20150705

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा साहित्यिक अग्रजहरुलाई अभिनन्दन, सम्मान, नयाँ कृतिहरुको बिमोचन र साहित्यिक कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीले अनेसास पिता होमनाथ सुबेदीलाई बिशेष अभिनन्दन का साथ साथै " डायस्पोरा साहित्य शिरोमणी " उपाधी प्रदान
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा भर्जिनियाको सेन्टरभिलमा आयोजित एक भब्य कार्यक्रममा बिभिन्न साहित्यिक अग्रजहरुलाई अभिनन्दन, सम्मान, नयाँ कृतिहरुको बिमोचन र  साहित्यिक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा २५ बर्ष अघि संस्था स्थापना गरी आज संसार भर पुर्याउन, नेपाली भाषा र साहित्यलाई अन्तरराष्ट्रियकरण गर्न योगदान गरे बापत संस्थाका
पिता होमनाथ  सुबेदीलाई बिशेष अभिनन्दन गरियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीले अनेसास पिता होमनाथ सुबेदीलाई बिशेष अभिनन्दन का साथ साथै " डायस्पोरा साहित्य शिरोमणी " उपाधी प्रदान समेत गरेको छ । यसै गरी नेपाली भाषा साहित्य सँस्कृतिका क्षेत्रमा उल्लेखनिय योगदान गरे बापत साहित्यकारहरु क्रमश: शरद निरौला, कृष्ण धराबासी, काशिनाथ न्यौपाने, जयदेब भट्टराई, चारु शिला मिश्र, प्रा. डा. रामप्रसाद उप्रेती, डा. श्याम कार्की र प्रकाश नेपाललाई बिशेष सम्मान गरियो । अभिनन्दित एबम साम्मनित ब्यक्तित्वहरुलाई काबा नेपाली राजदुत ॠषि राम घिमिरे र संस्थाका अध्यक्ष रामप्रसाद खनालले खादा सहित अभिनन्दन र सम्मान पत्र सहित अभिनन्दन र सम्मान गर्नुभएको थियो ।

अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटीको कार्यक्रममा रामप्रसाद खनाल
अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटीको कार्यक्रममा रामप्रसाद खनाल
Posted by Ram Prasad Khanal on Sunday, July 5, 2015
खचाखच भरिएको हलमा सम्मानित ब्यक्तित्व प्रा. डा. रामप्रसाद उप्रेतिका दुई नयाँ कृतिहरु काबेली किनार र अन्तिम आकाश काबा राजदुत घिमिरे, संस्थापक अध्यक्ष होमनाथ सुबेदी, अध्यक्ष रामप्रसाद खनाल सहित उपस्थित अग्रज साहित्यकारहरु द्वारा सामुहिक रुपमा बिमोचन गरियो ।
अनेसास का उपाध्यक्ष अरुण रुपाखेतिको स्वागत भासण, सदस्य अनिल खनालको धन्यवाद ज्ञापन, उपाध्यक्ष द्वय भुप नारायण घार्तिमगर र बिमला निरौला, सदस्य रजनी श्रेष्ठको संयुक्त सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपालका भुकम्प पीडितहरुको सहयोगार्थ डोनेशन अभियानमा सक्रिय साथ दिने भुप नारायण घर्ती मगर, अरुण रुपाखेती, अनिल खनाल, मन कुमारी थापा, अम्बिका गुरुङ, रबिन्द्र रजनी श्रेष्ठ, पुस्कर पन्त, एनेपालीजका सम्पादक एबम अनेसास कम्म्युनिकेशन डाइरेक्टर विश्वराज थापा, ए एन एस पूर्व अध्यक्ष, अनेसास सल्लहकार खेम भट्टचन, सम्पादक रामहरी सुबेदी, डिसी नेपाल लगायतका महानुभाबहरुलाई कमिटीका तर्फबाट अध्यक्ष खनाल र काबा राजदुत घिमिरेले प्रशँशा पत्र प्रदान गर्नुभयो । स्मरण रहोस् कमिटीले दश लाख भन्दा बढी भुकम्प पिडितहरुको राहत का लागि अमेरिका बाट सहयोग नेपाल पठाएको थियो । यसै गरी अध्यक्ष खनाल र काबा राजदुत घिमिरेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीका मनोनित सल्लाहकारहरु क्रमश : डा. गुण सुबेदी, राजिब मैनाली, गोबिन्द मैनाली, शरद निरौला, प्रेम सङ्रौला, प्रकाश नेपाल, गोबिन्द गिरी, मन्जु निरौला, बाशु श्रेष्ठ, सुदिप भद्र खनाल, मन्जु कार्की सङ्रौला, मन कुमारी थापा, हरि घिमिरे, डा गोपी उप्रेती, मोहन सिटौला, भिमा रेग्मी, खेम भट्टचन, खिमानन्द आचार्य, रमा सिँह, बिजया शाहलाई सल्लाहकार मनोनयन प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।                    

काबा राजदुत ॠषि घिमिरे
अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटी को कार्यक्रममा काबा नेपाली राजदुत ॠषि राम घिमिरे
Posted by Ram Prasad Khanal on Sunday, July 5, 2015
कार्यक्रममा काबा राजदुत घिमिरेले आफु साहित्यकार नभए पनि साहित्य प्रेमी भएको सुनाउँदै नेपाली राजदुताबास सधैं अनेसास सँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । अभिनन्दित ब्यक्तित्व एबम अनेसास पिता होमनाथ सुबेदीले संस्थाको बारेमा बोल्दै यो अभिनन्दन ले आफूलाई अझै सक्रिय रहन प्रेरित गरेको बताउनुभयो । ( वहाँ को भासण तल प्रस्तुत छ )। प्रा. डा. राम प्रसाद उप्रेतिले आफुले आज सम्म प्राप्त गरेका सबै राष्ट्रिय अन्तरराष्ट्रिय पुरस्कारहरुलाइ अनेसासको पुरस्कारले फिक्का तुल्याइदिएको भन्दै नेपाली भाषा सँस्कृतिका लागि आफु नमरुन्जेल लागि रहने प्रण गर्नुभयो  । सम्मानित साहित्यकारहरु शरद निरौला, कृष्ण धराबाशी, चारु शिला मिश्र, जयदेब भट्टराई, काशिनाथ न्यौपाने, अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष डा. श्याम कार्कीले पनि अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटिले गरेका कार्यले अनेसासको छबिलाई उच्च बनाएको भन्दै आ आफ्ना मन्तब्य राख्नुभएको थियो ।


Posted by Ram Prasad Khanal on Sunday, July 5, 2015

अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष भुपनारायण घर्ती
अनेसास वाशिङ्टन डिसी मेट्रो कमिटीका उपाध्यक्ष भुपनारायण घर्ती मगरको यो कबिता सुन्नुस
Posted by Ram Prasad Khanal on Sunday, July 5, 2015
कार्यक्रममा अभिनन्दित, साम्मनित ब्यक्तित्व हरु देखी उपस्थित ४ दर्जन भन्दा बढी साहित्यनुरागीहरुले आफ्ना कबिता बाचन गर्नुभएको थियो भने गायक शशी गुरुङ र गायिका मन कुमारी थापाले राष्ट्रिय गीत गाउनुभएको थियो ।     कार्यक्रमका तस्बीर र भिडियोहरु यसरी आफै समाचार बोल्छन  : 






































































































 
                     


































































अभिनन्दनको लागि होमनाथ सुवेदीको प्रत्युत्तर भाषण

(अनेसास रजतजयन्ती वर्ष, जुलाई ५, २०१५ को दिन, अनेसास डीसी मेट्रो च्याप्टरद्वारा आयोजित अभिनन्दन समारोहमा प्रस्तुत प्रत्युत्तर भाषण)



सभापति महोदय, मुख्यअतिथि, उपस्थित विद्वत्-गण तथा साहित्यानुरागीहरु,



     सर्वप्रथम म यहाँहरुलाई अमेरिकाको स्वाधीनता दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु । अनेसासको यो पच्चीसौं वर्ष हो । मलाई अभिनन्दन गरेर अनेसासको यो पच्चीसौं वर्ष रजत जयन्तीको वर्षमा अनेसासकै अभिनन्दन गर्नुभएको छ र यो अभिनन्दन म मलाई नठानेर मेरो परिवार श्रीमती नन्दा देवी सुवेदी, पुरुषोत्तम सुवेदी र परिवार, कुटुम्ब, अनेसासका संस्थापकहरू, ट्रष्टीहरू, साधारण सदस्यहरू सबैलाई गरेको अभिनन्दन ठान्दछु । यस अर्थमा म, म र हामी सबैको तर्फबाट तपाईहरूप्रति आभार व्यक्त गर्दछु ।

     यो जुलाईदेखि अर्को जुलाईसम्म अनेसास रजत जयन्ती वर्ष हो अनेसास रजत जयन्ती वर्ष २०७२/०७३ । अर्को शब्दमा अनेसास रजत जयन्ती वर्ष २०१५/२०१६ हो । त्रिभुवन विश्वविद्यालयले अनेसासको योगदान र यसको इतिहासमा अनुसन्धानहरु गराउँदै छ । अनेसास २५ वर्ष पुगेको यो रजत वर्षको अवसरमा यो सम्प्रेषण गर्न पाउँदा गौरवको अनुभूति भएको छ ।

     अनेसासको रजत जयन्ती सर्व साधारण नेपालीलाई नेपाली नागरिक र नयाँ देशको नागरिक पनि भएर विश्व रङ्गमञ्चमा खुलेर साहित्यको सेवा गर्न पाउने अवसरको रूपमा आएको छ । नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रा अमूल्य निधि हुन् । यिनको संरक्षण र सम्बर्धनमा अनेसास सदा अग्रसर रहोस् । नेपालको सम्विधान, ऐन र नियमले आप्रबासी नेपाली नागरिक र नागरिकतालाई संरक्षण गरोस् । अनेसासले एन्आरएन्ए, एएन्ए, एन्मा, नासा, अनेकम, एएन्एस्, डिसी नेपाली समाज र अमेरिका नेपाल सहयोगी समाजसित मिलेर काम गरोस् । नेपाली विश्वमा सदा अग्रणी स्थान बनाउन प्रज्ञावतार हाम्रा सदस्यहरूप्रति योजनावद्ध रूपमा नेपालको नवनिर्माण गर्न अगाडि बढून् भन्ने अनुरोध गर्दछु । दोस्रो पुस्ताको हातमा अनेसासको नेतृत्व एको छ । यसको विस्तार यसै गरी अगाडि बढी रहोस् भन्ने शुभकामनासाथ यो अभिनन्दन र सम्मानको लागि तपाई उपस्थित विद्वान् हरू र अनुपस्थित हाम्रा विद्वानहरू, पदाधिकारीहरु र सदस्यहरु सबैमा धन्यवाद ज्ञापन गर्दछु ।

 उपस्थित विद्वत्-वर्ग,

     अनेसास रजतजयन्ती वर्षको सुभ अवसर पारेर जुलाई ५, २०१५ को दिन, अनेसास डीसी मेट्रो च्याप्टरद्वारा आयोजित अभिनन्दन समारोहको प्रत्युत्तर भाषण तपाईहरुको अगाडि राख्न पाउदा खुशी लागेको छ । नेपाली भाषा साहित्यको संस्थागत विकासका हैसियतले डायस्पोरामा स्थापना भएका संस्थाहरुमध्ये अनेसास पुरानो र पहिलो संस्था हो । सन् १९९० को जुलाईको वनभोजमा भानुको स्मरण गरेर भानुजयन्ती मनाएको हो । त्यसैसालको दशैंमा अनेसासको जन्म भएको समाचार गोरखापत्रमा छापियो । प्रारम्भमा यसका २० जना संस्थापक सदस्य थिए । अनेसासको स्थापनाका प्रारम्भमा बौद्धिक तथा भौतिक तवरमा काम गर्ने संस्थापक सदस्यहरु हुनुहुन्छ: डा.विष्णु पौडेल, डा. अमर गिरी, डा. हरिहर भट्टराई, राम मालाकार, डि.बी. तामाङ्ग, प्रकाश सुवेदी, अच्युत श्रेष्ठ, पुरुषोत्तम सुवेदी, धन थापा, कल्पना सुवेदी, लव गाउँले, कल्पना सत्याल, पुरु घिमिरे, नन्दा देवी सुवेदी, राजु श्रेष्ठ, वासु सत्याल, रिषिनाथ सुवेदी, माधव प्रसाद शर्मा, शिवप्रसाद सत्याल, संस्थापक अध्यक्ष होमनाथ सुवेदी म स्वयम् । यिनैमध्येबाट विधान परिषद गठन गरिएको थियो र ती ११ जनालाई विधान मस्यौदा गरेको कारणले संस्थापक भने पनि खास काम गर्ने प्रथम संस्थापक व्यक्तिहरु माथिका २० जना सबै हुन् । यी सबै नेपाली भाषाप्रेमी थिए । यसको प्रमाण संस्थापक अध्यक्ष होमनाथ सुवेदी स्वयम् म नै हुँ । यो संस्थाको स्थापना गर्दा मलाई साथ दिने अगि भनेका २० जना संस्थापक सदस्यहरुलाई यो अवसरमा ससम्मान नमन व्यक्त गर्दछु ।

     अनेसासलाई संस्थागत गर्ने क्रममा अनेसासको विधान परिषदको गठन जनवरी ११, १९९१ भएको हो ।  गभ्मेन्ट अफ डिष्ट्रिक्ट अफ कोलम्बियाले जुन २२, १९९३मा अनेसासलाई इन्कर्पोरेट गर्यो । त्यसको लगत्तै पछि सेप्टेम्बर २२, १९९३ मा युएस्ए गभर्नमेन्टको इन्टर्नल रेभेन्यु सविसबा"Federal Tax Exemption एप्रुभ भयो । फरवरी ३, १९९४ मा "D.C. Department of Finance & Revenue"  बाट Sale Tax न लाग्ने गरी State Tax Exemption स्वीकृत भयो । यसका शाखाहरु ७५ भन्दा बढी भैसके । डीसी मेट्रो २००२ सम्म अनेसास केन्द्र नै थियो । पछि कामको बोझ बढ्यो र अनेसास डीसी मेट्रो पनि २००३मा स्थापना भएको हो । यसको स्थापना गर्दा केन्द्रका अध्यक्ष पुरुषोत्तम सुवेदी थिए भने यो शाखाका संस्थापक अध्यक्ष मोहन सिटौला हुन् । आज केन्द्र २५ वर्ष भो भने शाखा १२ वर्ष भो । दुवैको केन्द्र वाशिङ्गटन डीसी मेट्रो क्षेत्र नै हो । त्यसैले यो मेट्रो क्षेत्रले दोहोरो भारी बोकेर यो अनेसासको रजतजयन्ती वर्षसम्म लाइपुराएकोमा डिसीलाई शत शत नमन गर्दछु । अनेसास तिमीलाई यी अनेसास रजतजयन्तीका नवरत्न उपहार प्रस्तुत गर्दछुः

          १. यो अनेसास रजतजयन्ती वर्ष २०१५/०१६ भर केन्द्र र शाखाले छुट्टाछुट्टै एक एकवटा कार्यक्रम कम्तिमा गर्नुपर्छ ।

          २. अनेसास रजतजयन्तीको अवसरमा मुख्य यौटा अन्तर्राष्ट्रिय साहित्य, सङ्गीत, कला, संस्कृतिको 'इन्टिग्रेटेड' सम्मेलन होस् ।

          ३. अनेसासको रजतजयन्ती यो अनेसासका टिभी, वेभ र पत्रपत्रिकामा छाइनुपर्छ ।

          ४. अनेसासको रजतजयन्तीको वर्ष अत्यधिक पुस्तकहरुको प्रकाशन र यसमा समर्पण हुनुपर्छ ।

          ५. केन्द्रले रजतजयन्तीको नाममा कुनै व्यक्ति वा समुहले आजीवन सदस्यहरु आफै बनाएर अनेसासको प्रकाशनको नामबाट कुनै विधाका रचना संग्रह निकाल्न चाहेमा स्वीकृति दिनुपर्दछ ।

          ६. यसको नाममा कविता प्रतियोगिता, गोस्ठी, सम्मेलन, कार्यशाला, विज्ञापन, शुभकामना आदि गरिनुपर्छ ।

          ७. भएका एवार्ड पुस्तक र डायस्पोराका सबै विधिवत् चल्नुपर्छ र नयाँ थपिनुपर्छ ।

     ८. अनेसासले सालको अन्तमा रजतजयन्तीमा गरेका सबैको कामको मूल्याङ्कन गरी पुरस्कार, सम्मान, पद विभूषण र अभिनन्दन प्रदान गर्नुपर्दछ । यस्ता काममा डिसी मोडेल हुनुपर्छ र केन्द्रले त्यसलाई फैलाउनुपर्छ ।

     ९. अनेसास रजतजयन्ती स्वतःस्फुर्त भएकोले हरएक शाखा र केन्द्र, यसलाई मनाउन स्वतन्त्र हुनुपर्छ ।

     अर्को कुरा अप्रैल २५ मा नेपालमा गएको महाभूकम्पले पुराएको क्षतिप्रति खेद प्रकट गर्दछु । आफ्नो मातृ-भूमिको  प्रेम  हामीमा अगाध छ ।  त्यसैले त भनिन्छ

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी  ।।

     हामी अरु कुरामा मत भेद राख्न सक्छौँ तर मातृभूमिको सेवाको लागि हामी सदा एक हुन्छौं । त्यही एकताको प्रमाण हो यो देशभक्त, साहित्य प्रेमी, आप्रबासी नेपाली, दाजुभाइ दिदी बहिनीहरू साँझ र बिहान नेपालको उद्धार र पुनर्निर्माणमा सहयोगको लागि लागिरहनुभएको छ । यहाँहरुलाई धन्यवाद ।  आजका कविहरुलाई धन्यवाद छ ।  

          आज बिमोचन गरिएका कृतिहरुः प्रा. डा. रामप्रसाद उप्रेतीका दुई कृतिहरु काबेली किनार अन्तिम आकाशका लागि लेखकलाई म बधाई दिन्छु ।

          बिशेष सम्मान गरिने साहित्यकारहरु प्रा.डा. रामप्रसाद उप्रेती, कृष्ण धाराबासी, काशीनाथ न्यौपाने, जयदेब भट्टराई, चारुशीला मिश्रलाई बधाई छ ।

          प्रमुख अतिथि का.बा. नेपाली राजदुत ऋृषिराम घिमिरे आई सभालाई आधिकारिक बनाइदिनुभएकोमा धन्यवाद

          म होमनाथ सुबेदीलाई अभिनन्दन गर्ने र साहित्यकारहरुः प्रा.डा. रामप्रसाद उप्रेती, कृष्ण धाराबासी, काशीनाथ न्यौपाने, जयदेब भट्टराई, चारुशीला मिश्र, शरद निराला र प्रकाश नेपाललाई िशेष सम्मान गर्दै नेपालमा गएको भूकम्प र देशको पुननिर्माणको बारेमा कविता बाचन कार्यक्रम समेत संयोजन गराएकोमा म खास गरी रामप्रसाद खनालको: बोर्ड, सलाहकारहरु र यो कार्यक्रम संयोजन समितिः भूपनारायण घर्ती मगर, परशु तिमसिना, पुष्कर पन्त, अनिल खनाल, विश्वराज थापा, खेम भट्टचन लगायत नया पुराना आजीवन सदस्यहरु र प्रशंसापत्र प्राप्त सबैलाई धन्यवाद ज्ञापन गर्दछु । पत्रकारहरु, उपस्थित सदस्य तथा सम्मान्य अतिथिगणप्रति पनि आभार व्यक्त गर्दछु । 

धन्यवाद ।



होमनाथ सुबेदी

संस्थापक अध्यक्ष, अनेसास

July 05, 2015

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक