20150726

पार्टीलाई रुपान्तरण नगरी यथास्थितिमा राखे केही वर्षपछि एमाओवादी पार्टीको अस्तित्व नै नरहने प्रचण्डले दावी गरे

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सिद्धिएको बताएका छन् । गुट, उपगुटका कारण आफ्नो पार्टी समाप्त भएको उनले स्वीकार गरे । कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर श्रेष्ठको द्वितिय स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो दुखेसा पोखेका हुन् । अध्यक्ष प्रचण्डले पार्टी गुटै गुट र गुटभित्रको उपगुटको समस्याले थलिएको
दोहोर्याए । पार्टी संगठन, सक्रियता, पद्धति र शैलीका कारण निकै संकटमा परेको उनले बताए । पार्टी रुपान्तरणका लागि आफू तयार भए पनि केही नेता रुपान्तरण हुन नचाहँदा पार्टीले गति लिन नसकेको दावी उनले गरे । रुपान्तरण हुन नचाहने नेता को हो भनेर प्रचण्डले किटान नगरे पनि उनको भनाइ दुई नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठप्रति लक्षित थियो । अब पार्टीलाई रुपान्तर, पुनःगठन गरेर आगामी आन्दोलनको नेतृत्व लिनुपर्ने धारणा उनले व्यक्त गरे । पार्टीलाई रुपान्तरण नगरी यथास्थितिमा राखे केही वर्षपछि एमाओवादी पार्टीको अस्तित्व नै नरहने दावी प्रचण्डले गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक