20150703

आठ वटा राज्य कमभए, बिस तिस वटा बनाउनु !

धानखेतमा पद बिर्सिने, कृषि मन्त्री हुनुपर्छ
पत्रकारको ज्यादतिले, "बुढी" आमै रुनुपर्छ !
३५ बर्ष पुग्या छोरो, "न्वारन" गर्ने पनि मन्त्री
"कृपा" पाए मर्ने बेला, आउँदा रहेछन पनि जन्ती !
त्रिपाल राहत आँखा लाउने, राम्रा नेता देखी हाल
चार दलले जे मनलाग्छ, त्यहि संबिधान लेखी हाल !
नियम कानुन संसद सबै, चार जनाको खल्ती भयो
किन बोल्छ अदालत ?!, बोल्नु उसकै गल्ती भयो !
चार दलले भन्या कुरा, अदालतले जान्नै पर्छ
चार जनाको निर्णयलाई, न्यायाधिशले मान्नै पर्छ !
पुरुसले पुरुसलाई, बिहे गर्न पाउनै पर्छ
महिलाले महिलालाई, बिहे गरी ल्याउनै पर्छ !
जे मन लाग्छ त्यही गर्ने, संबिधान अाउनै पर्छ
मन लागे पशु भन्दा, तल झर्न पाउनु पर्छ !
हिन्दू धर्म किन चाहियो ??  प्रतिबन्ध लाए हुन्छ
युरोपियन युनियनको, पाउन्डस्ट्रलिङ खाए हुन्छ !

मन्दिर धाउँदै होम गर्दै "राजा" बस्छन चुपचाप
हिम्मत भए अघी आउनु किन बस्नु गुपचाप ??
लोभ लालच सबै कुरा त्यागा भए त्यतिबेला
गुमनाम किन बस्नु पर्थ्यो महाराज लाई यतिबेला
जनताले राजा देखी रन्क सम्म चाखी सके
सबैको हाल हेर्दा हेर्दै हर कुरामा थाकी सके
जिउँदा कोही देखिएनन मात्र श्वास फेर्ने भए
बुढा, रोगी, दिमाग शुन्य सबले पालो फेर्ने भए
जनताले टुलु टुलु यिनको नाटक हेर्ने भए
डर लाग्याछ छसय एकले देशकै नक्सा केर्ने भए         
आठ वटा राज्य कमभए, बिस तिस वटा बनाउनु
एक बारको जूनी हो यो, सबलाई मन्त्री बनाउनु !
काँक्रो चिरे जस्तै चिर, एउटै नेपाल चाहिन्न अब
देश टुक्र्याउन खोज्ने सिके थुन्न पनि पाइन्न अब !
राष्ट्र राष्ट्रियताका गीत, किन गाउनु गाइन्न अब
दौरा शुरवाल गुन्यु चोली किन लाउनु ?? लाइन्न अब !
- रामप्रसाद खनाल, हाल भर्जिनिया अमेरिका , जुलाई ३, २०१५

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक