नीति र कानुन निर्माणका प्रक्रिया थाल्न माग गर्दै डा. केसीले माग पूरा नभए आमरण अनसनसहितका आन्दोलन थाल्ने चेतावनी दिएका छन् । साथै विद्यार्थी संख्या र शूल्कजस्ता तत्काल कार्यान्वयन गर्न सकिने बुँदाहरु आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने व्यवस्था गर्न मेडिकल काउन्सिल र विश्वविद्यालयहरुलाई पत्राचार गर्न पनि केसीले गरेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक