20150916

मेरो देश नयाँ यूगमा प्रवेश गर्यो रे ?


- भूपनारायण घर्ति मगर
आज मेरो देश, विधिवत तवरले नयाँ यूगमा प्रवेश गर्यो रे।
काठमाण्डौमा सगौरव शँखघोष भयो रे ।
खुशीले गाउँ बस्तिहरूमा दिपावली हुने रे।
गाउँ शहरहरूमा विजय उल्लास मनाउने रे।


नयाँ नेपालमा,
देशलाई सात चिरा पारेर नयाँ रूप दिने रे।
पुरानो धर्मलाई पशुपतिमा सिमीत गर्ने रे ।
पुरानो दौरा सुरूवाल म्यूजियममा राख्ने रे।
सूट बुटको समृद्ध नयाँ नेपाल बनाउने रे ।
लोकतन्त्रमा,
वर्षौंको राजशाही विधिवत अन्त भयो रे ।
ठूला साना धनि गरीब सबै बराबर हुने रे ।
श्रृजना र समृद्धिले देश झिलीमिली बन्ने रे।
अग्रगमन र अधिकारले सफलता चुम्ने रे ।
नयाँ खवरले,
अरू नेपालीहरू झैं म पनि दङ्ग दास छुं ।

उपलब्धिहरू सुनेर म खुशीले गद गद छुं ।
स्वप्नमा जिउने नेपालीहरू झैं स्वप्निल छुं।
एक एक अधिकार र उपलब्धिहरू गन्दै छुं।
सोंचिरहे छुं,
दाजुभाईहरूअब परदेशी बन्नु पर्दैन होला।
अब कुनै नेपालीले बिद्रोह गर्नु पर्दैन होला।
असमान सन्धि सम्झौताहरू हुँदैनन् होला ।
हाम्रो भाग्यको फैसला दिल्लीमा हुन्न होला।
बधाई छ !
दश वर्ष खर्चेर दश दिनमा काम सकेकोमा ।
पहाड खनेर उपलब्धिमा मूसा निकालेकोमा।
जनहरू गुमाएर जीवन प्रणाली लेखेकोमा ।
तन मन चिरा पार्दै नयाँ नेपाल बनाएकोमा।
शुभकामना छ !
भावनाका सपनाहरू भौतिकतामा मिलोस।
सधैभरी सार्वभौमिक नेपाल देख्न पाईयोस।
नेताहरूलाई राजाको रूपमा देख्न नपरोस।
नदीहरू सँगै नेपाल आमाका आँशू नबगोस।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक