20150719

अमेरिकाको वाशिङ्टन डिसीमा २०२ औँ भानु जयन्ती, साहित्यिक कार्यक्रम, BOT साधारण सभा र पिकनिक भब्य रुपमा सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी आयोजनामा अमेरिकाको भर्जिनिया Wood Bridge शहर र पोटोम्याक नदीको काखमा अबस्थित रमणिय Leesylvania State Park जुलाई १९ मा २०२ औँ भानु जयन्ती, साहित्यिक कार्यक्रम, BOT साधारण सभा र पिकनिक भब्य रुपमा सम्पन्न  भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त
कार्यक्रममा बोल्दै पूर्वमन्त्री बलराम घर्तिमगरले बिदेशमा बसेर पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसीले नेपाली भाषा, साहित्य कला र सँस्क्रितीको जागेर्नामा योगदान पुर्याउन सकेकोमा खुशी ब्यक्त गर्नुभयो । नेपाली राजदुताबास अमेरिकाका अप नियोग प्रमुख ॠषि राम घिमिरेले आफु अमेरिका आए देखिनै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसीका क्रियाकलापमा समाबेश भै रहेको र यसको सक्रियताले अन्तरराष्ट्रिय जगतमा नेपाली भाषा साहित्य कला सँस्कृतिको प्रचार प्रसार भैरहेको बताउँदै अध्यक्ष रामप्रसाद खनाल र वहाँको टिमलाई धन्यवाद र बधाई दिनुभयो । बोर्ड अफ त्रस्टिजका अध्यक्ष डा. श्याम कार्कीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीको सक्रियताले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा नयाँ जिबन शुरु भएको बताउनुभयो । साहित्यकार प्रा. डा. राम उप्रेतीले आफु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसीमा आबध्द हुन पाएको मा खुशी ब्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई नेपालमा कार्यालय र गतिबिधी सन्चालनका लागि जग्गा प्रदान गर्ने घोषणा गर्नुभयो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र भानुको योगदान माथि चर्चा गर्नुभयो । साहित्यकार एबम पूर्ण अनेसास अध्यक्ष मोहन सिटौला, केन्द्रिय सल्लाहकार कमला प्रसाईं, साहित्यकार सिता पाण्डे लगायतका बक्ताले भानु नेपाली साहित्यका धरोहर भएको बताउँदै अनेसासले नेपाली भाषा साहित्यका लागि गरेका योगदान अबिस्मरणिय भएको बताउनुभयो । सो अबसरमा बिमला निरौलाको कृति निर्दोस कोपिलाहरुको अतिथिहरुबाट सामुहिक रुपमा बिमोचन गरियो । कृतिको परिचय बिमला निरौलाले राखे पछी साहित्यकार मोहन सिटौलाले उक्त कृतिको बारेमा टिप्पणी गर्नुभयो । कार्य समितिका सदस्य अम्बिका गुरुङको स्वागत भासण, सदस्य अनिल खनालको धन्यवाद ज्ञापन, उपाध्यक्ष भुपनारायण घर्तिमगर, सचिब परशु तिमल्सिना, BOT सचिब शिव लामिछानेको संयुक्त सँचालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनालले अनेसासले अब कमिकमजोरी बाट पाठ सिक्दै नयाँ ढंगले अगाडि बढेको र सुधार शुरुभैसकेको बताउनु भयो । निर्धारित समय अनुसार नै ठीक ११ बजे शुरु भै ४ बजे सम्म चलेको उक्त कार्यक्रममा बयस्क तथा बाल कबिता प्रतियोगिता, भलिबल प्रतियोगिता पनि समाबेश थिए । बिभिन्न मिठा मिठा नेपाली खानाका परिकारहरु र BBQ पार्टी समेत समाबेश गरिएको उक्त कार्यक्रममा शुरु देखी अन्य सम्ममा कारीब पाँच सय साहित्य नेपाली भाषा र सँस्क्रिती प्रेमी नेपालीहरु सहभागी थिए । कार्यक्रममा BOT का तर्फबाट अध्यक्ष डा. श्याम कार्कीले संस्थाका संस्थापक होमनाथ सुबेदीलाई सम्मान गर्नुभयो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीका तर्फबाट अध्यक्ष रामप्रसाद खनाल र राजदुताबासका उपनियोग प्रमुख ॠषिरम घिमिरेले संयुक्त रुपमा पूर्व केन्द्रिय अध्यक्ष द्वय मोहन सिटौला र भीम रेग्मी तथा डिसी मेट्रोका पूर्व अध्यक्ष गोबिन्द गिरी प्रेरणालाई बिशेष सम्मानपत्र गर्नुभयो । यसै गरी अध्यक्ष खनालले आफ्नो टिमका सबै सहयोगीहरुलाई पनि प्रशँशा पत्र प्रदान गर्नुभयो । यसै बिच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटीका तर्फ बाट अध्यक्ष रामप्रसाद खनालले एक प्रेस बिज्ञप्ती जारी गर्दै भन्नुभएको छ " अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीमा रहनुभएका पदाधिकारी, कार्यकारी सदस्य, सल्लाहकार, आजिबन सदस्य, यस क्षेत्रका समस्त साहित्य कर्मी एबम शुभचिन्तकज्यु हरु ! तपाईंहरुको साथ र सहयोगले आजको भानु जयन्ती, साहित्यिक कार्यक्रम, BOT साधारण सभा र पिकनिक भब्य रुपमा सफल भएको छ । म अध्यक्षको नाताले सबै मा हार्दिक आभार प्रकट गर्दछु, तपाईंहरु सबै सहयोगी हातहरुलाई हार्दिक धन्यवाद र बधाई पनि । साथै डा. श्याम कार्की, शिव जी सहितको BOT परिवार, अनेसास पिता होमनाथ सुबेदी प्रती पनि म नतमस्तक छु । आगामी दिनमा पनि यो एकता, यस्तो उदाहरण बर्करार राख्न सकौँ म कामना गर्दछु । धन्यवाद ।"















 








 


























































No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक